कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरी १२०० भन्दा बढीको ज्यान लिनुको साथै करिव २५० जनालाई बन्धक बनाए। त्यसको प्रतिकारमा इजरायलले गरेको कारबाहीमा करिव ३५ हजार गाजाबासिहरुको मृत्यु हुनुको साथै हज्जारौं घाइते र लाखौँ शरणार्थी हुन पुगेका छन्। एकातिर हमासले अझै ती बन्धक रिहाइ गरेको छैन भने इजरायलले हमास बिरुद्धको कारबाही रोकेको छैन। तर यसको प्रत्यक्ष असर गाजा क्षेत्रमा बसोबास गर्ने प्यालेस्टाइनी जनताहरुमा परेको सर्बबिदितै छ।
यस बिचमा अन्तररास्ट्रिय समुदाय बिशेष गरी अमेरिकाले इजरायललाइ निशर्त सहयोग गर्दै आएको छ। करोडौं डलर आर्थिक तथा अत्याधुनिक हातहतियार अमेरिकाले इजरायललाइ उपलब्ध गराउंदै आएको छ। आत्मरक्षाको लागि गरिएको भनिएका यस बिचका धेरै इजरायली कारबाहीहरु मानव समबेदनाहिन देखिएका छन्। अस्पतालहरुमा गरिएका आक्रमणहरुमा धेरै मानिसको ज्यान गएको छ। मर्नेहरु मध्ये पनि अधिकांश बालबालिका र महिलाहरु छन्। यसले इजरायलको आत्मरक्षाको लागि भनिएको प्रतिकार अलोकप्रिय पनि बन्दै गएको छ।


यसै बीच न्यु योर्क स्थित कोलम्बिया बिस्वबिद्यालयबाट इजरायलको युद्ध बिरोधी प्रदर्शन शुरु भयो। उक्त प्रदर्शन पछि बिस्तारै क्यालिफोर्निया, जर्जिया, टेक्सास लगायतका राज्यहरुका बिस्वबिद्यालयमा इजरायल बिरोधी प्रदर्शनहरु शुरु भए। बिद्यार्थीहरुले इजरायलसंगको आर्थिक सम्बन्ध तोड्न र इजरायललाइ उक्साउने कम्पनीहरु माथि प्रतिबन्ध लगाउन माग गर्दै शुरु गरेका प्रदर्शनहरु बिस्तारै अमेरिकाका धेरै कलेज क्याम्पसहरुमा बिस्तृत बहेको छ। यसले कतिपय क्याम्पस बन्द भएका छन्।
एकातिर इजरायलको हमास बिरुद्धको कारबाहीमा गाजामा हज्जारौंको ज्यान गएकोमा कलेज क्याम्पस प्रशासन बिरुद्ध प्रदर्शन भएको छ भने अर्को तिर यसलाई एन्टी सेमिटिज्म अर्थात् जिउज बिरोधी भन्दै प्रतिकारमा समेत बिद्यार्थीहरु उत्रिएका छन्। यसले दुइ समूह बीच द्वन्दको सिर्जना भएको छ। मे महिनामा ग्राजुएसन गरिसक्नु पर्ने कतिपय कलेज क्याम्पसहरु बन्द, हड्ताल र प्रदर्शनका कारण अनिश्चितताको भुमरीमा परेका छन्।
एकातिर फ्री प्यालेस्टाइन पक्षधर बिद्यार्थी र अर्को तर्फ इजरायल समर्थक बिद्यार्थी प्रदर्शनमा उत्रिंदा कलेज क्याम्पसमा प्रहरी हस्तक्षेप पनि बढ्दै गएको छ। कतिपय कलेजहरुमा टेन्ट नै टाँगेर क्याम्प बनाएर बिद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् भने त्यसलाई हटाउन प्रहरी लगाइएको छ।
यसले अमेरिकाको सामाजिक अवस्थिति उजागर गरेको छ। अमेरिकी सरकारले यसलाई सहजै समाधान गर्न सक्ने अबस्थामा भने देखिदैन। एकातिर इजरायलको पक्षमा अमेरिकामा ठुलो जनमत देखिन्छ भने एउटा जमात इजरायलको युद्ध बिरोधी खेमामा आक्रामक देखिन्छ। इजरायलले सजिलै गाजाबाट सेना फिर्ता गर्ने अवस्था पनि नभएको अबस्थामा वर्तमान बाइडेन प्रशासन चंगुलमा फसेको छ।
इजरायललाइ युद्ध रोक्न र शान्ति बार्ता गर्न अमेरिकाले पछिल्लो समय दबाव दिए पनि इजरायल त्यसलाई मान्ने पक्षमा देखिन्न। निर्बाचनको समय नजिकिंदै गर्दा चर्किएको यो युद्ध र अमेरिकाका क्याम्पस, कलेजहरुको प्रदर्शनले बाइडेन प्रशासनलाइ टाउको दुखाइ बनेको छ। बाइडेन प्रशासन न त इजरायलको साथ छोड्न सक्छ न त गाजामा इजरायलको प्रतिकार बिरोधीहरुको भावनामा खेलवाड गर्न। यसले अमेरिकालाई निकै असजिलो अबस्थामा खडा गरिदिएको छ। विश्लेषण: लेखनाथ गौतम

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907