टेक्सास नेपाली मेडिकल एसोसिएसनले नोभेम्बर १६ मा गाला डिनर गर्ने

डालस, टेक्सास । टेक्सास राज्य र बिशेष गरी डालस वरपर बस्ने नेपाली मेडिकल पेशामा लागेका व्यक्तिहरुको संगठन टेक्सास नेपाली मेडिकल एसोसिएसनले आफुलाई समाज सामु प्रस्तुत गर्ने तयारी शुरु गरेको छ । बेड्फ़ोर्ड स्थित स्थानीय फिस्टेल नेपाली रेस्टुरेन्टमा आयोजना गरिएको बिशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा त्यसको केहि झल्को दिने प्रयास गरिएको थियो । सो अबसरमा बिशेष गरी संस्था स्थापना गर्न पहल गर्ने मेडिकल डाक्टरहरु, स्थानीय समाजसेवी एबम पत्रकारहरुको उपस्थिति थियो ।
डालस वरपर धेरै मेडिकल पेशामा लागेकाहरुको ठुलो समूह भए पनि संगठित भएका थिएनन । कार्यव्यस्तता एबम समाजबाट अलि बाहिर बस्न रुचाउने डाक्टरहरुको स्वभावका कारण पनि उनीहरु संगठन निर्माणको प्रशासनिक झन्झटमा पर्न चाहदैनन् । यसपटक भने उनीहरु संगठित हुँदै आफ्नो गतिबिधिहरुलाई सामाजसंग जोड्ने अभियानमा पहिलो पाइला अगाडी बढाएका छन् । आउँदो नोभेम्बर १६ मा एक गाला डिनर कार्यक्रम आयोजना गरेर उक्त अभियान अगाडी बढाउने घोषणा उक्त अबसरमा जानकारी समेत गराइयो ।


भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको संयोजन टेक्सास नेपाली मेडिकल एसोसिएसनको संयोजन समेत गरिरहनु भएका समाजसेवी लिला श्रेष्ठले गर्नु भएको थियो । एसोसियसनका अध्यक्ष डाक्टर संजिव श्रेष्ठको उपस्थितिमा भएको उक्त कार्यक्रममा संस्थाको स्थापनाको उद्देस्य, भैरहेका कामहरु र दिर्घकालिन योजनाबारे जानकारी गराइएको थियो । बिशेष गरी नोभेम्बर १६ मा हुने गाला डिनरमा नेपाली समुदायको सहभागिताको लागि अनुरोध गरिएको थियो ।कार्यक्रममा बोल्दै स्वयंसेवी दिनेश शर्माले नेपाली समाज टेक्साससंग मिलेर चलिरहेको “स्वास्थ्य शिविर”लाइ संस्थागत र ब्यबस्थित गर्ने योजना अन्तर्गत यो गाला डिनरको आयोजना गरिएको जनाउनु भएको थियो । बिगत ९ बर्ष देखि नियमित रुपमा स्वास्थ्य शिविरको संयोजन गरिरहनु भएका शर्माले स्वास्थ्य शिविर संचालनमा भोगेका समस्याहरुलाई सदाको लागि समाधान गर्न एउटा ठोस अभियानको आबस्यकता रहेको र त्यो TNDA ले पुरा गर्ने आशा व्यक्त गर्नु भएको थियो ।
त्यस्तै संस्थाका महासचिव अनुज कंडेलले संस्थाको स्थापनाको पृष्ठभूमि, यसले गरिरहेका कामहरु एबम यसको लक्षबारे जानकारी गराउनु भएको थियो । गाला डिनर कार्यक्रमका संयोजक मकर बज्राचार्यले डिनर कार्यक्रमको नालीबेली प्रस्तुत गर्नु भएको थियो । करिव ३ सय जना व्यक्तिहरुको उपस्थिति हुने अनुमान सहित बीस हजार डलर संकलन गर्ने लक्ष रहेको बज्राचार्यले जानकारी गराउनु भएको थियो । उक्त डिनर कार्यक्रम ग्रेपभाइन स्थित एम्बेसी स्विट्समा हुने, एकजनाको लागि साठी डलर र जोडीको लागि सय डलरको टिकट तोकिएको छ ।
सो अबसरमा डाक्टरहरु सुमित भट्टराई, झरना श्रेष्ठ, शैलेश थापा, बिश्वास उपाध्याय, युबराज भट्टराई र सन्दिप पौडेलको समेत उपस्थिति थियो । कार्यक्रममा डाक्टर झरना श्रेष्ठले आफुले नेपालमा सेवा गर्न नपाए पनि अमेरिकाको नेपाली समाजलाई सेवा गर्न पाउँदा गौरब लाग्ने गरेको भावना व्यक्त गर्नु भएको थियो ।

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907