बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित राष्ट्रहरुका आप्रबासीहरुले आफ्ना सास्न्कृतिक र अन्य पहिचानहरु प्रस्तुत गर्ने गर्छन । उक्त संगठनमा नेपाज ग्रुपले बिगत ४ बर्ष देखि नेपालको प्रतिनिधित्व गर्दै आएको छ । जुन १५ शनिवार आयोजित उक्त फेस्टिवलमा पनि नेपालको पहिचान झल्काउने बस्तुहरु सहित नेपाल प्याभिलियन (स्टल) राखिएको थियो ।


बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्स १९८६ मा स्थापित भएको हो । यसको उद्देस्य कनेक्ट अर्थात् जोड्ने, एजुकेट अर्थात् सिकाउने र इम्पावर अर्थात् बलियो बनाउने भन्ने रहेको छ । त्यसको लागि एसियन नेपाली समुदायका आप्रबसिहरुलाइ ब्यापार लगायत अन्य क्षेत्रमा अगाडी बढ्न बिभिन्न खालका श्रोतहरु उपलब्ध गराउने, उनीहरुलाई आबस्यक ज्ञान र शिपको तालिम दिने लगायतका काम गर्छ । एसियामा रहेको बिबिध सांस्कृतिक पहिचानलाई उजागर गर्दै एकअर्कासंगको भाइचारा वृद्धि गर्न बार्षिक रुपमा एसियन फेस्टिवल आयोजना गर्दछ ।


२०१९ को एसियन फेस्टिवलमा पनि बिगतमा जस्तै एसियाका बिभिन्न देशहरुका पोशाक, नृत्य, गीत एबम संगीतहरु प्रस्तुत गरिएका थिए । भियतनाम, भारत, चीन, नेपाल लगायतका एसियन राष्ट्रहरुका प्रस्तुतिहरु चर्को घामका बाबजुद दर्शकहरुले धैर्यतापुर्बक अबलोकन गर्नुका साथै पहिचानका बस्तुहरु खरिद गरेका थिए । नेपाली स्टलमा बुद्धका मुर्ति, नेपालका भौगोलिक सौन्दर्यका चित्रहरु, नेपाली खुकुरी र ढाका टोपी एबम अन्य बस्तुहरु प्रदर्शन एबम बिक्रीको लागि राखिएको थियो ।


नेपालको तर्फबाट डालसको नेपाली समुदाय र समग्र नेपालको छोटो परिचय नेपाली टोलीका संयोजक एबम संस्थाका डाइरेक्टर सबिन्द्र थापाले गर्नु भएको थियो । “किनिदेउ न साहिंला दाइ” शिर्षकको गीतमा सुन्दर नेपाली पोशाकमा शर्मिला लामिछानेले नृत्य प्रस्तुत गर्नु भएको थियो भने डालसमा चर्चित नेपालीहरुको सांगीतिक ब्याण्ड “एफ वान” ब्याण्डले बाँसुरी, मादल, गितार लगायतको बिशिस्ट खालका नेपाली सांगीतिक धुनहरु प्रस्तुत गरेको थियो ।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

एनआरएनद्वारा जुन १६/१७ को बिज्ञ सम्मेलन सफल बनाउन अपील

प्रबाशमा रहेर बिभिन्न क्षेत्रमा दक्षता हाँसिल गर्दै सो ठाउंमा प्रभाव देखाउन सफल नेपालीहरुलाइ एक ठाउंमा भेला पारी उनीहरु बिच अन्तरक्रियाद्वारा…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907