चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द

काठमाडौं । फागुन २९ गते प्रदर्शनमा आउने मिलन चाम्स निर्देशित नेपाली चलचित्र ‘अञ्जिला’मा रहने बिषयगत शिर्ष गीतका लागि निमार्ण टिमले गीतकार लोकराज अधिकारी र संगीतकार हरि लम्साल संग सम्झौता गरेको छ । आइतवार निर्देशक चाम्स र निर्माता तथा अभिनेता प्रेम कुमार श्रेष्ठले गीतकार र संगीतकार संग संझौता गरेका हुन् । उक्त गीतमा उदयराज पौडेलको संगीत संयोजन रहने छ । गायक गायिकाको टुङगोकेहि दिनमा लाग्ने निर्देशक चाम्सले जानकारी दिएका छन् । चलचित्रको कथाले मागेको शब्द र संगीत निर्माण टिमले पाएको निर्माता श्रेष्ठले बताएका छन् ।


चलचित्र ‘अञ्जिला’ महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित छ । चलचित्रमा प्रमुख भूमिकामा सुब्बा आफैँ देखिनेछिन् । साथै, दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । अभिनेता दयाहाङको स्वराङ्कन केहि दिन अघि सम्पन्न भएको थियो । चाम्सका अनुसार चलचित्रको लगभग सबै काम पूरा भइसकेको छ र छिट्टै पत्रकार सम्मेलन मार्फत अन्तर्राष्ट्रिय रिलिजबारे घोषणा गरिनेछ ।् निर्माता प्रेम कुमार श्रेष्ठले पनि चलचित्रमा प्रमुख भूमिका निभाएका छन्।


चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको हो । चलचित्रमा एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा देखाइनेछ । निर्देशक चाम्सका अनुसार यस चलचित्रले इच्छाशक्ति भए असम्भव केही छैन
भन्ने सन्देश दिने प्रयास गरेको छ । उनका अनुसार यो चलचित्र एञ्जिलाको पूर्ण बायोपिक भने होइन, तर उनको जीवनका विभिन्न घटनाहरूमाथि आधारित भने छ । चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह–निर्माता छन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द

समाजसेवा कि आफ्नो कुण्ठाको ब्यबस्थापन ?




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907