एनआरएन एनसिसिको पर्यटन कार्यदलले प्रचारको लागि पत्रकारहरुसंग गर्यो भेटघाट

डालस, टेक्सास। एनआरएन एनसीसी अमेरिकाको ब्यापार तथा पर्यटन बिभाग अन्तर्गतको पर्यटन कार्यदलले जुन २९ शनिबार पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। युलेसस्थित ठमेल बियर गार्डेन रेस्टुरेन्टमा डालस वरिपरिका पत्रकारहरुको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरिएको थियो। एनआरएन एनसीसी पर्यटन बिभागले बिगतमा गरेका कार्यक्रमहरु, भावी योजनाहरु बारे जानकारी गराउने र यसलाई प्रचारात्मक रुपमा लैजान पत्रकारहरुको भूमिका कस्तो हुनसक्छ भन्ने बारेमा जानकारी लिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो।


नेपाल सानो तर भौगोलिक बिबिधता र सांस्कृतिक क्षेत्रमा निकै सम्बृद्ध छ। बिस्वको व्यापारमा पर्यटनले ठुलो भूमिका खेलेको छ। कतिपय देशहरु पर्यटनबाट नै सम्बृद्ध भएका छन्। नेपालमा पनि आरोहणका लागी सगरमाथा लगायतका हिमाली शृंखला, पदयात्राका लागि पहाडी भूगोल, धार्मिक पर्यटनका लागि लुम्बिनी विश्वभरिका पर्यटकहरुका लागि आकर्षक गन्तब्य हुन्। एनआरएन पर्यटन कार्यदलले नेपाल सरकार, नेपाली दुताबास समेतको सहयात्रामा नेपालमा अमेरिकी पर्यटकको संख्या वृद्धि गर्ने योजना अन्तर्गत भेटघाट, अन्तरक्रिया लगायतका प्रचारात्मक कार्यक्रमहरु गरिरहेको छ। यस अभियानमा पत्रकारहरुलाई कसरी जोड्ने भन्ने चासो अन्तर्गत यो कार्यक्रम आयोजना भएको हो।
कार्यक्रममा एनआरएन एनसीसी अमेरिकाका उपाध्यक्ष तथा कार्यदल प्रमुख नेत्र पाण्डे, टेक्सास च्याप्टर अध्यक्ष दिपेन्द्र गुरागाईं, नेजा अध्यक्ष सुरज भण्डारी, समाजसेवी प्रभात दिक्षित, पर्यटन बोर्डका संयोजक सबिन्द्र थापा लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो। धेरै भन्दा धेरै पर्यटक कसरी नेपाल पठाउन सकिन्छ, नेपालीहरुहरुलाई पनि आफ्नो छोराछोरी सहितको भ्रमणको लागि कसरी प्रेरित गर्न सकिन्छ भन्ने बिषयमा बिचारहरु व्यक्त भएका थिए।
एनआरएनलाइ सुझाव :
अमेरिका लगायत बिस्व भरिबाट बिदेशी पर्यटक भित्राउनु र खास गरी खर्च गर्ने पर्यटक भित्राउनु हाम्रो मुख्य उद्देश्य हुनुपर्छ। नेपालमा जाने भारत,चीन लगायत अमेरिकाबाट जाने अधिकांश पर्यटक पैसा खर्च गर्न होइन बचाउन जान्छन। यस्ता पर्यटकहरुले नेपालको आर्थिक क्षेत्रमा खासै कुनै योगदान गर्दैनन्। यसको सट्टा बरु युरोप अमेरिका तिर बस्ने लाखौँको संख्याका नेपाली र उनीहरुका सन्तानहरुलाई नियमित नेपाल भ्रमण गर्ने बानी र बातावरण निर्माण गर्ने हो भने नेपाल पर्यटन बाट ठुलो फाइदा लिन सक्छ।
त्यसको लागि एउटा बलियो र प्रभाकारी आइसीसी पुनर्निर्माण र पुनर्गठन गर्नु पर्छ। यसको बिस्वसम्मेलन र महाधिबेसन सकेसम्म हरेक बर्ष र नसके दुइदुइ बर्षमा नेपालमा गर्नु पर्छ। महाधिबेशनमा उम्मेदवार हुन र मतदान गर्न शशरीर नेपालमै जानु पर्ने र नेपाल जाने हरेक एनआरएन सदस्यहरुले मतदान गर्न पाउने व्यवस्था गर्नु पर्छ।
नेपाल जाने हरेक नेपाली मुलका प्रबासीहरुलाई नेपाल सरकारले सके नेपाली नागरिक सरहकै सुबिधा, नसके ग्रीनकार्ड सरहको सुबिधा दिने बाताबरण बनाउने पहल एनआरएनले गर्नु पर्छ। दोहोरी नागरिकताको प्रसंगले नेपाली जनमानसमा “कुण्ठा र इर्स्या” पैदा गरेको सन्दर्भमा ग्रीन कार्डले उनीहरुलाई समेत सकारात्मक बनाउन सक्छ जसले गर्दा प्रबासी नेपालीहरुले राजनीतिक अधिकार बाहेक सम्पूर्ण अधिकार प्राप्त गर्नसक्छन । आफु जन्मेको, आफ्नो कर्मथलो भन्दा माया गर्ने ठाउँमा जाँदा पनि “बिदेशी हुन् भन्ने पर्खाल” भत्काउनु पर्छ। बिमानस्थलमा प्रवेश गर्दा बिदेशीको लाइनमा होइन प्रबासी नेपालीहरुको लाइनबाट प्रवेश गर्ने व्यवस्था गर्नु पर्छ।
प्रबासी नेपालीहरु नेपाललाई सर्वस्व दिन चाहन्छन भन्ने नबुझी दुइचार जनाले जग्गा बेचेर पैसा लगे भन्ने हौवाको पछाडी लागेर नीतिनिर्माण गर्ने हो भने नेपालले आफ्नो अहिलेको अवस्था बदल्न सक्दैन। यसको लागि नेपाली समाजले एकपटक मुक्तिनाथको पानीले एकबाट नुहाएर रामकुमारी झाँक्री मार्ग परिवर्तन गरि प्रबासी नेपाली प्रति उदार हुने हो भने नेपालीले बिदेशमा सिकेको शिप, कमाएको धनको सदुपयोग गर्न सक्छ र त्यसैले नेपालले बिकासको फड्को मार्न सक्छ। प्रबासी नेपालीहरुलाई पर्यटक कै रुपमा भित्राउने हो भने मात्र पनि नेपालले धेरै आर्थिक लाभ लिन सक्छ। नत्र त्रिसुलिको किनारमा बसेर स्टोभमा तरकारी पकाएर खाने र त्यहीं आची गर्ने भारतीय पर्यटक, अति लोभी चिनिया पर्यटकले नेपालमा पर्यटकको संख्या र बढ्ला नेपालले राम्रो आर्थिक फाइदा भने लिन असम्भव छ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द

समाजसेवा कि आफ्नो कुण्ठाको ब्यबस्थापन ?




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907