नेपाल स्रष्टा समाजको दसैं विशेष सिर्जनात्मक कार्यक्रम सम्पन्न

विनोद नेपाल, काठमाडौ । नेपाल स्रष्टा समाजले दसैं विशेष सिर्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ । कार्तिक १५ गते कवि तथा गीतकार दिनेश अधिकारीको विशेष उपस्थितिमा भर्चुअल रूपमा कार्यक्रम सम्पन्न गरेको हो ।

युवा वन्यजन्तु फोटोग्राफर दृष्टान्त बिडारीको विभिन्न जातिका चरा तथा जनावरहरूको तस्बिर प्रदर्शनसँगै कार्यक्रम प्रारम्भ गरिएको थियो । कार्यक्रममा फरक प्रस्तुतिका रूपमा कवि तारक धितालले ‘तस्बिर कविता’ देखाएर सुनाउनुभएको थियो भने किशोर कवि विमर्श दाहालले दुई कविता सुनाउनुभयो ।


दुई दर्जन बढी सर्जकको सहभागिता रहेको सो कार्यक्रममा गीत, कविता, मुक्तक, गजल समेतका रचना वाचन गरिएको थियो । रचना वाचन गर्ने अन्य कविहरूमा प्रल्हाद पोखरेल, पवन आलोक, डा.पुष्करराज भट्ट, गायत्रीकुमार चापगाईं, नेपाल रानाभाट, जयन्ती सत्याल, श्याम सुन्दर श्रेष्ठ, विनोद नेपाल, दीपक लोहनी, शान्ति प्रियबन्दना, पुष्करराज रेग्मी, दुर्गा शाह बाबा, आयाम कार्की, तिलक पौडेल, सुजन तिमिल्सिना, विनायक पन्त हुनुहुन्थ्यो ।

दृष्टान्त विडारीका चराका तस्बिर र विमर्श दाहालका कविताले जमाए

अतिथि कवि दिनेश अधिकारीले वाचित कविता र प्रदर्शन गरिएका तस्बिरको प्रशंसा गर्दै नेपाली गीतका विषयमा आफ्ना धारणा राख्नुभयो । उहाँले गीत लेखनका अनुभव सुनाउँदै सरलता र गेयता गीतको प्राण हो भन्नुभयो । कार्यक्रममा श्री अधिकारीले आफ्ना दुई गीत वाचन गर्नुभएको थियो ।


समीक्षक तथा कवि महेश पौडेलले दृष्टान्त बिडारीका चराका तस्बिरको विषयमा टिप्पणी गर्दै चरा र चराका ज्ञाता लेखकहरू साहित्यकारका लागि प्रेरणाको विषय हुने गरेको बताउनुभयो । कार्यक्रममा उहाँले आफ्नो कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रमका बारेमा टिप्पणी गर्दै समाजका उपाध्यक्ष प्रा.डा.गोविन्दमान सिंह कार्कीले नेपाल स्रष्टा समाजले नियमित रुपमा साहित्यिक कायक्रम गर्दै आएको र यो कार्यक्रम भिन्न रुपमा सम्पन्न भएको बताउनुभयो । तस्बिर प्रदर्शनदेखि तस्बिर कवितासम्म समेटिएकोले यो कार्यक्रम भिन्न भएको भन्दै कार्यक्रममा काव्य बिधाका विभिन्न उपविधाका रचना सुन्ने अवसर प्राप्त भएको बताउनुभयो ।


समाजका अध्यक्ष विधान आचार्यले कार्यक्रमको अन्त्यमा आफ्नो कविता वाचन गर्नुभयो । कार्यक्रम सञ्चालनसमेत गर्नुभएका श्री आचार्यले यस कार्यक्रमका मुख्य आकर्षणहरू वन्यजन्तु फोटोग्राफर श्री दृष्तान्त बिडारीलाई क्यामेराले कविता लेख्ने सर्जक तथा किशोर कवि श्री विमर्श दाहाललाई शब्दका माध्यमले सुन्दर साहित्यिक चित्र निर्माण गर्ने शिल्पीहरूको संज्ञा दिनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुले निरन्तरता पाउने तथा कम उमेरमा नै प्रतिभा प्रमाणित गर्ने सर्जकलाई आमन्त्रण गरिने बताउनु भयो ।

कार्यक्रम झण्डै दुई घण्टा चलेको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907