अस्टिनमा आतंक फैलाउने मार्क एन्थोनी कण्डिटको मृत्यु

लेखनाथ गौतम, अस्टिन, टेक्सास । बिगत ३ हप्ता देखि अस्टिनबासीहरुलाई आतंकित पारेको बम घटनाको पटाक्षेप भएको छ । बुधबार बिहान अस्टिन पुलिस संगको जम्काभेटमा उक्त व्यक्तिको मृत्यु भए पछि अस्टिनबासीले शान्तिको सास फेर्न पाएका हुन ।
अधिकारीहरुका अनुसार उक्त व्यक्तिको परिचय खुलेको छ र उसको नाम मार्क एन्थोनी कण्डिट भएको प्रहरीले जनाएको छ । २४ बर्षिय उक्त व्यक्ति गोरा जातिको रहेको समेत प्रहरीले स्पस्ट पारेको छ ।
तीन हप्ता देखि लगातार रुपमा विस्फोटक पदार्थको प्याकेट घरघरमा पठाएर २ जनाको ज्यान समेत लिएको यो घटनाको एफबिआइले गहिरो अनुसन्धान शुरु गरेको थियो । मंगलबार मात्रै ३५० जना बिषेसज्ञहरुको टोली अस्टिन प्रहरीलाई सघाउन अस्टिन आइपुगेको थियो । अस्टिनका मेयरले यो घटनामा आशंका गरिएको व्यक्तिको मृत्यु भए पछि अस्टिनबासी १९ दिनदेखिको आतंकबाट मुक्ति पाएको भन्दै अझै पनि सतर्क रहन जनतालाई अनुरोध गरेका छन् ।
मार्च २, २०१८ को दिन आफ्नो ढोका अगाडी आएको पार्सल खोल्दा भएको बिस्फोटनमा परी ३९ बर्षीय अफ्रिकन अमेरिकन एन्थोनी स्टेफेन मारिएका थिए भने मार्च १२ मा १९ बर्षीय अफ्रिकन अमेरिकन बिद्यार्थी त्यस्तै घटनमा मारिएका थिए भने उनकी आमा घाइते भएकी थिइन । अर्को प्याकेट बिस्फोटमा हिस्प्यानिक महिला घाइते भएकी थिइन ।
यी प्याकेट सिधै घरमा पुगेका थिए अर्थात् अमेरिकामा घरघरमा समान पुर्याउने कम्पनिहरु मार्फत यी प्याकेटहरु पुर्याइएका थिएनन । तीनवटै घटना अल्पसंख्यक जातिहरुको बसोबास रहेको क्षेत्रमा गराइएको र मृत्यु समेत २ जना अस्वेत व्यक्तिहरुको भए पछि यो घटना जातिवादी र घृणाको कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान थियो ।

तर केहि दिन अघि देखि घरघरमा पुर्याउने तरिकाको सट्टा फेडेक्स मार्फत पठाउने तरिका उक्त हमलाकारीले अबलम्बन गर्न थाले  र गोराहरुको बस्तीमा ती प्याकेट पठाए र मार्च १८ गते प्याकेट बिस्फोटनमा एकजना गोरा व्यक्ति घाइते भएका थिए भने अर्को बम फ़ेडेक्सको समान प्रसोधन गर्ने स्थानमा बिस्फोट हुँदा एकजना फेडेक्सका कामदार घाइते भएका थिए ।

मार्क एन्थोनी कण्डिट

यसरी आतंक फैलिंदै गएपछि एफबिआइले गंभीर अनुसन्धान थालेको थियो । खरिद गरेका समान, उक्त व्यक्तिले प्याकेट पठाउँदा पैसा तिरेको रसिद आदिको माध्यम र सिसि क्यामेरा लगायतका प्रमाणहरु एकत्रित गरेपछी प्रहरीले शंकास्पद व्यक्तिको पहिचान गरेको थियो ।
बुधबार बिहानै प्रहरीको स्पेसल टोलीले उक्त व्यक्तिलाई अस्टिन देखि करिब २० माइल उत्तरमा रहेको राउण्ड रक सिटिमा एउटा गाडीमा फेला पारेको थियो । टोलीका एक जना प्रहरीले फेला पारे पछि उनले उसलाई पक्राउ गर्नु अघि आफ्नो टोलीको प्रतिक्षा गरिरहेका थिए तर उक्त व्यक्ति गाडी चढेर भाग्यो । तर स्पेसल टिमले पिछा गरे पछि हाइवे ३५ नजिकै पुग्दा उसले गाडी भित्रै विस्फोटक पदार्थ पड्काएको थियो । उक्त बिस्फोटनमा परी एकजना प्रहरी सामान्य घाइते भएका थिए भने उक्त व्यक्तिको घटनास्थलमै मृत्यु भएको थियो ।
यसरी अमेरिका बढ्दै गएको घृणा अपराधको एउटा घटनाको पटाक्षेप भएको छ । २ जना अस्वेतहरुको ज्यान लिए पछि घटनाको अनुसन्धानलाई अलमल बनाउन गोराहरुको बस्तीमा प्याकेट पठाउने रणनिति अख्तियार गरेको देखिन्छ । बिगत करिव १८ महिना देखि अमेरिकाको रास्ट्रपतिमा डोनाल्ड ट्रंप निर्बाचित भए पछि अतिबादी गोराहरुद्वारा गरिने घृणा अपराधमा उल्लेख्य वृद्धि भएको देखिन्छ । बिशेष गरी ट्रंपका कथित रास्ट्रबादि र गोराहरुको आधिपत्य स्थापित गर्ने खालका अभिव्यक्तिले यस्ता अपराधीहरुको मनोबल उच्च हुँदै गएको छ । पक्कै पनि एउटा अपराधिको यस घटनामा अबसान भएको छ तर यसले अमेरिकी समाजमा बढ्दै गएको घृणा भने कम हुने सम्भावना निकै कम छ ।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907