मानवीय मूल्यप्रतिको खबरदारी गर्दै साहित्यिक गोष्ठी सम्पन्न

पाल्पा विशेष अनलाइन साहित्यि कार्यक्रम

विनोद नेपाल
जेठ २४ गते, शनिबार । नेपाल स्रष्टा समाजले आज पाल्पा विशेष अनलाइन साहित्यिक गोष्ठी आयोजना ग¥यो ।

बन्दाबन्दीको समयमा स्रष्टाबीचको आपसी सम्बन्धलाई ताजा गराउँदै साहित्यको रसस्वादन गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
गोष्ठीमा ११ पाल्पाली स्रष्टा र आयोजक संस्थाका अध्यक्ष र महासचिव गरी १३ स्रष्टाले आआफ्ना रचना वाचन गर्नुभएको थियो । गोष्ठीमा कविता, गीत, गजल, मुक्तक, हाइकु तथा लघुकथा वाचन गरिएका थिए ।

गोष्ठीका सहभागी टङ्कप्रसाद पन्थले ‘नेतृत्व जागा बन’ शीर्षकको कविता सुनाउनुभएको थियो । कवि पुरुषोत्तम अर्यालले ‘खै बुद्धको लुम्बिनी’ र लक्षीमा ज्ञवालीले ‘ईश्वरको चिठी मान्छेलाई’ तथा भावना खनालले ‘सीमा सुरक्षा गर’ शीर्षकका छन्दोबद्ध कविता सुनाउनु भएको थियो । संयोग, सबै कविता शार्दूलविक्रीडित छन्दमा लेखिएका थिए ।

पाल्पाली स्रष्टाहरू रामप्रसाद अर्याल र कृष्णा भण्डारी कँडेलले मुक्तक वाचन गर्नुभएको सो गोष्ठीमा आर.बी. निश्चलले ‘अस्तित्व’ तथा अर्का स्रष्टा महेन्द्र पन्थीले ‘पूजा त केवल मूर्तिको हुन्छ’ शीर्षकका गद्य कविता वाचन गर्नुभएको थियो ।

शकुन्तला घिमिरेले सुन्दर गजल सुनाउनु भएको थियो । अर्का साहित्यकार पुष्करराज रेग्मीले समयलाई लिएर लेखिएका हाइकुहरू सुनाउनुभएको थियो । स्रष्टा विनोद नेपालले ‘’ ‘बजेट’ शीर्षकको लघुकथा वाचन गर्नुभएको थियो ।

आयोजक संस्था, नेपाल स्रष्टा समाजका महासचिव पुष्पा खनालले ‘विधाताले लेखेको टर्छ कसरी’ गीत सुनाउनु भयो । अध्यक्ष विधान आचार्यले सीमासम्बन्धी विषयलाई लिएर लेखिएको आफ्नो ताजा छन्दोबद्ध कविता ‘कालीवारि सरक्क छोड’ का दुइटा श्लोक र ‘तानसेन’ शीर्षकको साढे तीन दशकअघि लेखिएको गद्य कविता वाचन गर्नुभएको थियो ।

वाचन गरिएका रचनाहरूमा राष्ट्रप्रेम, सीमासम्बन्धी चिन्ता, कोरोना कहर, मानवीय मूल्यप्रतिको खबरदारी र समसामयिक परिवेश अभिव्यक्त गरिएका थिए । रचनाको दृष्टिले गोष्ठी विविधतायुक्त थियो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907