टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक कार्यक्रम आयोजना गर्ने भएको छ। सह-आयोजकको रुपमा डालस फोर्ट वर्थ क्षेत्रमा स्थापित अन्य नेपाली संस्थाहरु हुनेछन भने कार्यक्रम नेपाली मन्दिरमा आइतबार दिउसो ३ बजेदेखि संचालन हुनेछ।


अमेरिकामा नेपालीहरुको दिनानुदिन संख्या बढेसंगै अमेरिकाको राजनीतिमा पनि अघि बढ्नु पर्छ भन्ने जनभावना बढिरहेको बेला टिका पौडेलले पनि आफुलाई अमेरिकी राजनीतिमा अघि बढाएका छन्। डालस क्षेत्रको नेपाली समुदायमा अत्यन्त सक्रिय, साँचो अर्थमा समाजसेवी, स्पस्टबक्ताको रुपमा पौडेल चिनिने गर्छन। नेपाली समाजमा सानो काम गरेर त्यसलाई नगदिकरण गर्न नेपाली संस्थाहरुमा पदको मोलतोल गर्ने चलन बीच अमेरिकाकै राजनीतिको खुड्किलो चढ्न आँटेका पौडेल युलेस सिटिका नेपालीहरुको दरिलो साथ पाउने आशा व्यक्त गरेका छन्। बोल्दा चिप्लो नघस्ने तर परेको बेला ज्यु ज्यान दिन समेत तयार हुने बानीकै कारण उनी नेपालीहरुका एक प्रिय पात्र हुन्। उनको त्यहि लोकप्रियताका कारण उनी बस्ने इलाकाको नाम नै टिकापुर भनेर समेत नेपालीहरुमाझमा परिचित छ।
“मैले सोंचेको भन्दा बढी चुनौती रहेछ”, उम्मेदवार पौडेलले युएसएंड नेपाल डट कमसंग भने। “युलेस ठुलो बजेट भएको सिटि भएकोले यसमा प्रतिष्पर्धा पनि चर्को हुँदोरहेछ”। त्यसको लागि नेपाली समुदायको आर्थिक, नैतिक, भौतिक लगायत सम्पूर्ण सहयोगको आबस्यकता रहेको पनि पौडेलले स्पस्ट पारे। नेपालीहरुको लागि काम गर्ने भनेर खोलिएका नेपालीहरुका संस्थाहरुले गर्ने काम आफुले एक्लैले गर्न लागेको र त्यसमा सम्पूर्ण नेपाली समाजको सहयोग पाउने आशा व्यक्त गरे।
डालसको नेपाली समाजमा अमेरिकी राजनीतिमा जाने क्रमको यो अर्को खुड्किलो हो। यस अघि आइषा ओझा पनि उम्मेदवार बनेकी थिइन तर सबै नेपालीहरुले भोट नहाल्दा केहि पछि परेकी थिइन। त्यस्तै प्रभात दिक्षित र सुदिप अधिकारी पनि लामो समय देखि टेक्सासमा डेमोक्र्याट पार्टीको राजनीतिमा सक्रिय हुनुहुन्छ। टिका पौडेलको यो आँटले अरु नेपालीहरुलाई पनि प्रेरित गर्ने विश्वास गरिएको छ।

 

सम्बन्धित समाचार

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

एनआरएनद्वारा जुन १६/१७ को बिज्ञ सम्मेलन सफल बनाउन अपील

प्रबाशमा रहेर बिभिन्न क्षेत्रमा दक्षता हाँसिल गर्दै सो ठाउंमा प्रभाव देखाउन सफल नेपालीहरुलाइ एक ठाउंमा भेला पारी उनीहरु बिच अन्तरक्रियाद्वारा…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907