श्रम तथा रोजगारमन्त्री सुर्यमान गुरुङले कञ्चनजंघा हिरक महोत्सव –२०७३ लाई सफल पार्न सबैलाई आग्रह गरेका छन् । पत्रकार सम्मेलनमा मन्त्री गुरुङले उक्त महोत्सव सफल रुपमा सम्पन्न पार्नको लागि आग्रह गरेका हुन् । उनले अघि थपे,‘पञ्चायत कालदेखि नै निषेधित क्षेत्रको रुपमा रहेको कञ्चनजंघा हिमाललाई मैले स्व.राजा वीरेन्द्रलाई सार्वजनिक रुपमै भनेर प्याकेजको रुपमा आरोहणको लागि ढोका खोलेको […]
बर्दिया राष्ट्रिय निकुञ्जमा अघिल्लो वर्षको तुलनामा यस वर्षको पछिल्लो तीन महिनामा ४२ प्रतिशत पर्यटक बढेको छ । यसवर्ष पछिल्लो तीन महिना (साउन, भदौ र असोज)मा आन्तरिक पर्यटक ८०९, सार्क र अन्य मुलुकका ४०३ जना गरी जम्मा एक हजार २२१ पर्यटक बर्दिया निकुञ्ज भित्रिएका थिए । अघिल्लो वर्ष यसै अवधिमा आन्तरिक पर्यटकका रूपमा ४३१, सार्क र […]
सरकारले धादिङको बेनीघाट हुँदै गोरखाको लार्केभञ्ज्याङसम्मको ‘बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ’ सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने तयारी गरेको छ । उक्त सडक निर्माणलाई कसरी अघि बढाउने भन्ने सम्बन्धमा आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, रक्षामन्त्री बालकृष्ण खाँण, सो क्षेत्रका सांसदलगायत सम्बन्धित उच्च सरकारी अधिकारीले स्थलगत अवलोकन तथा स्थानीयसँग छलफलसमेत गरेका छन् । गोरखाको सामागाउँमा आयोजित अन्तरक्रियामा […]
पहिलो महिला सागरमाथा आरोही जुन्को तावेईको ७७ वर्षको उमेरमा निधन भएको छ । जापानको साइटामा क्यान्सर सेन्टरमा उपचारका क्रममा तावेईको निधन भएको जापान माउन्टेनरिङ एसोसिएसनले जनाएको छ । तावेईलाई चार वर्षअघि क्यान्सर भएको पत्ता लागेको थियो । जापानको फुकुसिमामा जन्मनुभएकी तावेईले सन् १९७५ मा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकी पहिलो महिला आरोही बन्नुभएको थियो […]
निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले आजदेखि काठमाडौँ– कोलम्बो (श्रीलङ्का) को सिधा उडान सुरु गरेको छ । कतारको दोहा दैनिक उडान भर्दै आएको हिमालयले दोस्रो गन्तव्यका रुपमा कोलम्बो उडान भरेको हो । हिमालय एयरलाइन्सको एयरबस ३२० सिरिजको नाइन एन एएलएएन कलसाइन भएको जहाजले बिहान ११ः३० बजे ३१ यात्रु बोकेर कोलम्बो गएको हिमालय एयरलाइन्सका वाणिज्य […]