पर्यटन-यात्रा

युलेस टेक्सासमा भिजिट नेपाल २०२४-२०२५ कार्यक्रम सम्पन्न

डालस, टेक्सास। धेरै अमेरिकीहरुलाई नेपाल भ्रमण गराउने अभिप्रायले आज डालस नजिकै रहेको टेक्सासको युलेस सिटीमा “भिजिट नेपाल २०२४-२०२५” कार्यकम सम्पन्न भएको छ। एनआरएनए अमेरिका र एनआरएनए टेक्सास च्याप्टरको आयोजनामा एबम युलेस सिटीका काउन्सिल टिका पौडेलको सक्रियतामा आयोजित उक्त कार्यक्रम २ देखि ४ बजेसम्म करिव दुइ घण्टा चलेको थियो। एनआरएनए अमेरिकाको टुरिज्म एंड ट्रेड डिपार्टमेन्टले यो […]


नारायणीमा पानीजहाजको सफल परीक्षण, ओली, प्रचण्ड र देउवाले उद्घाटन गर्ने

चितवन / भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वनको काप्रेघाटमा बनिरहेको ‘क्रुज सिप’ (मिनी पानीजहाज)को आइतबार नारायणी नदीमा सफल परीक्षण गरिएको छ । आइतबार दिउँसो तीन बजे चालक दलका केही सदस्य र सञ्चालकहरुले ‘मिनी पानीजहाज’को सफल परीक्षण गरेका हुन् । क्रुज बनाउन तयार गरिएको पोर्टबाट झण्डै एक किलोमिटरसम्म चलाएर परीक्षण गरिएको थियो । परीक्षण सफल भएपछि निर्माणकर्ताहरुसहित […]


सगरमाथामा एक हप्तामै १० आरोहीको मृत्यु ।

काठमाडौँ, मे २९ / विश्वकाे सर्वाेच शिखर सगरमाथा आराेहण गर्न गएका १० जना आराेहीकाे मृत्यु भएकाे छ । उनीहरुकाे एक हप्ताकाे अन्तरालमा मृत्यु भएकाे हाे । शनिबार बिहान ४४ वर्षीय वेलायती नागरिक रोबिन फिसरको मृत्यु भएसँगै यो एक हप्ताको अवधिमा सगरमाथामा मृत्यु हुनेको संख्या १० पुगेको सगरमाथा आरोहण अभियानका आयोजकले जनाएका छन्। शनिबार सगरमाथाको चुचुरोमा […]


सम्वृद्धि तर्फ लम्किंदै कर्णाली

सुर्खेत, १३ कात्तिक  : “पिछडिएको कर्णाली प्रदेशको विकासका लागि हामी कोही पनि सत्तापक्ष र प्रतिपक्षका रूपमा विभाजित हुँदैनौँ । बरु, प्रदेशलाई आवश्यक बजेट र अधिकार प्राप्तिका लागि जहिले पनि केन्द्र सरकारसँग प्रतिपक्षीकै भूमिकामा उभिन तयार छौँ ।” यो माघ २१ गते बसेको प्रदेशसभाको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा दलका नेताहरूले अधिक दोहो¥याएको वाक्य हो । […]


पर्यटकीय गन्तव्य बन्दै निलुवा

बागलुङ । गलकोट नगरपालिका–४ स्थित निलुवा लेक पर्यटकीय गन्तव्य बन्दै गएको छ । प्राकृतिक सुन्दरतायुक्त निलुवा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । पर्यटन विकासको प्रचुर सम्भावना बोकेको निलुवामा पूर्वाधार निर्माणको काम पनि शुरु भएको छ । निलुवा पर्यटकीय क्षेत्र प्रवद्र्धन केन्द्रको अगुवाइमा निलुवाको पर्यटन विकास थालिएको हो । पदमार्ग निर्माण, सम्पदा संरक्षण, […]


कपिलबस्तुमा १३६ वटा पुरातात्विकस्थल

कपिलवस्तु, ११ फागुन  ः पुरातत्व विभागको पछिल्लो उत्खननले मुलुककै सबैभन्दा बढी १३६ पुरातात्विकस्थल कपिलवस्तुमा रहेको देखाएको छ । पुरातात्विक हिसाबले मुलुकमा भएका जिल्लामध्ये सो जिल्लामा सबैभन्दा बढी पुरातात्विकस्थल यहाँ पाइएपछि यो स्थान सांस्कृतिक हिसाबले धनी मानिएको छ । मुलुकको नयाँ संरचनाअनुसार प्रदेश नं ५ मा पर्ने यस क्षेत्रका विभिन्न भागमा अहिलेसम्म गरिएका उत्खननका क्रममा यति […]


बाह्रै महिना गर्मी नहुने जेफाले: पर्यटकलाई आकर्षणको केन्द्र

पथरी (मोरङ), १९ वैशाख । मोरङ भन्नासाथ आम नेपालीले समथर भूभागको कल्पना गर्छन् । धान फल्ने फराकिला खेत र फाँटिलो भूभाग सबैको मस्तिष्कमा उपस्थित हुन्छ । त्यही मोरङ जिल्लाका केही गाविसमा स्वास्थ्य, शिक्षा र सडकको पहुँच पुगेको छैनभन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर उत्तरी मोरङको विकट पहाडी गाउँ सिंहदेवीका अधिकांश गाउँमा ६ महिना मात्र […]


बाजागाजासहित अर्नाको भव्य स्वागत

रत्ननगर(चितवन), १४ माघ । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले चितवनका लागि कोसी टप्पु वन्यजन्तु आरक्षबाट ल्याइएको अर्ना संरक्षण र पर्यटन विकासका लागि कोशेढुङ्गा सावित हुने विस्वास व्यक्त गर्नुभएको छ । चितवनको रत्ननगर स्थित सौराहामा अर्नालाई स्वागत गर्न आज आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चितवनको एउटा परिवारको अङ्गका रुपमा […]


पर्यटकको गन्तव्य स्थल बन्यो पाल्पाको ‘काउँलेडाँडा’

(सुशिला रेग्मी) रामपुर (पाल्पा), ११ माघ । झट्ट हेर्दा इलामकोे झल्को दिने पाल्पाको काउलेडाँडा वन पर्यटकको गन्तव्यस्थलका रुपमा विकास हुँदै गएको छ । वनमाराले भरिभराउ झिरुबास गाविसको काउलेडाँडा वनमा लगाइएको अम्रिसो खेतीले पर्यटकलाई लोभ्याएको छ । काउलेडाँडा वनलाई कबुलियती वनमा दर्ता गरेर यहाँ अम्रिसो खेती सुरु गरिएको हो । छ वर्ष अगाडि वनमाराले भरिभराउ काउलेडाँडा […]


कञ्चनजंघा हिरक महोत्सव–२०७३ सफल पार्न मन्त्री गुरुङ्को जोड

श्रम तथा रोजगारमन्त्री सुर्यमान गुरुङले कञ्चनजंघा हिरक महोत्सव –२०७३ लाई सफल पार्न सबैलाई आग्रह गरेका छन् । पत्रकार सम्मेलनमा मन्त्री गुरुङले उक्त महोत्सव सफल रुपमा सम्पन्न पार्नको लागि आग्रह गरेका हुन् । उनले अघि थपे,‘पञ्चायत कालदेखि नै निषेधित क्षेत्रको रुपमा रहेको कञ्चनजंघा हिमाललाई मैले स्व.राजा वीरेन्द्रलाई सार्वजनिक रुपमै भनेर प्याकेजको रुपमा आरोहणको लागि ढोका खोलेको […]




भर्खरै view all

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907