युलेस टेक्सासमा भिजिट नेपाल २०२४-२०२५ कार्यक्रम सम्पन्न

डालस, टेक्सास। धेरै अमेरिकीहरुलाई नेपाल भ्रमण गराउने अभिप्रायले आज डालस नजिकै रहेको टेक्सासको युलेस सिटीमा “भिजिट नेपाल २०२४-२०२५” कार्यकम सम्पन्न भएको छ। एनआरएनए अमेरिका र एनआरएनए टेक्सास च्याप्टरको आयोजनामा एबम युलेस सिटीका काउन्सिल टिका पौडेलको सक्रियतामा आयोजित उक्त कार्यक्रम २ देखि ४ बजेसम्म करिव दुइ घण्टा चलेको थियो। एनआरएनए अमेरिकाको टुरिज्म एंड ट्रेड डिपार्टमेन्टले यो कार्यक्रमको संयोजन गरेको थियो।


शुरुमा अतिथिहरुलाई ब्याच वितरण गर्नुको साथै खादा लगाइदिने काम भएको थियो भने कार्यक्रमको उदघाटन संयुक्त रुपमा टेक्सास प्रतिनिधिसभाका सदस्य सलमान भोजानी युलेस सिटीकि मेयर लिण्डा मार्टिन, बेड्फ़ोर्ड सिटीका मेयर डन कोगन, युलेस सिटी काउन्सिल टिका पौडेल, भारतीय समाज डीएफडब्लुकि अध्यक्ष सुष्मा मल्होत्राले गर्नु भएको थियो। त्यसपछि नेपाल र अमेरिकाका राष्ट्रिय गानबाट कार्यक्रम बिधिबत शुरुवात गरिएको थियो। कार्यक्रम प्रस्तोता श्रस्टि उप्रेतीले उक्त कार्यक्रमको उद्देस्य सहित कार्यक्रमलाई अघि बढाउनु भएको थियो।
कार्यक्रममा मन्तब्य एबम शुभकामना मन्तब्य एनआरएनए अमेरिका टेक्सास च्याप्टर अध्यक्ष दिपेन्द्र गुरागाईंले व्यक्त भएको थियो। एनआरएनए अमेरिकाका उपाध्यक्ष नेत्र पाण्डेले सबैलाई स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो। त्यस्तै एनआरएन अमेरिकाको टुरिज्म एंड ट्रेड डिपार्टमेन्ट टास्क फोर्सका प्रमुख सबिन्द्र थापाले नेपाल भ्रमणको निम्तो सबैलाई दिंदै त्यसको लागि आबस्यक सूचना उपलब्ध गराउन आफु तयार रहेको जानकारी गराउनु भएको थियो। त्यसपछि नेवारी र तामांग नृत्य प्रस्तुत गर्दै नेपालको सांस्कृतिक सम्वृद्धिको उदाहरण प्रस्तुत गरिएको थियो।
युलेस सिटी र वरपरका केहि सिटीहरुको राज्य प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पाकिस्तानी मुलका सलमान भोजानीले हालसालै आफुले नेपाल भ्रमण गरेको र त्यस अबसरमा सगरमाथाको आधार शिविरको यात्राको बारेमा रोचक अनुभव साट्नु भएको थियो। उहाँले सम्बोधनका शुरुका केहि बाक्यहरु नेपलीमा भन्दा उपस्थित जनसमुदायले तालीले खुसियाले ब्यक्त गरेका थिए।
युलेस सिटी काउन्सिल टिका पौडेलले सगरमाथाको साथै नेपालका हरेक ठाउँ घुम्न लायक भएकोले नेपाल भ्रमणको मिती तय गरिहाल्न अनुरोध गर्नु भएको थियो। भारतीय समाज डिएफडब्लुकि आध्यक्ष सुष्मा मल्होत्राले नेपाली र भारतीयहरुको धेरै कुरामा समानता रहेको उल्लेख गर्दै आफु नेपाल जाने तयारी गरिरहेको बताउनु भएको थियो। नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले पनि नेपाल भ्रमण गर्न सबैलाई अनुरोध गर्नु भएको थियो।
स्थानीय नेपाली मन्दिरकी अध्यक्ष सीता सापकोटा र भर्जिनिया निवासी एड्रियन पोख्रेलले पनि उक्त अबसरमा सबैलाई नेपाल भ्रमणको निम्तो दिनु भएको थियो। अन्त्यमा थारु नाच र समापन मन्तब्य एनआरएनए अमेरिकाका अध्यक्ष अर्जुन बन्जाडेले दिनु भएको थियो। समापन मन्तब्यमा एनआरएनए को भिज्त नेपाल सम्बन्धि यो कार्यक्रम पहिलो भए पनि अन्तिम नभएको र यस्ता कार्यक्रमहरु अमेरिकाका पचासवटै राज्यमा संचालन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो।
कार्यक्रम युलेस सिटीको पुस्तकालय भवन भित्र संचालन गरिएको थियो।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907