नेपाली गीतकार लोकराज अधिकारीलाई भोट गर्न गीतकार संघ नेपालको अपिल

काठमाडौं । अमेरिकाको एटलान्टामा आगामी अगस्ट २४ मा सम्पन्न हुने ‘इन्टरनेसनल सिङर सङराइटर्स एसोसिएन’ले आयोजना गरेको छैटौं ‘आईएसएसए अन्तर्राष्ट्रिय अवार्ड’मा नेपालबाट मनोनयनमा परेका गीतकार संघका पुर्व कार्यसमिति सदस्य समेत रहेका प्रसिद्ध गीतकार लोकराज अधिकारीलाई भोट गर्न गीतकार संघ नेपालले अपिल गरेको छ ।
संघका अध्यक्ष बसन्त बित्यासी थापाले आइतवार संघको फेसबुक पेज मार्फत एक अपिल सार्बजनिक गर्दै गीतकार अधिकारीलाई भोट गर्न संस्थागत अनुरोध गरेका हुन् ।
भोट अपिलमा भनिएको छ-
यस संस्थाका पूर्व कार्यसमिति सदस्य समेत रहेका लोकप्रिय गीतकार श्री लोकराज अधिकारी अन्तर्राष्ट्रिय सिंङगर सङ्ग राइटर्स एसोसिएसनले आगामी अगस्त २४ मा अमेरिकाको एटलान्टामा आयोजना गरेको आएसएसए सिंङगर सङ्ग राइटर्स अन्तर्राष्ट्रिय अवार्डमा नेपालका तर्फबाट अन्तर्राष्ट्रिय गीतकार पुरुष विधामा मनोनीत हुनु भएकोमा बधाई र शुभकामना । समग्र नेपाली भाषी गीतकारहरूकै एक मात्र प्रतिनिधित्व भएको यस अवार्डमा गीतकार अधिकारीलाई टप २० मा पुराउनका लागि विश्वभर रहनुभएका नेपाली र नेपाली भाषी सबैले विद्युतीय भोट गरिदिनु हुन संस्थागत अपिल गर्दछौ ।


अप्रिल २ देखि निःशुल्क इलेक्ट्रोनिक भोटिङ सुरु भएको हो । दैनिक एउटा डिभाइसबाट एक भोट गर्न सकिने र भोटिङ अप्रिल ३० तारिकसम्म खुला रहने आयोजकले जनाएको छ । यसका लागि लागि ‘इन्टरनेसनल सिङर सङराइटर्स एसोसिएन’को वेभ साइट www.issasongwriters.com मा गएर २०२४ भोट लेखेको मेनु क्लिक गरी अन्तर्राष्ट्रिय प्रतियोगीहरूलाई भोट गर्ने अप्सन थिचेर ‘इन्टरनेश्सनल मेल सङग राइटर अफ दि इअर’ विधामा गएर नाममा ठीक चिह्न लगाएर भोट गर्नुपर्ने प्रणाली रहेको छ । कम्प्युटर, ल्यापटप, ट्यावलेट, मोबाइलबाट भोट गर्न सकिन्छ ।

आयोजकले गत सोमबार सार्वजनिक गरेको विभिन्न ४६ विधाको नामावलीमा नेपालबाट एकजना मात्र गीतकार अधिकारी ‘पुरुष गीतकार’ विधामा मनोनयनमा परेका हुन् । अधिकारीसँगै उक्त विधामा नेदरल्यान्ड, ग्रिस, घाना,आयरल्यान्ड, आइसल्यान्ड, रसियन फेड्रेसन, डेनमार्क, स्विडेन, मलावी, क्यानडा, अस्ट्रेलिया, बेलायत, ब्राजिल, इटाली, साउथ अफ्रिका, फिलिपिन्स, युगान्डा, इजरायल, जापान, जर्मनलगायत विश्वका विभिन्न देशका ६८ जना मनोनयनमा परेका छन् । यो अवार्डमा अन्तर्राष्ट्रियतर्फ एसिया महादेशबाट गत वर्ष युगल गायनमा भारतबाट मनोनीत गायक एसपी बालसुब्रह्मण्यम र एस जे जानिनीले ब्रोन्ज अवार्ड जितेका थिए । त्यसअघिका संस्करणमा एसिया महादेशका कुनै पनि देशबाट सहभागिता रहेको थिएन । छैटौं संस्करणमा नेपाल मनोनयनमा परेको हो ।


गीतकार अधिकारीले अन्तर्राष्ट्रिय मञ्चमा सिंगो नेपाल र नेपालीभाषी गीतकारको प्रतिनिधिका रूपमा यो मनोनयनलाई लिएको बताएका छन् । भोटिङबाट टप २० को छनोट गरिने आयोजकले जनाएको छ । मे २ मा टप २० को घोषणा हुनेछ । मनोनीतहरू सबैलाई आयोजकले रेडकार्पेट समारोहमा सहभागी हुन आमन्त्रण गरेको छ । यसैबीच, गीतकार अधिकारीले देश, विदेशबाट सबैले भोट गरेर नेपाललाई टप २० मा पु¥याउनसमेत आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय क्षेत्रमा आयोजना हुने महोत्सव÷फेस्टिवल/कन्सर्टजस्ता कार्यक्रममा नेपाली स्रष्टा /कलाकारको उपस्थिति र प्रस्तुति रहने गरे पनि गीतको अन्तर्राष्ट्रिय अवार्डमा नेपालका तर्फबाट मनोनीत हुने गीतकार अधिकारी नै पहिलो सर्जक हुन् ।
गीतकार अधिकारीका तिम्ले पराई ठानेपछि, रूपै मोहनी, बाजा बजाउँदै, मर्छु बरु छट्पटीमा, हेप्नी मलाई, भन्नुहुन्थ्यो बा ले, ओ ओ मेरो परान, फेरि एक हुन, घन्काइदेऊ मादलु, रूपौली रानीलगायत दर्जनौं गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907