डेमोक्र्याट तर्फ ढल्किंदै टेक्सास: बेटोको पल्ला भारी हुँदै

जति देशहरु बिकसित हुँदै जान्छन, त्यति नै जनताहरु काममा व्यस्त हुन्छन । व्यस्त जनतासंग चुनावमा भोट हाल्ने फुर्सद हुँदैन । कतिपय जनता राजनीति देखि वाक्क मानेर चुनावमा भोट हाल्न जाँदैनन । जुन जोगी आए पनि कानै चिरेको भन्ने उनीहरु ठान्छन । अमेरिकामा पनि हालत त्यहि छ । नेता सबै धनी मान्छे र ठुला कम्पनीहरुसंग बिकेका हुन्छन, जुनसुकै पार्टीलाइ भोट हाले पनि हाम्रो जीवनमा केहि फरक पर्दैन भन्ने अधिकांश अमेरिकीहरुको धारणा पाइन्छ । फलस्वरूप उनीहरु मतदान जस्तो प्रजातन्त्रको सबभन्दा महत्वपूर्ण प्रक्रियामा सामेल हुँदैनन् ।
अमेरिकामा आवधिक निर्बाचन भैरहन्छन । स्थानीय सरकार, राज्य सरकार र संघीय सरकार लगायत स्कुल र अन्य अंगहरुमा समेत निर्बाचन भैरहन्छ । स्थानीय निर्बाचनहरुमा भोट निकै कम खस्ने गर्छ । सबभन्दा बढी भोट खस्ने भनेको रास्ट्रपतिको निर्बाचनमा हो । तर सबभन्दा बढी भोट खस्ने यो बेलामा पनि आधा मात्र मतदाताले मतदान गर्छन । २०१६ रास्ट्रपतिय निर्बाचन जसलाई धेरै भोट खसेको मानिन्छ, त्यसमा पनि जम्मा ५८ प्रतिशत मतदान भएको थियो । मध्यावधि निर्बाचनहरुमा पनि निकै कमले मतदान गर्ने गर्छन । पार्टीका आन्तरिक निर्बाचनमा त झन् दयालाग्दो अवस्था हुन्छ । लाख भन्दा बढी मतदाता भएको ठाउँहरुमा केहि हजार मात्र ल्याएर उम्मेदवारहरुले जित्ने गर्छन ।

Analysis: Lekhnath Gautam

यतिबेला अमेरिका फेरी निर्बाचनको संघारमा छ । हरेक दुइ दुइ बर्षको कार्यकाल रहने प्रतिनिधिसभाका ४३५ र सिनेटका ३३ वटा सिटहरुमा आउँदो नोभेम्बर ६ मा निर्बाचन हुँदैछ । उम्मेदवारहरु जनतासंग गैरहेका छन् । पछिल्ला सर्भेक्षणहरुले देखाए अनुसार प्रतिनिधिसभामा डेमोक्र्याटहरुले जित्ने सम्भावना अधिक छ । सिनेटमा पनि केहि निर्बाचनहरु निकै चाखलाग्दा देखिएका छन् । टेक्सासमा टेड क्रुजलाइ बेटो ओ’राउर्केले टक्कर दिंदै छन् । सजिलै जित्ने गरेको यो सिटमा टेड क्रुजलाई सहायता गर्न अर्को महिना रास्ट्रपति ट्रंप टेक्सास आउंदै छन् ।

अमेरिकामा रहेका दुइ मुख्य पार्टीहरुका आफ्नै मुद्धाहरु छन् । रिपब्लिकन पार्टीलाई कन्जरभेटिभ अर्थात् बढी परम्पराबादी पार्टीको रुपमा हेरिन्छ भने डेमोक्र्याट पार्टीलाइ अलि उदार । आप्रबासीहरु बारे डेमोक्र्याट पार्टी बढी लचिलो छ । आप्रबासीहरु पनि डेमोक्र्याट पार्टी प्रति बढी झुकाव राख्ने गर्छन । २०१२ मा २९०० जना बिदेसमा जन्मेका भोट हाल्ने अधिकार प्राप्त गरेका अमेरिकीहरुमा गरिएको सर्भेक्षणमा करिव ६२ प्रतिशत डेमोक्र्याट पार्टीका सदस्य थिए भने जम्मा २५ प्रतिशत रिपब्लिकन र १३ प्रतिसत स्वतन्त्र थिए । पछिल्ला ३० बर्षका हरेक सर्भेक्षणहरुले आप्रबासीहरु अधिकांश डेमोक्र्याट पार्टी प्रति झुकाव राख्ने गरेको देखाएका छन् । आप्रबासीहरुको संख्या भोटर लिस्टमा बढ्दै जाँदा रिपब्लिकन पार्टीको एउटा पक्ष आप्रबासीहरुको नजिक हुन खोजे पनि अधिकांशले भने आप्रबासीहरुलाई मन पराउदैनन ।
२०१६ को निर्बाचनमा डोनाल्ड ट्रंपले जित्नुको मुख्य कारण उनको आप्रबासीहरुमाथिको अनुदार रबैया नै थियो । उनले मेक्सिकोको सीमामा पर्खाल लगाउने र त्यसको खर्च मेक्सिकोले नै तिर्ने भन्ने नारा निकै चर्चित थियो । त्यस्तै मुसलमानहरुलाई अमेरिका प्रवेशमा रोक लगाउने ट्रंपको अर्को नाराले रिपब्लिकन पार्टीको मुख्य आधारलाई चुनावमा आकर्षित गरेको थियो । शुषुप्त अबस्थामा बसेको अति दक्षिणपन्थी धार तथा गोराहरुको आधिपत्य चाहने अर्को तप्काले चुनावमा हिलारीलाई हराउन ठुलो भूमिका खेले ।

आउँदो नोभेम्बरमा वर्तमान टेक्सास सिनेटर टेड क्रुजको कार्यकाल समाप्ति संगै अर्को कार्यकालको लागि निर्बाचन हुँदैछ । टेक्सास केहि समय देखि डेमोक्र्याट पार्टी तिर ढल्किन लागेको महसुस गरिंदैछ । टेक्सासमा रहेका २५४ वटा काउन्टीहरु सबैमा डेमोक्र्याट पार्टीको तर्फबाट प्रत्यासी रहेका बेटो पुगेर भोटको लागि अपिल गरिसकेका छन् । अर्को तिर टेड क्रुज आफ्नै बुवा र श्रीमतीको अपमान गर्ने डोनाल्ड ट्रंपलाइ चुनावी भाषण गर्न टेक्सास बोलाएर गणेशले जस्तै छोटो बाटोबाट विजय हाँसिल गर्ने दाउ गर्दैछन । तर डेमोक्र्याट भित्रको उत्साह हेर्दा टेक्सासमा बेटो निर्बाचित हुने आंकलन गरिएको छ ।

Jeromy Sims

२०१० को जनगणनामा ७०% गोराहरुको संख्या भए पनि २०१८ सम्म आइपुग्दा यो गणितमा ठुलो परिवर्तन आइसकेको छ । आन्तरिक बसाईसराइ देखि आप्रबासीहरुको लागि सस्तो र सजिलो ठाउं भएकोले टेक्सास बिस्तारै डेमोक्र्याट पार्टीको लागि सजिलो हुँदै गएको छ । अलिकति मिहिनेत गर्ने हो भने अब टेक्सास डेमोक्र्याटहरुको पकडमा आउँछ भन्ने बुझेर नै ९१ डिस्ट्रिक्टका लागि डेमोक्र्याट उम्मेदवार जेरोमी सिम्सले एक बिज्ञप्ति जारी गर्दै अमेरिकी नागरिक भैसकेका आप्रबासीहरुलाई मतदाताको रुपमा दर्ता गर्न अनुरोध गरेका छन् ।
उनले बक्तव्यमा नागरिक भैसके पछि सबै अमेरिकी भैसकेकोले मतदान गरेर अमेरिकी प्रजान्त्रको अभ्यास गर्न अनुरोध गरेका छन् । आप्रबासीहरुको दुख बुझ्ने र उनीहरुको प्रतिनिधित्व गर्नेहरुलाई मतदान गर्न अनुरोध गर्दै सकेसम्म धेरै आफ्ना साथीभाईहरुलाई यो प्रक्रियामा सहभागी हुन प्रेरित गर्न समेत उनले आव्ह्वान गर्नेका छन् ।

 

 

 

 

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907