रास्ट्रिय सुरक्षा सल्लाहकारमा बोल्टोनको नियुक्ति र युद्धको खतरा

लेखनाथ गौतम, वाशिंटन डिसी, अमेरिका । ट्रंप प्रशासन भित्रको भद्रगोल जारी छ । रास्ट्रपतिको पदबहाली भए पछि ट्रंपले आफ्नो प्रशासनमा धेरै मान्छे परिबर्तन गरिसकेका छन् भने धेरै ठाउँहरु पूर्ति गर्न बाँकी छन् । विदेश मन्त्रि रेक्स टिलर्सनको बिदाइ भएको हप्ता दिनपछि फेरी अर्को उच्च ओहोदाको व्यक्ति बिदाइ भएका छन् भने नयाँ व्यक्तिले उक्त स्थान लिने भएका छन् । रास्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिन बर्खास्त भए पछि सोहि पदमा बहाल गरिएका टु स्टार जनरल एच आर म्याक्मास्टर अप्रिल ९ देखि बिदा हुँदै छन् भने जोन बल्टनले उक्त पद प्राप्त गर्ने पक्का भएको हो ।
भुतपुर्ब हुन लागेका एचआर म्याक्मस्टर हक्की स्वभावका मानिन्छन । उनी आबस्यक परेको बखत रास्ट्रपतिलाइ सुझाव मात्र होइन दवाब समेत सक्ने व्यक्ति हुन् । कुनै योजना, भिजन र अनुभव नभएको ट्रंप प्रशासनलाइ अलिकति भए पनि बाटोमा हिडाउन उनी सफल भएका थिए । शासन, प्रशासनको कुनै अनुभब नभएका र मनलागेको गर्ने हठी स्वभावका ट्रंपलाइ कुनै न कुनै रुपमा लाइनमा ल्याउन सक्ने व्यक्तिको रुपमा धेरैले उनलाई हेरेका थिए । म्याक्मास्टर व्हाइट हाउसमा सुझबुझ भएका थोरै व्यक्ति मध्य पर्दछन ।

एच आर म्याक्मस्टर (बायाँ), जोन बोल्टोन (दायाँ)

म्याक्मस्टरको बिदाइसंगै ट्रंपसंग आँखा जुधाएर कुरा गर्न सक्ने धेरै मान्छे व्हाइट हाउसमा बाँकी छैनन् । ट्रंपले राम्रो काम भन्दा पनि बफादारिताको अपेक्षा गर्छन । आफ्नो प्रशंसा गर्नेहरुलाई जति अयोग्य भए पनि पद थमाउने र आफ्नो आलोचना गर्नेलाई जति योग्य भए पनि सिद्धाउने ट्रंपको नानि देखिको बानि हो । उनले अहिले राष्ट्रिय हितमा भन्दा पनि आफ्नो व्यक्तिगत अहम तुस्टिको लागि काम गरेको घाम झैं छर्लंग छ । ट्रंपको बचाउ गर्दा गर्दै र आफ्नो जिन्दगीभरको बिस्वस्नियतालाइ धरापमा राखेर काम गर्दा गर्दै धेरैले आफ्नो पद गुमाएका छन् तर ट्रंप उही तरिका र स्वभावले देशलाई एउटा आफ्नो व्यापारिक कम्पनीको रुपमा संचालन गर्दैछन ।

म्याक्मस्टरको बिदाइ र जोन बल्टनको आगमनले राजधानी डिसीमा एककिसिमको त्रासको अवस्था सिर्जना भएको छ । जोन बल्टन युद्धको भाषा बोल्ने व्यक्ति हुन् । उनले इतिहासकै अलोकप्रिय भियतनाम युद्ध, इराक युद्धको खुलेर समर्थन गरेका छन् । उनले पहिला लड़ांइ र त्यसपछि बल्ल बार्ता गर्नु पर्ने धारणा राख्छन । इरानसंगको न्युक्लियर डिल खारेज गर्नु पर्ने र उत्तर कोरिया संग तत्काल युद्ध गर्नु पर्ने विचार राख्ने बल्टनको व्हाइट हाउसको यात्रा संगै युद्धको धम्कि दिने ट्रंपलाइ युद्धको परिणामबारे सचेत गराउने व्यक्तिको अभावमा अमेरिका नयाँ युद्धहरुमा होमिने त्रास अमेरिका र बिस्वभर फैलिएको छ ।

सन् १९४८ मा जन्मेका बोल्टोन पेशाले वकिल र डिप्लोम्याट हुन् । उनी २००५ देखि २००६ सम्म रास्ट्रपति जर्ज डब्ल्यु बुशको पालामा अमेरिकाको तर्फबाट संयुक्त रास्ट्रसंघका दुत नियुक्त भएका थिए । संयुक्त राष्ट्रसंघ भन्ने संस्था नै छैन भन्ने धारणा राख्ने बोल्टोनको उक्त नियुक्ति ठुलो विवादको घेरामा परेको थियो । २००६ को नोभेम्बरमा भएको निर्बाचनमा डेमोक्र्याटिक पार्टीले सिनेटमा बहुमत ल्याए पछि उनको पद धरापमा परेको थियो र सिनेटबाट उनको नाम स्वीकृत नहुने पक्का भए पछि डिसेम्बर २००६ मा उनले राजिनामा दिएका थिए । अहिले उनी फक्स न्युजमा कमेन्टेटरको साथै अन्य धेरै कन्जरभेटिभ समूहसंग सम्बद्ध छन् । उनको अतिबादी र कथित रास्ट्रबादी छबिकै कारण यो पद हत्याउन सफल भएका छन् ।

बोल्टोनको नियुक्ति संगै युद्धको भाषा बोल्ने ट्रंपलाइ युद्धका दुष्परिणाम बारे सचेत गराउने नभई झन् प्रेरित गर्ने अवस्था सिर्जना भएको छ जसले अमेरिका आगामी दिनमा ठुल्ठुला युद्धमा सामेल हुने र बिस्व अस्थिर र रक्तपातपूर्ण युद्धहरुको चपेटामा पर्न सक्ने मनोबैज्ञानिक त्रास सर्बत्र फैलिएको छ ।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907