आखिर के हो त यो मार्सी धान ??

नेपाल लगायत प्रबासमा बस्ने नेपालीहरुबीच यतिबेला मार्सी चामलको चर्चा चुलिएको छ । यसको प्रयोग राजनीतिक रुपमा वर्तमान प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल संग जोडिएको देखिन्छ । कारण केहि समय अघि मेडिकल कलेज ब्यबसायी दुर्गा प्रसाईंले यी दुइ नेताहरुलाई घरमा मार्सी चामलको भातले स्वागत गरेका थिए । पार्टी एकीकरणको गाँठो बल्झिएको बेला उनले यी दुइ नेताहरुलाई एक ठाउँमा ल्याएर एकीकरणलाइ सहज बनाएको विश्वास गरिन्छ । उक्त अबसरमा दर्जनौं परिकार सहित चरेसको थालमा खाना खाइरहेको तस्वीरले सामाजिक संजाल तताएको थियो ।
पार्टी एकीकरण सम्पन्न भए पछि र सरकार गठन भएपछी फेरी मार्सी चामलको भात चर्चामा आएको छ । सरकारले ल्याउन लागेको स्वास्थ्य शिक्षा बिधेयकमा मार्सी चामलको भात खुवाएर एकीकरण सहज बनाउने दुर्गा प्रसाईंको मेडिकल कलेजले सम्बन्धन पाउने निश्चित भए पछि एकपटक फेरी मार्सी चामलको नेक्सस कतै यो विधेयकमा समेत जोडिएको त छैन भनेर अनुमान गर्न थालियो । यसैको निहु बनाएर डाक्टर गोविन्द केसी जुम्लाबाट अनसन शुरु गरे । शिक्षा मन्त्रि र स्वयम् प्रधानमन्त्री समेत डाक्टर केसीको मागप्रति अनुदार भएर अभिव्यक्ति दिए पछि सामाजिक संजालमा वर्तमान सरकार ट्रोलको शिकार बनेको छ । यो संगै मार्सी चामलको माग अचानक बढ्न पुगेको छ ।

मार्सी चामलको भात खाँदै प्रचण्ड, केपी ओली र दुर्गा प्रसाईं

आखिर के हो त मार्सी धान ?
यो अत्यन्त चिसो स्थलमा हुने एक प्रजातिको धान हो । यो कालो,सेतो, रातो र खैरो रंगमा समेत पाइन्छ । माइनस ४ डिग्री सेल्सियसमा मात्र उत्पादन हुने यो धानको एक साइकल पुरा हुन करिव ८ महिना लाग्छ । अग्लो ठाउँमा र अत्यन्त चिसोमा उत्पादन हुने भएकोले यो ब्यबसायिक भन्दा पनि अर्ध ब्यबासायिक रुपमा उत्पादन भएको पाइन्छ । खुल्ला बजारमा सहज रुपमा भन्दा पनि सम्पर्कको मध्यमबाट राजा महाराजाहरुको दरबारमा यो धान बेच्ने गरिन्थ्यो । महँगो हुने भएकोले राजा, राणा र सम्भ्रान्त बर्गका मानिसहरुले मात्र यो खान सक्थे । यतिबेला राजा महाराजाहरु रजतपटबाट छायाँमा परे पछि भने नबोदित छोटे राजाहरु यसको स्वादमा पल्केको प्रतित हुन्छ ।


मार्सी धानको इतिहास हेर्दा करिव ७०० बर्ष अघि कास्मिरबाट ल्याइएको भनिन्छ भने कतिपयले यो नेपालकै एक प्रजातिको धान भएको दावी गर्छन । उत्पादन हुन लामो समय लाग्नुको साथै तापक्रममा आएको उतारचढावले गर्दा यो लोप हुने अबस्थामा पुगेको छ । बर्षेनी यसको उत्पादन कम हुँदैछ । यसको चर्चा र गुणहरु बारे थाहा पाउँदै गर्दा यो पंक्तिकारलाइ पनि मार्सी चामलको भात खान रहर जागेको छ । एनआरएनका एकजना ठुलै नेताले अमेरिकामा अग्रिम पैसा तिरेर मार्सी चामलको अग्रिम माग गर्न सकिने भनेर प्रचार गरेको अबस्थामा मार्सी चामलको भात खाने पंतिकारको धोको पुरा हुनेमा भने शंका छैन । (प्रस्तुति लेखनाथ गौतम)

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907