सुनिता प्रसाईँको तेश्रो सिर्जना ‘माझी बनेर आयौ’
काठमाडौँ । गीतकार सुनिता प्रसाईँका रचनाहरु मध्यको तेश्रो रेकर्डेड सिर्जना ‘माझी बनेर आयौ’ सार्बजनिक भएको छ । गीतमा बबिना भटराईको स्वर र सङ्गीत रहेको छ । सङ्गीत संयोजन साहस शाक्यले गरेका छन् । सुनिता गीत र कविता लेखनमा निरन्तर कृयाशिल छिन ।
नकुल कार्कीले रेकर्डिङ गरेको गीतलाई प्रकाश खरेलले मिक्सिङ मास्टरिङ गरेका हुन् । स्टुडियो भर्सनको भिडियोलाई जस्केलो कृयसनले निर्माण गरेको हो । भिडियो बबिनाकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
आमाबाट प्रेरणा पाएर साहित्यमा लागेकी सुनिता बैवाहिक जीवनपछि सुस्ताएकी थिइन् । तर ७ बर्ष अघिदेखि फेरी निरन्तरता दिएकी उनको पहिलो गीत अन्तु पन्तको स्वर र राम सिटौलाको संगीतमा रेकर्ड भएको थियो । दोश्रो गीत बिष्णु अधिकारीको स्वर र संगीतमा रेकर्ड गराएकी सुनिता अहिले तेश्रो सिर्जना मार्फत दर्शक श्रोतामाझ आएकी छिन् । दर्जनौ सिर्जना डायरीमा रापजेकी छिन् । बिस्तारै सार्बजनिक गर्ने उनको तयारी छ ।