मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

डालस, टेक्सास। डालसमा यसबर्ष पनि मोमो फेस्टिभल हुने भएको छ। गतबर्ष पनि निकै भव्यतापुर्बक मोमो फेस्टिभल सम्पन्न भएको थियो। दशैं तिहारको अवसर पारेर आयोजना हुँदै आएको मोमो फेस्टिभलमा गतबर्ष पन्ध्र हजार भन्दा बढीले सहभागिता जनाउनु भएको थियो। उक्त कार्यक्रममा गायक प्रकाश सपुत र राजु लामा कलाकारको रुपमा उपस्थित भएका थिए। द भोइस २०२२ मा उत्कृस्ट प्रस्तुति दिंदै आठौँ स्थानबाट बाहिरिएकी पारिजिता बास्तोलाले समेत उक्त अबसरमा प्रस्तुति दिएकि थिइन।
सोहि परम्परालाइ निरन्तरता दिन यसबर्ष पनि मोमो फेस्टिभल गर्न लागिएको आयोजक संयोजक प्रदिप गिरीले जानकारी गराएका छन्। आफ्नो निक नाम नै मोमो गिरी राखेका प्रदिप डालस क्षेत्रमा मोमोलाई लोकप्रिय बनाउन ठुलो भूमिका समेत खेलेका छन्। गिरी आफै पनि मोमो ब्यबसायी हुन्। गत बर्ष “कोदोको खीर” सबै सामु पस्केका मास्टर सेफ सन्तोष शाह यसपाली पनि आफ्नो परिकार लिएर आउदैछन।


यस बर्ष गायक प्रमोद खरेल र अन्जु पन्तको प्रस्तुति रहने छ। त्यस्तै १९७४ ए डी मा फिरोज स्याङ्ग्देन र ‘द बिट्स’ ब्याण्ड लगायतका कलाकारको प्रस्तुति रहनेछ। २ देखि ५ बजे सम्म स्थानीय कलाकारहरुका प्रस्तुतिहरु हुनेछन जसमा डालसमा चर्चित “द मण्डला” को नृत्य समेत प्रस्तुत हुनेछ।
कार्यक्रम यहि नोभेम्बर महिनाको दुई तारिखमा, पुरानै ठाउँ, ‘लेभिट पेभिलियन’ आर्लिंगटन टेक्सास मा दिउसो दुई बजे देखि रति ९ बजे सम्म हुनेछ। कार्यक्रममा, दुइ दर्जन ‘स्टल’ हरु बाट मोमो लगायत विभिन्न नेपाली परिकारहरु, ‘अल्कोहलीक’ र ‘नन-अल्कोहलीक’ पेयहरु किनेर खान पाइने छ। दिउसो दुई बजे देखि नै निरन्तर स्थानीय र नाम चलेका कलाकारहरु को सांगीतिक प्रस्तुतिहरु चलि रहनेछन। अनि बच्चा देखि बृद्ध सबैको लागि दिन भरि नै विभिन्न खेल तथा मनोरन्जनात्मक क्रियाकलापहरु हुनेछन्।
सानो चिडियाखाना, घोडा चढ्ने, मोमो खाने प्रतियोगिता, फोटोबुथ, डाइनोसर, आइरन म्यान, मिकी माउस, स्टिल्ट वाकर लगायत विभिन्न रमाइलो दिन भरि चलि रहनेछ। यो बर्ष २० हजार जना सम्म आउन सक्ने कार्यक्रम आयोजक “मोमो टु गो’ को बिस्वास छ।
कार्यक्रममा आउन ११ बर्ष वा माथिका ले अनिवार्य टिकेट लिनु पर्ने छ। टिकेट मोमो फेस्टिबलको आधिकारिक वेबसाइट www.MoMoFestivals.com बाट लिनु पर्ने छ। दुइ हप्ता अघि सम्म टिकेट निशुल्क उपलब्ध थियो, र अहिले प्रति टिकेट १५ डलर राखिएको छ। अहिले सम्म झन्डै साढे छ हजारले टिकेट लिई सकेका छन्।
www.MoMoFestivals.com

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द

समाजसेवा कि आफ्नो कुण्ठाको ब्यबस्थापन ?




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907