एनआरएनद्वारा जुन १६/१७ को बिज्ञ सम्मेलन सफल बनाउन अपील

प्रबाशमा रहेर बिभिन्न क्षेत्रमा दक्षता हाँसिल गर्दै सो ठाउंमा प्रभाव देखाउन सफल नेपालीहरुलाइ एक ठाउंमा भेला पारी उनीहरु बिच अन्तरक्रियाद्वारा नेपाल र नेपालीहरुको हितमा केहि नयाँ योजना र विचार तयार गर्ने उद्देश्यले बिज्ञ सम्मेलन आयोजना गर्न लागिएको सर्बबिदितै छ । अमेरिकाका बिभिन्न राज्यहरुमा बसोबास गर्ने सम्बद्ध क्षेत्रमा राम्रो सफलता प्राप्त गरेका व्यक्तिहरु उपस्थित हुने यो कार्यक्रम सफल बनाउन आव्हान गर्दै आज एक एनआरएनले एक बिज्ञप्ति जारी गरेको छ।

प्रेस विज्ञप्ति

गैरआवासीय नेपाली संघले आफ्नो स्थापना कालदेखि नै विदेशमा रहेका नेपालीहरुले आर्जन गरेका ज्ञान, सीप, प्रविधि एवं पूँजीलाई नेपालको दिगो विकासमा प्रयोग गर्ने संघको उद्देश्य अनुरुप अधिकतम प्रयास गर्दै आएको छ । विदेशमा रहेका नेपालीहरुले आफ्नो क्षमता अनुसार ज्ञान र सीपको प्रयोग गरी त्यहाँको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरिरहेका छन् । त्यसरी विदेशमा आर्जित सीपको प्रयोग नेपालको रुपान्तरणको लागि उपयोगी हुनसक्ने प्रचुर सम्भावना रहेको छ । यसै सम्भावनालाई सार्थकतामा बदल्न गैरआवासीय नेपाली विज्ञहरु, नेपालमा रहनु हुने विज्ञहरु र नेपालसँग जोडिएका विदेशी विज्ञहरुलाई एकै थलोमा ल्याउन गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर अक्टोवर १२ र १३ तारिखमा (२ दिने) विज्ञ सम्मेलन आयोजना गर्ने घोषणा हामीले यसअघि नै गरेको सर्वविदितै छ ।

गैरआवासीय नेपाली संघको पहलमा नेपालमा आर्थिक लगानी भित्र्याउन केही सफलता हासिल भएपनि विदेशमा रहेका नेपालीहरुको ज्ञान सीपलाई नेपालको विकास एवं समृध्दिका लागि प्रयोगमा ल्याउन अपेक्षित सफलता हासिल गर्न सकिएको छैन । यसै कुरालाई मनन गरी गैरआवासीय नेपाली संघले विदेशमा बस्ने नेपालीहरुको ज्ञान सीप राष्ट्रहितका लागि प्रयोग गर्ने क्षेत्र र विधिको पहिचान गर्न विज्ञ सम्मेलन गर्ने निर्णय गरेको हो ।

सोही विज्ञ सम्मेलनको पूर्व तयारीस्वरुप यही आउँदो जुन १६ र १७ तारिखमा अमेरिकाको  सान फ्रान्सिस्को शहरमा आयोजना गर्न लागेको आइसीसी विज्ञ सम्मेलन तथा एनआरएनए अमेरिकाको साधारण सभाको तयारी पूरा भएको जानकारी गराउन चाहन्छौँ । अमेरिकामा हुने विज्ञ सम्मेलनको लागि नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय रविन्द्र अधिकारीज्यू प्रमुख अतिथिको रुपमा र पूर्व अर्थ तथा परराष्ट्र मन्त्री डा. प्रकाश चन्द्र लोहनी तथा पूर्व पर्यटन राज्यमन्त्री रेवति प्रसाद भूसाल विशेष अतिथिका रुपमा सहभागि हुँदै हुनुहुन्छ । सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्ट, पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्ष व्दय कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसी, नेपाल विज्ञ सम्मेलनका संयोजक डा. हेमराज शर्मा आईसीसीका अन्य पदाधिकारीहरु लगायत विभिन्न देशका एनआरएनएका पदाधिकारीहरुको उपस्थिति रहनेछ । यसका साथै अमेरिकास्थित नेपाल सरकारका राजदूत, अवैतनिक तथा वाणिज्यदूतहरु र अमेरिका क्षेत्रका ख्याति प्राप्त व्यवसायी र बौध्दिक व्यक्तित्वहरूसहित करिब ५ सय जनाको सहभागिता रहने अपेक्षा छ ।

अमेरिका क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरू सहभागी गराएर पहिलो पटक  आयोजना गर्न लागेको यो सम्मेलनमा विभिन्न मुलकमा कार्यरत नेपाली वैज्ञानिक, प्राविधिक, समाजसेवी, अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, व्यवसायी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू सहभागी भएर नेपालको विकासका सम्भावना र चुनौतीका बारेमा छलफल गरिनेछ ।

गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक गौरी जोशीको संयोजकत्वमा हुन गैरहेको सम्मेलनमा डा रुद्र अर्यालले अमेरिका क्षेत्रका विज्ञहरुसंग संयोजन गर्नुभएको छ भने एनआरएनए अमेरिकाका अध्यक्ष डा केशव पौडेल विशेष भूमिका रहेको छ । सम्मेलनमा विशेषतः स्वास्थ्य, शिक्षा, पर्यटन पूर्वाधार तथा सहरी विकास, कृषि तथा खाद्य सुरक्षा, श्रम तथा वैदेशिक रोजगार, लगानी, वातावरण तथा उर्जा, विज्ञान तथा प्रविधि, सुशासन लगायतका विषयलाई नीतिगत तथा विषयगत रुपमा प्रस्तुत गर्दै बृहत छलफल गरिनेछ । त्यसपछि तयार हुने सान्फ्रान्सिस्को घोषणा पत्रका बुँदाहरुलाई नेपालको नीतिगत तहमा कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा हाम्रो ध्यान केन्द्रित हुनेछ ।

 

नेपालको आर्थिक विकासमा सहयोग गर्नको लागि गैरआवासीय नेपालीहरुले व्यक्तिगत तथा सामूहिक रुपमा नेपालका विभिन्न क्षेत्रहरुमा लगानी गरिरहेका छन् । यसर्थ पनि यो सम्मेलनले राष्ट्र निर्माणमा साझेदार बन्नका लागि एक महत्वपूर्ण सेतुको रुपमा भूमिका निर्वाह गर्दै मुलुकमा आर्थिक लगानीसँगै बौध्दिक लगानीको बाटो खोल्नेमा संघ विश्वस्त छ । यस अवसरमा सम्मेलनमा सहभागी भएर र आवश्यक सहयोग गरेर सम्मेलन सफल बनाउन संचारकर्मी लगायत सम्बन्धित सबैमा संघ हार्दिक अनुरोध समेत गर्दछ ।

भूषण घिमिरे  (प्रवक्ता)

गैर आवासीय नेपाली संघ

अन्तराष्ट्रिय समन्वय परिषद ।

 

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907