दोलखा, २२ माघ- भूकम्प गएको अढाई वर्षपछि बल्ल बाबेडाँडाका विस्थापितले घर बनाउन सुरु गरेका छन् । तर, यही बेला निर्माण सामग्रीको भाउ चुलिएपछि उनीहरूलाई ‘पहिलो गाँसमै ढुंगा’ लागेजस्तो भएको छ । आवास निर्माण गर्न सरकारले दिने भुक्तानीको प्रक्रियागत झन्झट पार गरेका उनीहरूसामु भाउ वृद्धिको अर्को वज्रपात थपिएको हो, कान्तिपुरमा खबर छ । गौरीशंकर गाउँपालिकास्थित बाबेका […]
मोरङ्गको सुन्दर हरैँचा नगरपालीका वडा नम्बर ४ का बाढी पीडितको पुनर्बासका लागि प्रस्तोता समाज नेपालले ५८ हजार सहयोग गरेको छ । समाजका पदाधिकारीका तर्फबाट ५५ हजार र गीतकार एबं प्रतिलीपि अधिकार रजिष्ट्रारको कार्यालयका पूर्व रजिष्ट्रार बिसु कुमार केसीले ब्यक्तिगत रुपमा गर्नु भएको ३ हजार सहयोग सहित ५८ हजार रुपैयाँ आज एक कार्यक्रमका बीच स्थानिय जनप्रतिनीधिलाई […]
भक्तपुर, १३ वैशाख । वैशाख १२ को भूकम्पले क्षतिग्रस्त भक्तपुर दरबार क्षेत्रको ‘न्हाय्कं झ्या दरबार’ अर्थात सिंहध्वाका दरबार मल्लकालीन शैलीमा पुनःनिर्माण गर्नुपर्नेमा जोड दिइएको छ । भूकम्पपछि टेकोको भरमा अडिएको विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्रको लाय्कु चोकको उत्तर खण्डमा रहेको सिंहध्वाका दरबार पुरानै शैलीमा पुनःनिर्माण गर्न पुरातत्वविद्हरुले जोड दिएका हुन् । भूकम्पको स्मरण […]
काठमाडौँ, ५ फागुन । सरकारले भूकम्पबाट क्षति भएका एक हजार ४९ विद्यालयको पुनःनिर्माण गरेको छ । भूकम्पबाट क्षति भएका १४ जिल्लाका भूकम्पबाट भत्किएका सात हजार ९२३ विद्यालयमध्ये एक हजार ४९ विद्यालयमा पुनःनिर्माण गरिएको शिक्षा मन्त्रालयका सहसचिव एमनारायण श्रेष्ठले जानकारी गराउनुभयो । शिक्षा पत्रकार सञ्जालले यहाँ आज आयोजना गरेको भूकम्पपछि विद्यालय पुनःनिर्माणको अवस्थाबारे अन्तक्र्रिया कार्यक्रममा उहाँले […]
(रमेश गिरी) भक्तपुर, १५ माघ । विश्वसम्पदा सूचीमा रहेको भक्तपुरको प्रसिद्ध चाँगुनारायण मन्दिरको जीर्णोद्धारको कार्य सुरु भएको छ । विसं २०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त भएपछि चारैतिर टेको लगाएर अड्याइएको उक्त मन्दिरको जीर्णोद्धार कार्य सुरु भएको पुरातत्व विभाग भक्तपुर स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका इन्जिनियर मोहनकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । मन्दिरमा क्षमापूजा सकिएपछि गत बुधबारदेखि […]
भूकम्पबाट क्षतिग्रस्त संरचना पुनः निर्माणका लागि अर्थ मन्त्रालयले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई रु ३३ अर्ब निकासा दिएको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले पुनःनिर्माण कोषको रकम परिचालन गर्ने गरी निजी आवास अनुदान वितरण गर्न थप रु २८ अर्ब र विद्यालय भवन पुनःनिर्माणका लागि रु चार अर्ब निकासा दिएको हो । त्यस्तै भूकम्प प्रभावित जिल्लाका सरकारी […]
काठमाडौँ उपत्यकाका भूकम्पपीडितलाई पुनःनिर्माणका लागि अनुदान वितरण गर्न सोमबारदेखि अनुदान सम्झौता सुरु हुने भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा ९० हजार ८८८ लाभग्राहीलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान वितरणका लागि स्वीकृति दिएको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाइका प्रमुख गणेशराज वस्तीले राससलाई जानकारी दिनुभयो । “उपत्यकाका ३६९ वडामा सोमबारदेखि अनुदान सम्झौता […]
प्रधानमन्त्री एवम् राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परामर्श परिषद्का अध्यक्ष पुष्पकमल दाहालले विकास सहायता समन्वय तथा सहजीकरण समिति गठन गर्नुभएको छ । असोज १८ गते बसेको प्राधिकरण परामर्श परिषद्को बैठकले समिति गठन गर्ने जिम्मेवारी प्रधानमन्त्री एवम् अध्यक्ष दाहाललाई दिएको थियो । प्राधिकरणको कार्यकारी अधिकृत संयोजक रहने गरी गठन गरिएको समितिमा भारत एवम् चीन सरकार, विश्व […]
गोरखाबजार, भदौ २४ । सडकको स्तरोन्नति गरेपछि मात्रै पुनःनिर्माणको काम सुरु गर्नुपर्ने गोरखा बारपाकका भूकम्पपीडितले माग गरेका छन् । पुनःनिर्माणका लागि सामग्री ढुवानी गर्न स्तरीय मोटरबाटोको आवश्यकता परेको बारपाकीको भनाइ छ । एकाउन्न किलोमिटर कच्ची सडकलाई थप स्तरोन्नति गरेर पक्की बनाउनुपर्ने उनीहरुको माग छ ।“अवरुद्ध पहिरो पन्छाएर मात्रै पुग्दैन,” स्थानीयवासी खेमराज घलेले भन्नुभयो – “बर्खामा […]
पूर्णप्रसाद मिश्र काठमाडौँ, १९ भदौ । विश्व सम्पदा सूचीमा रहेका पशुपतिनाथ र बौद्धनाथ क्षेत्रलाई जोड्ने डेढ किलोमिटर सडक जीर्ण भएको दुई वर्ष बितिसक्दा पनि सम्बन्धित निकायले ध्यान नदिँदा स्थानीयवासी आक्रोशित भएका छन् । हिन्दू र बौद्ध धर्मावलम्बीको तीर्थस्थलमात्र नभई नेपाल आउने विश्वभरका पर्यटकको आकर्षण केन्द्र ती स्थानसम्म पुग्ने सडकको दूरवस्थाले मुलुकको छविमा आँच पुग्नुका […]