देश

योगायाका नाममा स्थापित दुई सम्मान क्रमशः शान्त मानवी र गोविन्दमानसिंह कार्कीलाई प्रदान गरिने

नेपाल स्रष्टा समाजले २०७८ सालको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान साहित्यकार एवम् नेपाली महिलाको हक हितका लागि लामो सङ्घर्ष गर्नुभएकी नारी जागरण अभियन्ता शान्ता मानवीलाई र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान योगमायासम्बन्धी अनुसन्धानमूलक ग्रन्थका लेखकसमेत रहेका प्रा.डा. गोविन्दमानसिंह कार्कीलाई प्रदान गर्ने निर्णय गरेको हो । दुवै सम्मानहरू आदरपत्र र रू २५,१११ राशिसहित प्रदान गरिन्छ । […]


दमन्ता खनाल स्मृति नारी स्रष्टासम्मान प्रतिमा पोख्रेललाई प्रदान गरिने

नेपाल स्रष्टा समाजले वर्ष २०७८ का लागि दमन्ता खनाल स्मृति नारी स्रष्टासम्मान साहित्यकार तथा सामाजिक अभियन्ता प्रतिमा पोख्रेललाई प्रदान गर्ने भएको छ । भोजपुरको अरुण गाउँपालिकाकी प्रतिमा साहित्य तथा समाजसेवामा सक्रिय हुनुहुन्छ । उहाँले विपन्न तथा सहाराविहीन बालबालिकाको अध्ययनमा विगत केही वर्षदेखि विभिन्न प्रकारले योगदान गर्दै आउनुभएको छ । यस सम्मानका लागि समाजको २०७७ पुष […]


रमेश खकुरेल र अनुपम रोशीलाई सम्मान प्रदान गरिँदै

काठमाडौँ, पुष १० गते । नेपाल स्रष्टा समाजले प्रत्येक वर्ष प्रदान गर्दै आएको सुभद्रा विश्वराज स्रष्टा सम्मान शास्त्रीय शैलीमा काव्य सिर्जना गरी नेपाली साहित्यमा योगदान पु¥याउनु भएका वरिष्ठ साहित्यकार रमेश खकुरेललाई प्रदान गर्ने निर्णय गरेको छ । ४० बढी छन्दमा कविता लेख्नुहुने कुशल, सिद्धहस्त छन्दकवि खकुरेलका दर्जन बढी कविता, खण्डकाव्य, महाकाव्य, यात्राकाव्य सङ्ग्रहहरू प्रकाशित छन् […]


वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माको अभिनन्दन गरिने

काठमाडौँ, पुष ८ गते । वरिष्ठ साहित्यिक पत्रकार/साहित्यकार श्री नगेन्द्रराज शर्माको अभिनन्दन गरिने भएको छ । उहाँका विशिष्ट योगदानहरूको सम्मान गर्दै शर्माको ८४ औँ शुभ जन्मोत्सवका अवसरमा आगामी चैत्र २२ गते अभिनन्दन समारोह आयोजना गर्ने अभिनन्दन समारोह मूल कार्यसमितिले जनाएको छ । २०७६ साल चैत्र २२ गते नै राष्ट्रिय नागरिक अभिनन्दन गर्ने निर्णय भै अभिनन्दन […]


नेपाल स्रष्टा समाजको दसैं विशेष सिर्जनात्मक कार्यक्रम सम्पन्न

विनोद नेपाल, काठमाडौ । नेपाल स्रष्टा समाजले दसैं विशेष सिर्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ । कार्तिक १५ गते कवि तथा गीतकार दिनेश अधिकारीको विशेष उपस्थितिमा भर्चुअल रूपमा कार्यक्रम सम्पन्न गरेको हो । युवा वन्यजन्तु फोटोग्राफर दृष्टान्त बिडारीको विभिन्न जातिका चरा तथा जनावरहरूको तस्बिर प्रदर्शनसँगै कार्यक्रम प्रारम्भ गरिएको थियो । कार्यक्रममा फरक प्रस्तुतिका रूपमा कवि तारक […]


दर्पणछाया निर्माता गीतकार नायिका मोडल रहेको पहिलो म्युजिक भिडियो “अरुको बन्न सकिन”

काठमाडौ – नेपाली चलचित्र दर्पणछाया २ कि नायिका साहारा कार्कीले अभिनय गरेको पहिलो म्युजिक भिडियो बजारमा आएको छ । गीतकार साबु गदाल कार्की (साबुरबी )को शब्द अर्जुन पोख्रेलको संगीत र जिना रसाइली को स्वर रहेको “अरुको बन्न सकिन” बोलको गीतको म्युजिक भिडियोमा साहारालाई साथ दिएका छन दर्पणछाया २ कै नायक फिरोज तिमल्सिनाले । अमेरिकाको विभिन्न […]


योगमाया सम्मान तोया गुरूङ र उत्तमप्रसाद पन्तलाई प्रदान गरिने

२२ असार, काठमाडौँ । नेपाल स्रष्टा समाजले प्रत्येक वर्ष प्रदान गर्दै आएको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान वरिष्ठ साहित्यकार तोया गुरूङलाई प्रदान गर्ने भएको छ । त्यस्तै योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान अनुसन्धानकर्मी, लेखक तथा कवि उत्तमप्रसाद पन्तलाई प्रदान गर्ने भएको छ । नेपालको इतिहासमा नारी जागरण र समानता तथा आध्यात्मिक चेतनाका लागि लड्दै नारी […]


“केवलपुरे प्रतिक”को दोबाटोमा नकुर है सार्वजनिक

गीतकार राजकुमार कोइराला “केवलपुरे प्रतिक” को नयाँ गीत “दोबाटोमा नकुर है” सार्वजनिक भएको छ । गीतकार केवलपुरे प्रतिकको यो गीतमा स्वर, सङ्गीतका साथ सङ्गीत संयोजन, रेकर्डिङ, मिक्सिङ सबै गायक सुरेश शम्शेरको रहेको छ । “पप” बिधाको यो गीत गायक सुरेशले आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गर्नुभएको हो । बिदेशिने युवायुवतीको आफ्नो नजिकको व्यक्तिसँग छुट्टिनुको पीडा र […]


मानवीय मूल्यप्रतिको खबरदारी गर्दै साहित्यिक गोष्ठी सम्पन्न

पाल्पा विशेष अनलाइन साहित्यि कार्यक्रम विनोद नेपाल जेठ २४ गते, शनिबार । नेपाल स्रष्टा समाजले आज पाल्पा विशेष अनलाइन साहित्यिक गोष्ठी आयोजना ग¥यो । बन्दाबन्दीको समयमा स्रष्टाबीचको आपसी सम्बन्धलाई ताजा गराउँदै साहित्यको रसस्वादन गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको हो । गोष्ठीमा ११ पाल्पाली स्रष्टा र आयोजक संस्थाका अध्यक्ष र महासचिव गरी १३ स्रष्टाले आआफ्ना रचना […]


महाकाली दुखेका बेला मेचीका गुञ्जनहरू

काठमाडौं, जेठ १२ गते । नेपाल स्रष्टा समाजले मेची अञ्चलका साहित्यकारहरूसँग आज रचनावाचनसहित साहित्यिक साक्षात्कार गरेको छ । ‘मेचीका गुञ्जन’ नाम दिइएको यस कार्यक्रममा मानवीय संवेदना, राष्ट्रभक्ति, मातृवियोग, प्रेम र वात्सल्यताका पोकाहरू खुले र गुञ्जिए । नेपाल स्रष्टा समाजका अध्यक्ष विधान आचार्यको इलाम भावभूमि भएको कविता अंशबाट सुरु भएकोे कार्यक्रममा कविहरू  खगीन्द्रा खुशी, केशव आचार्य, […]




भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907