एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

इन्टरनेटको आविस्कार, सोसल मेडियाको आगमन पछि एआइ (आर्टिफ़िसल इन्टेलिजेन्स) को युग शुरुवात भएको छ। एआइको प्रयोग बढ्दै जाँदा मान्छेले गर्ने कामहरु घट्ने पक्का छ। धेरै जनाले गर्ने काम एकै जनाले वा मान्छेले गर्ने काम एआइको माध्यमबाट गर्न सकिने अवस्था आएको छ। यसै क्रममा सामाजिक संजालमा नक्कली मोडेलहरु अर्थात् एआइ सृजित मोडेलहरुको लोकप्रियता बढ्दै गएको छ।
प्राय सेलिब्रेटी, खेलाडी र सामाजिक संजालमा लोकप्रिय व्यक्तिहरुले उत्पादनहरुको बिज्ञापन गर्ने गर्छन। त्यस्तै बिभिन्न खालका सामग्री निर्माण गरेर आफ्नो बजार बिस्तार गर्छन। यस्तै काम गरेर वा बिज्ञापन गरेर मात्र बिस्वमा धेरैले आफ्नो रोजीरोटी चलाएका छन्। उनीहरुको जीविकोपार्जन यस्तै सामग्री उत्पान्दन वा बिज्ञापनले हुने गर्छ।
अब भने अन्य क्षेत्रमा जस्तै सामाजिक संजालमा पनि एआइ मोडेलहरु लोकप्रिय हुन थालेका छन्। उनीहरुले पनि मानिसले जस्तै फोटो राख्ने, उत्पादनहरुओ प्रचार गर्ने र यहाँसम्म कि ब्यतिगत मेसेज समेत गरेर मानिसहरुलाई प्रभावित गर्न थालेका छन्।
अल्टाना लोपेज यस्तै एक मोडेल हुन्। उनले साँच्चै मोडेल झैं गरेर दुइ लाख भन्दा बढी फलोवर बनाइसकेकी छिन। उनले सोसल मेडियामा आफ्ना सेल्फी र बेडरुमका समेत फोटो राख्छिन। उनले कस्मेटिक समानका उत्पादन गर्ने कम्पनिहरुलाई ट्याग गर्छिन। एउटा पोस्ट बापत कम्पनीहरुले उनलाई एक हजार डलर तिर्छन।
कम्पनीहरु बिस्तारै यस्तै मोडेलहरु तिर आकर्षित हुन थालेका छन्। यसले गर्दा उनीहरु कम खर्च र कम झन्झटमा आफ्नो सामानको बिज्ञापन गर्न सक्छन। गजबको कुरा त के छ भने यिनीहरुले बास्तविक मानव होइनन भन्ने खुलाउनु पर्ने बाध्यता भए पनि यिनीहरु नक्कली हुन् भन्ने पत्ता लगाउन भने निकै गार्हो हुन्छ। यी नक्कली मोडेलहरु प्राय अर्धनग्न हुन्छन।
यसरी नक्कली मोडेलहरुका कारण सक्कली मोडेलहरुको जागिर धरापमा पर्दैछ। बिस्तारै एआइ निर्मित अन्य कुराहरु पनि आउंदै जाँदा मानिसको काम बिस्तारै कम हुने र यसले समाजमा समस्याहरु झन् बधाउन सक्ने अनुमान गरिएको छ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907