गुगलमा “इडिअट” अर्थात् मुर्ख शब्द खोज्दा किन आउँछन ट्रंपका चित्रहरु ?
तपाईं हामी सबैले केहि कुरा थाहा पाउन गुगल सर्च प्रयोग गर्छौं । अधिकांश समय गुगलले ती कुरा थाहा पाउन मद्दत पनि गर्छ । इन्टरनेटमा राखिएका हरेक कुराहरुलाई प्राथमिकताको आधारमा यसले हामी सामु प्रस्तुत गर्छ । हामीले खोजेको सामग्री संधै पहिलो पेज वा पहिलो लाइनमा हुन्छ भन्ने छैन, त्यो कतै भित्र हुन सक्छ । तपाईंले खोजेको बिषय संग सम्बन्धित सामग्री अगाडी छ वा छैन भन्ने कुरा कसरी निर्धारित हुन्छ भन्ने कुरामा मतभिन्नता छ ।
डिसेम्बर ११ मा गुगलका प्रमुख सुन्दर पिचाई अमेरिकामा कानुन निर्माण गर्ने इकाइको प्रश्नमा घेरिन पुगे । कांग्रेसका सदस्यहरुले उनलाई केरकार गरे । कारण थियो, अंग्रेजी शब्द (Idiot ) अर्थात् मुर्ख गुगलमा टाइप गरेर सर्च गर्दा अमेरिकाका वर्तमान रास्ट्रपति डोनाल्ड ट्रंपको फोटो आउनु हो । क्यालिफोर्निया का डेमोक्र्याटिक पार्टीको तर्फबाट निर्बाचित प्रतिनिधिसभा सदस्य जो लोफ़्ग्रेनले सीइओ पचाईलाइ सोधे “मैले भर्खर गुगलमा “idiot ” सर्च गरें र नतिजामा पुरै डोनाल्ड ट्रंपका फोटाहरु देखा परे, किन यस्तो भयो ?, के यो गुगलले गरेको बदमासी हो?” पेचाइले उत्तर दिने पर्यो ।
“यो हामीले गर्ने काम होइन । अटोमेटिक रुपमा यस्तो नतिजा आउने गर्छ । अरबौं इन्टरनेट साइटमा राखिएका सामग्री, त्यसमा व्यक्तिहरुको उत्तर लगायत धेरै कुराहरुले यो कुरा निर्धारित हुने हो । कुनै एक जना व्यक्ति कम्प्युटरमा बसेर कुन शब्द टाइप गर्दा कुन सूचना आउने भन्ने निर्धारण गरेको होइन । गुगल कसै प्रति पुर्बाग्रहपूर्ण तरिकाले प्रस्तुत भएको होइन” ।
हालैका दिनहरुमा रिपब्लिकन पार्टीका कतिपय नेताहरुले सामाजिक संजाल र गुगल जस्ता संस्थाहरु कन्जरभेटिभ व्यक्ति र मेडिया प्रति पुर्बाग्रही बनेको आरोप लगाउंदै आएका छन् । idiot शब्द टाइप गर्दा ट्रंपका चित्रहरु गुगलमा आए पछि उनीहरु झन क्रुद्ध बनेर गुगलका सीइओलाइ जवाफ दिन बाध्य प हुन् । रमाइलो कुरा त के भने तपाईंहरुले पनि गुगलमा गएर idiot शब्द टाइप गरेर सर्च बटन दबाउनु भयो भने पेज भरि ट्रंप नै ट्रंपका फोटोहरु आउँछन ।