उइघुर अल्पसंख्यक मुसलमान बिरुद्ध चीनको कारबाही: आतंकबाद बिरोधी कि पहिचान ?

चीनमा सबभन्दा बढी बुद्ध धर्माबलम्बीहरु छन् । त्यसपछि ताओबाद मान्नेहरु छन् । “लाओ जु” ले प्रतिस्थापन गरेको सिद्धान्त हो ताओबाद । त्यसका करिव एक करोड बिस लाख अनुयायीहरु छन् चीनमा । त्यसपछि कन्फ्युसियस धर्म, मुस्लिम धर्म र क्रिस्चियन धर्म मान्नेहरु चीनमा छन् । यद्यपि चीन कम्युनिस्ट देश हो, हालैका दशकहरुमा चीनले धार्मिक अतिबादको सामना गर्दैछ । कट्टरपन्थी मुसलमान यतिबेला चीनको टाउको दुखाइ बनेका छन् । चीनको सुदुर पश्चिम क्षेत्रमा रहेका अल्पसंख्यक उइघुर मुस्लिम समुदायलाई कसरी अतिबादी विचारबाट अलग गर्न सकिन्छ भन्ने चीनको लक्ष रहेको छ ।
चीनको सुदुर पश्चिमी प्रान्त जिन्जियांगको करिव २४ लाख जनसंख्यामा आधाभन्दा बढी  उइघुर समुदायको बसोबास छ । २००९ मा त्यहाँको हान समुदाय र उइघुर बिचको हिंस्रक झडपमा १९७ जना मारिएका थिए जसमा अधिकांश हान समुदायका थिए । त्यसपछि चीनको केन्द्रिय सरकारले त्यहाँ बढी ध्यान दिन थाल्यो । चीनका अधिकारीहरु त्यसपछि चीनले लिएका निती र उइघान बिरुद्ध चालिएका कदमहरुले उक्त प्रान्तलाइ “चीनको सिरिया” हुन बाट जोगाएको तर्क गर्छन ।


२०१२ चीनमा जी जिनपिङ्ग सत्तामा आएपछि उइघुर समुदाय र क्रिस्चियन समुदायको बिरुद्ध अभियान चलाइएको राष्ट्रसंघले दावी गरेको छ । यतिबेला लाखौँको संख्यामा रहेका उइघुर र क्रिस्चियन समुदायका व्यक्तिहरुलाई “बिशेष कक्षा” मा सहभागी हुन बाध्य बनाइएको छ । यसको उद्देश्य उनीहरुलाई मुसलमान वा क्रिस्चियन धर्म छोड्न प्रेरित गरिन्छ । धेरै लामो दाह्री पाल्न र सार्बजनिक क्षेत्रमा बुर्का लगाउन प्रतिबन्धित छ । अधिकारबादीहरुले यसलाई मानव अधिकारको उल्लङ्घन भने पनि चीनले यसलाई अतिबादी चिन्तन बिरुद्धको कारबाही भनेको छ ।

तर त्यस्ता कक्षाहरुमा सहभागीहरुले त्यो “अतिबादी” बिरुद्धको कक्षा नभएर उइघुरको पहिचान बिरुद्धको कक्षा भएको बताउँछन् ।
२०१४ मा उत्कर्षमा पुगेको सरकार बिरोधी हिंसात्मक आन्दोलनले चीनलाइ झन् बढी झस्कायो । त्यसपछि उइघुर बिरुद्धको कारबाही झन् तिब्र पारियो । चीन सरकारले यसलाई सुधार अभियान भनेको छ जसमा उनीहरुलाई चिनिया कम्युनिस्ट पार्टीको सदस्य हुन लगाइन्छ ।

(AP Photo/Ng Han Guan)

यतिबेला चीनको जिनजियाङ्ग प्रान्तमा अरबौं डलर खर्च गरेर उइघरहरुलाई आतंकबादी हुन बाट रोक्न ठुलो संरचना संचालित छ । हरेक ठाउंमा निरिक्षण क्यामेराहरू राखिएका छन् । यहाँ सम्म कि कतिपय शंकास्पदको घरमा समेत क्यामेरा राखिएका छन् । उनीहरुलाई किताव पढ्न र सार्बजनिक रुपमा पुजा गर्न प्रतिबद्ध लगाइएको छ । उइघर समुदायको पहिचान सम्बन्धित कुनै पुस्तक पढ्न त्यहाँ पाइदैन । महिनौ सम्म बिना कुनै आरोप प्रहरीको कब्जामा राख्ने गरिन्छ । यसले उइघर समुदाय पहिचानबिहिन हुने अबस्थामा पुगेको छ । उनीहरु बिस्तारै चीनबाट पलायन हुँदैछन् ।

Analysis: Lekhnath Gautam

बिस्वब्यापी रुपमा बढ्दो आतंकबादले चीनलाइ पनि आक्रान्त पार्न शुरु गरिसकेको थियो । २००९ र २०१४ का सरकार बिरोधी आन्दोलन र हिंसामा धेरैको ज्यान गए पछि चीनले कडा निती अनुसरण गरेको देखिन्छ । चीनले यो सबैलाई चिनियाहरुको आतंकबादी यात्रा रोक्ने अभियान भनेको छ । यसलाई जुनसुकै रंगमा मलजल गरे पनि अन्त्यमा यसले चीनलाई आक्रान्त पार्न सक्छ भनेर चालिएको कदम भन्दै अन्तररास्ट्रीय मंचहरुमा आफ्नो बचाउ गर्दै आएको छ ।

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907