दमन्ता खनाल स्मृति नारी स्रष्टासम्मान प्रतिमा पोख्रेललाई प्रदान गरिने

नेपाल स्रष्टा समाजले वर्ष २०७८ का लागि दमन्ता खनाल स्मृति नारी स्रष्टासम्मान साहित्यकार तथा सामाजिक अभियन्ता प्रतिमा पोख्रेललाई प्रदान गर्ने भएको छ । भोजपुरको अरुण गाउँपालिकाकी प्रतिमा साहित्य तथा समाजसेवामा सक्रिय हुनुहुन्छ । उहाँले विपन्न तथा सहाराविहीन बालबालिकाको अध्ययनमा विगत केही वर्षदेखि विभिन्न प्रकारले योगदान गर्दै आउनुभएको छ ।

यस सम्मानका लागि समाजको २०७७ पुष २४ गते बसेको वैठकले वरिष्ठ साहित्यकार श्री मञ्जु काँचुलीको संयोजकत्वमा श्रीओम श्रेष्ठ रोदन र पुष्पा खनालसहितको एक सिफारिस समिति गठन गरेको थियो । सम्मानका लागि प्राप्त नामहरूमध्ये समितिले छानबिन गरी श्री प्रतिमा पोख्रेलको नाम सिफारिस गरेको हो ।

एक सम्मान पत्र र रू. एघार हजार एक सय एघार राशिसहितको यो सम्मान दमन्ता खनालको जन्मजयन्तीका अवसरमा २०७८ वैशाख ९ गते एक विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिने छ । यो सम्मान गत वर्ष पाल्पाकी श्री इन्द्रा गहतराजलाई प्रदान गरिएको थियो । त्यसअघि देउडा गायक डीक्रा वादी तथा साहित्यकार एवम् सञ्चारकर्मी सिर्जना शर्मा यस सम्मानबाट विभूषित भइसक्नु भएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907