मगरहरुको माघे संक्रान्ति मेला २०२५ मा राजेश पायल राइले प्रस्तुति दिने
![](https://usandnepal.com/wp-content/uploads/2025/01/Messenger_creation_7CA41EF1-4548-49CA-A32F-7A2AB9EF335B.jpeg)
डालस, टेक्सास। नेपालीहरुको निकै महत्वपूर्ण चाड माघे संक्रान्तिको अबसरमा मगर संघ अमेरिका टेक्सास च्याप्टरले यस बर्ष पनि माघे संक्रान्ति मेला २०२५ मनाउने भएको छ। जनवरी ११, २०२५ शनिबारको दिन आयोजना गरिएको यो मेलामा बिशेष सांस्कृतिक कार्यक्रम रहने र यसमा मुख्य अतिथि कलाकारको रुपमा बरिस्ठ कलाकार राजेश पायल राइले प्रस्तुति दिने जनाइएको छ।
![](https://usandnepal.com/wp-content/uploads/2025/01/Messenger_creation_7CA41EF1-4548-49CA-A32F-7A2AB9EF335B-1.jpeg)
“आफ्नो मातृभूमि र आफ्नो संस्कृतिलाई नभुलौं” भन्ने मूल मन्त्रसाथ डालस क्षेत्रमा बस्ने मगर समुदायले बिगत लामो समय देखि निरन्तर रुपमा माघे संक्रान्ति मनाउदै आएका छन्। यसबर्ष पनि कन्भेन्सन प्लाजा अर्भिंगमा यो भब्य कार्यक्रम आयोजना हुदैछ। आफ्नो मातृभूमि र आफ्नो संस्कृतिको निकै माया गर्ने यो समुदायले डालस क्षेत्रमा अन्य बिभिन्न कार्यक्रमहरु पनि आयोजना गर्दै आएको छ।
मेलामा राजेश पायल राइको साथमा स्थानीय अन्य लोकप्रिय कलाकारहरुको समेत प्रस्तुति रहने जनाइएको छ। गायक भिम चापागाईं, अमृता लुङ्गेलि मगर, छबि सुनारको साथै अरु धेरै प्रस्तुतिहरु रहेको मगर संघ अमेरिका टेक्सास च्याप्टरले एक बिज्ञप्ति मार्फत जानकारी गराएको छ।
![](https://usandnepal.com/wp-content/uploads/2025/01/Messenger_creation_019ED8FA-9931-4DBD-9A59-7B863437E0FC-683x1024.jpeg)
माघे संक्रान्ति बिक्रम सम्बत क्यालेन्डर अनुसार माघको पहिलो दिन मनाउने गरिन्छ। यो चाड बिशेष गरी थारु समुदाय र मगर समुदायमा धुमधामसाथ मनाउने गरिन्छ। थारु समुदायमा यसलाई माघी भनिन्छ भने यो उनीहरुको नयाँ बर्षको शुरुवातको रुपमा मनाउने गर्दछन। मगर समुदायमा यसलाई बिभिन्न परिकारका मिठा खानेकुरा खाने, आफ्ना पुर्खाहरुको सम्झनामा पुजाआजा गर्ने, आफ्ना छोरिचेलिहरुलाई समेत तीन दिनसम्म पुजा गर्ने चलन छ। माघे सक्रान्ति मगर समुदायको प्रमुख चाड पनि हो।
माघे संक्रान्तिको दिन चितवन र तनहुँको संगममा रहेको देबघाटमा ठुलो मेला पनि लाग्ने गर्छ। यो दिन तरुल, चाकु जस्ता मिठा परिकार खाएर रमाइलो गर्ने चलन छ।
यस अबसरमा मगर संघ अमेरिकाले प्रेषित गरेको बिज्ञप्तिको पूर्ण पाठ यस्तो छ :
जहाँ रहे पनि जहाँ बसे पनि नभुलौ हाम्रो मातृभुमीलाइ, जोगाइ राखौ युगौ युग हाम्रो मौलिक कला र सँस्कृतीलाइ” झोर्ले, जदौ, नमस्कार सम्पूर्णमा हरेक बर्ष झै यो बर्षपनि मगर जातिको राट्रिय पर्व माघे संक्रान्तिको अवसरमा आफ्नो मौलिक पहिचान, भेषभूषा-भाषा, संस्कार-सँस्कृति तथा परम्परालाई बचाई राख्न वा जगेर्ना गर्ने पवित्र र महत्वपूर्ण उद्वेश्यले मगर संघ अमेरिका टेक्सास च्याप्टरको आयोजनामा शुभकामना आदनप्रदान तथा सांस्कृतिक कार्यक्रम यहि ११ जनवरी २०२५ शनिवारको दिनमा आयोजना गर्ने भएको छ । जसमा थुप्रै ख्याति प्राप्त कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने छ त्यसका साथै स्वादिष्ट मौलिक खानाका परिकारहरु पनि रहने छन । समय मिलाएर आउनु होला । यसबर्षको मुक्य आकर्षकको रुपमा अत्यन्तै चर्चित बरिस्ठ गायक राजेश पायल राईको बेजोड प्रस्तुति रहने साथमा निकैनै चर्चित मिठो स्वरकी धनी लोक दोहोरी गायिका अमृता लुङ्गेलि मगरको विशेष गीतहरु प्रस्तुति रहने साथमा संगीतकार तथा गायक भिम चापागाईं, लोकदोहोरी गायक छवि राज सुनार, चर्चित गीतकार लिलु गुरुङ अन्य मगर संघ अमेरिका टेक्सास च्याप्टर साँस्कृतिक विभागका अत्यन्तै प्रतिभाशाली कलाकार हरुको प्रस्तुति सगै नौमती बाजामा लोकदोहोरी प्रस्तुति हुने छन यहाँहरु भरपुर रमाइलो दिने हाम्रो कोशिस रहने छ ।कार्यक्रमको दिन अवस्य भेट हुनेनै छौ भन्दै हाम्रा ईष्ट-मित्र तथा सम्पुर्ण साथीहरुमा उक्त कार्यक्रम सफल पार्नको लागि सम्पूर्णमा उपस्तिथिको लागि हार्दिक निमन्त्रणा गर्दछौ ।
मगर संघ अमेरिका टेक्सास परिवार्