प्रजातन्त्र र स्वतन्त्रताको कुरा गर्दा तेश्रो बिस्व मानिने नेपाल जस्ता धेरै देशका मानिसहरुले अमेरिकाको नाम लिने गर्छन । खुल्ला बजार, स्वतन्त्र व्यक्ति र आवधिक निर्बाचनहरुको उदाहरण पेश गरिन्छ । संसारभर प्रजातन्त्र र मानब अधिकारको वकालत गर्दै कतिपय देशमा सोहि कारणले सैनिक हमला समेत अमेरिकाले गर्ने भएकोले अमेरिकाको हरेक नशामा प्रजातन्त्र छ भन्ने सबैलाई लाग्नु स्वाभाविक […]
हरेक समाजमा भेट हुँदा फरक फरक तरिकाले स्वागत गरिन्छ । फरक शब्दको प्रयोग मात्र होइन शारीरिक हाउभाउ र गतिबिधि पनि फरक हुन्छन । आफ्नो अगाडीको व्यक्ति को छ भन्ने कुराले पनि स्वागत गर्ने तरिका फरक हुन्छ, हुनसक्छ । नेपाली समाज र संस्कारमा नमस्ते, नमस्कार गरेर, हात मिलाएर र खुट्टामा ढोगेर समेत स्वागत गरिन्छ । जसरी […]
हामी भन्छौं, नेपालको राजनीति विभाजित छ । चुनावका कुरा गर्दा होस् वा बिकासका कुरा गर्दा वा राजनीतिका कुरा गर्दा होस् हामी अमेरिकालाई उदाहरण दिने गर्छौं । तर बास्तवमा हेर्दा अमेरिकाको राजनीति त्यति सफा छैन । हामी नेपालका नेताहरुलाई जनताको इच्छा बिपरित मनपरी गरेको आरोप लगाउने गर्छौं । नेता भनेको त अमेरिकाका जस्तो हुनुपर्छ भन्छौं । […]
मेरो वरिपरिको चित्र सफा छैन । खोइ के कामले हो म एउटा ठुलो भवनमा गएको छु । त्यसको बाहिर थुप्रै पुराना कारहरु पार्क गरिएका छन् । त्यो भवन खुल्ला छ, ढोकाहरु देखिन्नन् । म त्यहाँ किन गएको हो, मलाई नि पत्तो छैन । भवनको तल्लो तलामा केहि कारहरु राखिएका छन् । कारको मुनिबाट पानी बाहिर […]
वासिंटन डिसी । गत जुलाईमा सर्बोच्च अदालतका न्यायाधिष एन्थोनी केनेडीले अबकास लिए पछि ब्रेट क्याभना नियुक्त गरिए । डोनाल्ड ट्रंपको कार्यकालको पहिलो दुइ बर्ष भित्रै भएको यो दोश्रो सर्बोच्च अदालतको न्यायाधिष नियुक्ति थियो । रिपब्लिकन पार्टीको उच्च तहमा रहेर कानुनी क्षेत्रमा सक्रिय क्याभनाको नियुक्तिलाई लिएर डेमोक्र्याट र प्रगतिशील विचारका पक्षधरहरु शुरु देखि नै ससंकित थिए । […]
बाबुराम भट्टराई यतिबेला अमेरिका भ्रमणमा छन् । एक पूर्व प्रधानमन्त्रिको रुपमा उनको भ्रमण नेपाली समुदायको लागि खुसीको बिषय हुनु पर्ने हो । माइतीको कुकुर पनि प्यारो भए झैं प्रबासमा बस्ने नेपालीहरुलाई नेपालबाट आउने प्राय सबै प्यारा लाग्छन । कलाकार देखि नेतासम्म सम्मान र मायाको पोको बोकेर नेपाल फर्किन्छन । पाहुनाहरुलाई कसले स्वागत गर्ने, कसले पाहुना […]
जति देशहरु बिकसित हुँदै जान्छन, त्यति नै जनताहरु काममा व्यस्त हुन्छन । व्यस्त जनतासंग चुनावमा भोट हाल्ने फुर्सद हुँदैन । कतिपय जनता राजनीति देखि वाक्क मानेर चुनावमा भोट हाल्न जाँदैनन । जुन जोगी आए पनि कानै चिरेको भन्ने उनीहरु ठान्छन । अमेरिकामा पनि हालत त्यहि छ । नेता सबै धनी मान्छे र ठुला कम्पनीहरुसंग बिकेका […]
मान्छे शंकालु प्राणी हो । सूचना र संचारको विकासले मान्छेको शंकालु बानीमा थप बल पुर्याएको छ । सामाजिक संजाल मार्फत शंका र भ्रम फैलाउन मान्छे निकै प्रयास गर्छन । व्यक्तिगत रुपमा त यो भएकै छ, भैरहने छ । संगठित रुपमा संचार माध्यम संचालन गरेर भ्रम र षड्यन्त्र फैलाउनेहरु पनि संसारमा थुप्रै छन् । अमेरिका त्यसमा […]
चीनमा सबभन्दा बढी बुद्ध धर्माबलम्बीहरु छन् । त्यसपछि ताओबाद मान्नेहरु छन् । “लाओ जु” ले प्रतिस्थापन गरेको सिद्धान्त हो ताओबाद । त्यसका करिव एक करोड बिस लाख अनुयायीहरु छन् चीनमा । त्यसपछि कन्फ्युसियस धर्म, मुस्लिम धर्म र क्रिस्चियन धर्म मान्नेहरु चीनमा छन् । यद्यपि चीन कम्युनिस्ट देश हो, हालैका दशकहरुमा चीनले धार्मिक अतिबादको सामना गर्दैछ […]
बब उडवार्डको पुस्तक “फियर, इनसाइड द व्हाइट हाउस” ले हलचल मच्चाएको २४ घण्टा नबित्दै ट्रंपको प्रशासनमा काम गर्ने उपल्लो तहका कर्मचारीको लेख न्यु योर्क टाइम्समा छापिए पछि वासिंगटन डिसीमा फेरी अर्को भुइचालो आएको छ । व्यक्तिको नाम गोप्य राखेर प्रकाशित उक्त लेखका अनुसार ट्रंप प्रशासन भित्रै ट्रंपलाइ साइजमा ल्याउन काम भैरहेको खुलासा गरिएको छ । […]