संवादको माध्यम र नेपाली भाषा माथिको मनपरी

मेरो वरिपरिको चित्र सफा छैन । खोइ के कामले हो म एउटा ठुलो भवनमा गएको छु । त्यसको बाहिर थुप्रै पुराना कारहरु पार्क गरिएका छन् । त्यो भवन खुल्ला छ, ढोकाहरु देखिन्नन् । म त्यहाँ किन गएको हो, मलाई नि पत्तो छैन । भवनको तल्लो तलामा केहि कारहरु राखिएका छन् । कारको मुनिबाट पानी बाहिर बगिरहेको छ । उक्त भवनको अर्को पट्टि पनि अर्को ठुलो भवन छ तर बिचमा जमिन खालि छ, त्यहाँ पनि गाडीहरु राखिएका छन् ।

म भवन भित्र किन गएँ, के गरें मलाई थाहा छैन, बाहिर निस्केको मात्र याद छ । म भवनको बाहिर निस्किन्छु । मेरो गाडी केहि पर पार्किङ्ग गरेको छु । गाडी तर्फ हिंडेर जाँदै गर्दा बिचमा एउटा दृश्य देखिन्छ । दृस्यमा एउटा भारतीय नागरिक केहि काम गरिरहेको देखिन्छ । मलाई त्यो बाटो हिंडिरहेको देखे पछि उसले मलाई सोध्छ ” भाई कैसे हो ?” म रोकिन्छु । मैले हिन्दी नबुझे जस्तो गरेर उसलाई अंग्रेजीमा “के भनेको” भनेर सोध्छु । उसले अंग्रेजीमा कुरा शुरु गर्छ ।
कुराकानीको क्रममा मैले उसलाई आफु नेपालबाट आएको कुरा सुनाउँछु । उसले आफु भारतबाट आएको बताउँछ । कुराकानीको क्रममा हिन्दी भाषा र नेपाली भाषाको कुरा हुन्छ । उसले भारतमा नरेन्द्र मोदी आए पछि हिन्दी भाषाको विकासमा भएको प्रगति सगर्व सुनाउँछ । दक्षिण एसिया लगायत संसारभर फैलिंदै गएको हिन्दी भाषाको प्रभावले उ हर्षित भएको कुरा व्यक्त गर्छ । त्यसपछि म तिर फर्केर सोध्छ, नेपाली भाषाको के हुदैछ ?

भारतीय नागरिकको प्रश्नले म गम्भीर हुन्छु । मेरो आँखाबाट आँसु आउन थाल्छन । तर म उसलाई आँसु लुकाएर केहि कुरा गर्छु । नेपालीहरुलाई आफ्नो भाषाको संरक्षण र सम्बर्धन गर्न चासो त्यति नभएको कुरा व्यक्त गर्छु । नेपालीहरुका छोराछोरीहरु आज कसरी प्रबासमा नेपाली भाषा प्रति उदासिन हुँदैछन् भनेर उसलाई मैले भन्छु । आँसु पुछ्दै उक्त व्यक्ति संग बिदा हुँदै गर्दा मेरो निद्रा भंग हुन्छ । म सपनाबाट बास्तविक जीवनमा आइपुग्छु ।


यो कुनै काल्पनिक कथा होइन, मैले देखेको सपना हो । त्यस्तो सपना किन देखें, मलाई पनि थाहा छैन । अघिल्लो दिन मैले यसबारेमा केहि सोंचेको पनि थिइन । साथीभाईहरुका बालबच्चाहरुले नेपालीमा नबोली अंग्रेजीमा बोलेको सुन्दा उनीहरुलाई “नेपालीमा बोल म अंग्रेजी बुझ्दिन”भनेर भन्ने गर्छु । आफ्ना साथीभाईहरुलाई “अमेरिका बसे पछि अंग्रेजी त त्यसै सिकिहाल्छन नि नेपाली सिकाउनु पर्छ” पनि भन्ने गरेको छु” । सकेसम्म आफ्नो कुराकानीमा अंग्रेजी नघुसाइ बोल्ने प्रयत्न गर्छु । त्यसबाहेक नेपाली भाषाको बारेमा “चिन्ता” मैले लिएको छैन । खोइ कसरी यो सपना आयो मलाई पनि थाहा छैन । तर सपना पछि भने मैले नेपाली भाषाको प्रयोगमा भएका लापरबाहीको अलिकति चिन्तन गरें ।

नेपाली होस् वा अंग्रेजी भाषा संवादको माध्यम हो । यो तपाईंका कुरा अरुलाई र अरुका कुरा तपाईंले बुझ्ने मध्यम हो । भाषाको ज्ञानले अर्को आफुसंग सम्बाद गरिरहेको व्यक्तिको भावना र भनाइ बुझ्न सजिलो हुन्छ । तर अरुका कुरा बुझ्न भाषा नै जान्न जरुरी छैन । हाउभाउ वा अन्य तरिकाले पनि आफ्ना कुरा अरुलाई बुझाउन सकिन्छ । अहिलेको संसारमा दृस्टीबिहिन र सुन्न नसक्नेहरुको लागि पनि भाषाको विकास गरिसकिएको छ । कुनै पनि भाषा जान्नु नै योग्यताको कडी होइन । तपाईंसंग ज्ञानको भण्डार छ भने अहिलेको दुनियाँमा त्यो ज्ञान जुनसुकै भाषामा पनि अनुबाद हुनसक्छ । तपाईंले नै ती सबै भाषाहरु जान्न जरुरी छैन ।

विचार:लेखनाथ गौतम

रेडियो, टेलिभिजन र अन्य संचार माध्यमहरुमा नेपाली कार्यक्रमहरु संचालन हुन्छन । ती कार्यक्रमहरु नेपाली भाषाका भनिए पनि आधा भन्दा बढी अंग्रेजी भाषा प्रयोग गरिन्छ । प्रविधिको बिस्वब्यापिकरण संगै उत्पन्न भएका नयाँ शब्दहरुको भण्डार नेपाली शब्दकोषमा छैन । त्यस्ता कुराहरु अंग्रेजीमा प्रयोग गर्नु बाध्यता नै हो । तर सजिलै उपलब्ध शब्दहरु पनि प्रयोग नगरी अंग्रेजी भाषाको प्रयोग गर्ने चलन ब्यापक छ । यहाँ सम्म कि नेपाली भाषाको गीत गाउने गायक, कविता भन्ने कवीले पनि त्यो गीत वा कविता मात्र नेपालीमा भन्ने तर त्यसको अगाडी पछाडी अंग्रेजीमा भट्भटाउने चलन बढ्दै छ । यसले भाषा बिगार्ने गर्छ, बनाउँदैन ।
प्रबासमा त बिदेसी भाषाले पक्कै असर गर्ने नै भयो । किनभने उनीहरु अर्को भाषा बोल्न बाध्य हुन्छन । तर नेपालमा भने त्यस्तो अवस्था छैन । टेलिभिजन कार्यक्रम चलाउनेहरु, रेडियो कार्यक्रम चलाउनेहरु र नेपाली भाषाका गीत गाउनेहरु भाषा प्रति अलि संबेदनसिल हुने हो भने पक्कै नेपाली भाषाको दोहन कम हुने थियो । आफ्नो अगाडी उपस्थित दर्शक वा श्रोताहरुले कुन भाषामा राम्रोसंग कुरा बुझ्छन भन्ने ख्याल गर्नु मुख्य कुरा हो । यदि उनीहरुले अंग्रेजीमा भन्दा राम्रोसंग बुझ्छन भने अंग्रेजीमा र नेपालीमा बुझ्छन भने नेपालीमा नै बोल्नु उपयुक्त हुन्छ । नेपाली भाषी दर्शकहरु भएको ठाउँमा अनाबस्यक रुपमा जताततै अंग्रेजी मिसाउनु भन्दा सकेसम्म नेपालीमै बोल्नु राम्रो हुन्छ । नेपाली नजान्नेहरुको हकमा त यो लागु हुन्दैन तर नेपाली जानीजानी अंग्रेजी मिसाएर भाषालाई बिगार्नु राम्रो होइन ।

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907