डालसमा हुने युएनए सम्मेलन बारे पत्रकारहरुलाई जानकारी गराइयो

डालस, मार्च १० । अघिल्लो बर्ष अर्थात् २०१६ मा नेपालीहरुको एउटा संस्था जन्म्यो अमेरिकामा युनाइटेड नेपाली संघ अर्थात् युएनए। थुप्रै संस्थाहरुको बिचमा फेरी अर्को संस्था जन्मिदा त्यति ठुलो कुरा नभए पनि युएनएले भने अलि ठुलै ज्वारभाटा नेपाली समुदायमा ल्याउन सफल भयो। युबाहरुलाइ सहभागी गराउने र युबाहरुबाटै कार्यक्रम संचालन गर्ने फरक शैली युएनएले अपनायो। लस एञ्जलसमा सम्पन्न भएको पहिलो अधिबेशनले दोश्रो पुस्ताका नेपाली युबाहरुलाई समाजसंग एकीकृत गर्ने काममा एउटा नयाँ अभियानको शुरुवात गर्यो। सोहि जोश, जाँगर र दृस्टीकोणका साथ फेरी युएनए आफ्नो दोश्रो अधिबेशनको लागि सपूर्ण रुपमा तयारी शुरु गरेको छ।

आन्तरिक रुपमा धेरै काम अघि बढे पनि त्यो जनमानसमा पुग्न सकेको थिएन। सोहि सुचनाको दुरी कम गर्न आज डालस नजिकै पर्ने कोपेलको शेराटन होटेलमा पत्रकार तथा समुदायका बिभिन्न व्यक्तिहरुसंग भेटघाट कार्यक्रम आयोजना गरियो। युएनएका संस्थापक अध्यक्ष पासांग लामाको उपस्थितिमा भएको उक्त कार्यक्रममा डालस वरपरका बिभिन्न अनलाइनसंग सम्बद्ध पत्रकारको साथै स्थानीय संघ सस्थाका प्रतिनिधि र समाजसेवीहरुको उल्लेख्य उपस्थिति थियो। कार्यक्रमको संचालन अब्रोड आइटी इन्स्टिच्युटका प्रबन्ध निर्देशक तथा युएनए सम्मेलनमा संचालन हुने कार्यक्रमहरुका संयोजक तथा सल्लाहकार बिएन पन्तले गर्नु भएको थियो। अंग्रेजीमा फरर बोल्दै पन्तले समाजसेवाको महत्व र समाजसेवीहरुको योगदानको चर्चा गर्नु भएको थियो।

कार्यक्रममा बोल्दै युएनएका संस्थापक अध्यक्ष पासांग लामाले नेपालीहरुको अरु उमेर समूहको लागि प्रयाप्त संस्थाहरु भए पनि युबाहरुको लागि धेरैको ध्यान नपुगेको अबस्थामा आफुले युएनएको परिकल्पना गरेको बताउनु भएको थियो। आउँदो मे २७, २८, २९ तीन दिन शेराटनद्वारा संचालित फोर पोइन्ट्स होटेलमा दोश्रो अधिबेशन हुने जानकारी गराउंदै लामाले त्यसको लागि करिब एकलाख डलर लाग्ने तर सहि उद्देस्य भएकोले पैसाको चिन्ता आफुलाई नलागेको कुरा स्पस्ट पार्नु भएको थियो। यो संस्था कुनै पार्टी, जातिय वा क्षत्रिय सोंचबाट मुक्त रहेको स्पस्ट गर्दै लामाले नयाँ पुस्ताको अमेरिकी समाजमा सम्मानित स्थान तयार गर्नु यो संस्थाको उद्देस्य रहेको समेत उहाँले जानकारी गराउनु भएको थियो।

त्यस्तै कार्यक्रममा नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछाने, जनसम्पर्क समिति अमेरिका वेस्ट च्याप्टरका सभापति हरिबोल भण्डारी, एनआरएन अमेरिका अध्यक्ष पदका प्रत्याशी गौरी राज जोशी, एनआरएन अमेरिकाका वर्तमान उपाध्यक्ष राम पोख्रेल, पत्रकारहरुको तर्फबाट शैलेशआचार्य , बिडीए का टेक्सास च्याप्टर अध्यक्ष शिव काफ्लेले आआफ्नो विचार प्रस्तुत गर्दै अधिबेशन आबस्यक सहयोगको प्रतिबद्दतासाहित सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो। घोषित रुपमा प्रेस रिलिज र पत्रकार सम्मेलन भनिए पनि प्रेसलाइ कुनै सामाग्री उपलब्ध गराइएको थिएन । उक्त कार्यक्रममा विकास राज न्यौपाने, विजय घिमिरे, शैलेश पोख्रेल, किशन रेग्मी लगायतका पत्रकारहरुको उपस्थिति थियो।u1 u10 u4 u5 u6 u7 u8 u9u11 u12 u13 u14

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907