रोनाल्डो सात सन्तानका बाबु बन्ने !

 

 

पोर्चुगी तथा रियल म्याड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो चौथो सन्तानका बाबु बनेको चर्चा सेलाएको छैन । त्यसो त धेरैले रोनाल्डो चार सन्तानका बाबुमा सीमित हुने अनुमान पनि लगाए । तर, वास्तवमा यस्तो अड्कल सत्य रहेनछ । चौथो सन्तान जन्मिएको एक साता बित्न नपाउँदै रोनाल्डोले सनसनी खुलासा गरेका छन् । उनले आफूलाई सात सन्तानको बाबु बन्ने रहर पलाएको उनको अभिव्यक्ति सार्वजनिक भएको छ । ‘मलाई सात सन्तानको बाबु बन्ने इच्छा लागेको छ,’ मिडियाकर्मीसँग ठट्टा गर्दै उनले भने । गत साता प्रेमिका जर्जिना रोड्रिग्वेले छोरी अलाना मार्टिनलाई जन्म दिएपछि रोनाल्डो चार सन्तानका बाबु बनेका हुन् ।

चार सन्तान जन्माइसकेका र सात सन्तान पुर्‍याउने रहर गरिरहेका रोनाल्डो विवाहित पुरुष पनि होइनन् । ३१ वर्षीय अविवाहित उनले विपक्षी पोस्टमा गोल संख्या बढाएजस्तै सन्तान पनि वृद्धि गर्ने योजनामा लागेको भन्दै बेलायती मिडियाले व्यंग्यात्मक समाचार बनाएका छन् ।

आखिर रोनाल्डोलाई सातै सन्तानको मोह किन लाग्यो होला ? यो जिज्ञासाको सही जवाफ झन् रोचक छ । उनको यो रहरमा ‘लक्की सेभेन’ले काम गरेको छ । रोनाल्डोको लक्की अर्थात् प्रिय नम्बर ७ हो । उनले ‘सी–७’ कम्पनी पनि चलाइरहेका छन् । यो कम्पनीले विशेषतः पुरुषहरूको पहिरनका कपडा उत्पादन गर्छ । सी सेभनको अन्डरवेर निकै प्रख्यात छ । यही कारण पनि उनले सात सन्तान बनाउने रहरलाई लक्की सेभेनको रूपमा प्रयोग गर्न खोजेको हुन सक्छ ।

यति मात्रै होइन, उनले सात सन्तानको तुलना बालोन डिअरसँग दाँजेका छन् । रोनाल्डोले फिफा वर्ष खेलाडी (बालोन डिअर) उपाधि जितेका छन् । उनले बालोन डिअर पनि सातै संख्यामा जित्ने दाबी गरेका छन् । ‘जसरी मलाई सात सन्तानका बुबा बन्न इच्छा छ, त्यसैगरी सातैपटक बालोन डिअर जित्ने रहर छ,’ अर्जेन्टिनी फुटबलर लियोनल मेसीकै बराबर बालोन डिअर उपाधि लिइसकेका उनले भने, ‘त्यसपछि म फुटबल पनि खेल्दिनँ ।’

रोनाल्डोले परिवारको संख्या बढ्दै गएपछि जिम्मेवारी पनि थप भएको बताए । ‘यतिवेला मेरो जिम्मेवारी बढेको छ,’ परिवारप्रति गम्भीर हुँदै उनले भने, ‘मैले अब परिवारलाई पनि समय दिनुपर्छ ।’ फुटबल मैदानमा सक्रिय रहँदासम्म सबैजसो उपाधि जित्ने धोको रहेको उनको अर्को लक्ष्य हो । उनी भन्छन्, ‘सक्रिय फुटबलर करिअर रहँदासम्म सबै सफलता हात पार्न सक्छु भन्ने विश्वास छ ।

३१ वर्षीय अविवाहित रोनाल्डोले विपक्षी पोस्टमा गोल संख्या बढाएजस्तै सन्तान पनि वृद्धि गर्ने योजनामा लागेको भन्दै बेलायती मिडियाले व्यंग्यात्मक समाचार बनाएका छन् । ( श्रोत: JANATANEWS )

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907