एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक “चन्दा संकलन रात्रिभोज” आयोजना गर्ने भएको छ । मासिक र त्रैमासिक रुपमा बिभिन्न सामाजिक काम गर्ने एचडीएनपीले सहयोग संकलनको रुपमा भने बर्षमा एक पटक मात्र कार्यक्रम गर्ने गर्छ। आफु बसेको माटोको सेवा मात्र होइन, यो संस्थाका अध्यक्ष देवी आचार्यले आफु जन्मेको माटोको लागि समेत यहि संस्था मार्फत बिभिन्न सामाजिक कार्यहरु गर्दै आउनु भएको छ ।
अमेरिका संसारका धेरै मानिसहरुको गन्तव्यको लक्ष हो । अमेरिकाको “अ” समेत सुन्न मन नपराउने बिभिन्न धार्मिक र राजनीतिक व्यक्तिहरु पनि अमेरिकालाई आफ्नो कर्मभुमी बनाएको हामीले देखेका छौं । तर अमेरिका आफैमा सबैको लागि सहज जीवन बाँच्न सक्ने ठाउँ होइन । यो देशको पुंजिबादी अर्थनीति र अत्यन्त ब्यक्तिबादी समाजको कारण कमजोर र अब्यबस्थित व्यक्तिहरुको लागि भने यहाँ त्यति सजिलो छैन । यस्ता व्यक्तिहरुको लागि उपलब्ध सामाजिक सुरक्षाहरु प्रयाप्त र भरपर्दा छैनन् । फलस्वरूप संसारकै धनी भनेर चिनिने यो देशका गल्लीहरुमा समेत रोगी, कमजोर, भिखारी, घरबारबिहिनहरुको उपस्थिति देखिन्छ ।


एउटा व्यक्ति वा संस्थाले कति नै पो गर्न सक्छ र ? तर जति सकिन्छ त्यति भने पक्कै गर्न सकिन्छ । मरेर जाने दुइ दिनको यो चोलामा एक दुइ जनाको अनुहारमा मात्र पनि खुसि ल्याउन सक्नु ठुलै कुरा हो । यहाँ आफ्नो लागि ज्युने मात्र होइन अरुलाई ज्युन अप्ठेरो पार्नेहरुको झन् ठुलै जमात छ । अर्बौं अरब डलर सम्पत्ति भए पनि सरकारलाई ट्याक्स छलेर होस् वा आफ्ना कामदारहरुलाइ अति न्यून दरमा काम लगाएर होस्, उनीहरुले आफ्नो निजि सम्पति बढाउने होडबाजीमा तल्लिन छन् । यस्तो माहोलमा केहि समय, केहि पैसा र केहि उर्जा खर्च गर्न अगाडी सर्नु अत्यन्त उदाहरणिय काम हो । एचडीएनपीमा सम्बद्ध स्वयंसेवकहरुले यो काम लामो समय देखि गर्दै आएका छन् ।
“चन्दा संकलन रात्रिभोज” अर्थात् फन्ड रेजिंग डिनर डिसेम्बर १ शनिबार अर्भिंगको हिल्टन होटेलमा हुनेछ । यसको लागि प्रायोजकहरुको खोजि भैरहेको एचडीएनपीले जनाएको छ भने समुदायको सक्रिय सहभागिता र सहयोगको समेत अपेक्षा गरेको छ । स्थानीय भट्टीहरुमा साँझ नपर्दै जमघट हुने “पैसावाल”हरु र समाजसेवामा आफ्नो स्वार्थको लेखाजोखा गर्नेहरुको उपस्थिति हुन्छ वा हुन्न हेर्न त पक्कै त्यहि दिन कुर्नु पर्ला तर समाजसेवा गरेर सन्तुस्टि लिनेहरुको उपस्थिति भने त्यहाँ पक्कै हुनेछ । (प्रस्तुति:लेखनाथ गौतम )

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एनआरएनद्वारा जुन १६/१७ को बिज्ञ सम्मेलन सफल बनाउन अपील

प्रबाशमा रहेर बिभिन्न क्षेत्रमा दक्षता हाँसिल गर्दै सो ठाउंमा प्रभाव देखाउन सफल नेपालीहरुलाइ एक ठाउंमा भेला पारी उनीहरु बिच अन्तरक्रियाद्वारा…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907