बाढी पीडितको पुनर्बासका लागि प्रस्तोता समाजको ५८ हजार सहयोग
मोरङ्गको सुन्दर हरैँचा नगरपालीका वडा नम्बर ४ का बाढी पीडितको पुनर्बासका लागि प्रस्तोता समाज नेपालले ५८ हजार सहयोग गरेको छ ।
समाजका पदाधिकारीका तर्फबाट ५५ हजार र गीतकार एबं प्रतिलीपि अधिकार रजिष्ट्रारको कार्यालयका पूर्व रजिष्ट्रार बिसु कुमार केसीले ब्यक्तिगत रुपमा गर्नु भएको ३ हजार सहयोग सहित ५८ हजार रुपैयाँ आज एक कार्यक्रमका बीच स्थानिय जनप्रतिनीधिलाई हस्तान्तरण गरिएको हो ।
बाढी पीडितको पुनर्बासका लागि सिड मनिका रुपमा यो सहयोग हस्तान्तरण गरिएको र थप सहयोग जुटाउन पहल गरिने समाजका अध्यक्ष तुलसी पराजुलीले बताएका छन । सहयोग रकम सुन्दर हरैँचा नगरपालीकाका मेयर शिव प्रसाद ढकाल र वडा नम्बर ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठलाई पीडितको रोहवरमा हस्तान्तरण गरिएको हो ।
सहयोग रकम बुझदै दुबै जनप्रतिनिधीले बाढीले पुर्ण रुपमा बेघरवार बनेका ४८ घर परिवारका पुनर्बासका लागि समाजले गरेको पहलको प्रशंसा गरेका छन । यसैबीच आजै झापा घर भै हाल साउदि अरवमा रहेका रविन गिरीले १० हजार रुपैयाँ सहयोगको घोषणा गरेको जानकारी कार्यक्रममा गराइएको थियो । त्यसैगरी प्रसतोता समाज नेपालका महासचिव राई नविनले थप सहयोगका लागि ब्यक्तिगत र संस्थागत पहल गर्ने घोषणा गरेका छन । प्रस्तोता समाज नेपालले यस अघि पनि धर्मराज थापा, बुद्धिकृष्ण लामिछाने जस्ता सर्जकको उपचार सहयोगका लागि प्रथम पहल लिने गरेको थियो ।