बिचार-ब्लग

बेरोजगारीले विदेश धकेलिंदै युबाहरु

नेपाल बेरोजगारिको चक्रमा फसेको लामो समय भैसकेको छ । नेपाल गहिरो संकटको भुमरीमा फसिसकेको भान हुँदैछ। राज्यको रोजगारी श्रीजना गर्नुपर्ने जिम्मेबारी हो। देश निर्माणमा लगाउनुपर्ने युवालाई राज्यबाटनै विदेश पलायन हुन बाध्य पारिदैछ। कुनै रहर र लहड नभै आफ्नो र परिवारको पेट पाल्न लाखौं युवा विदेसिनेक्रमलाई गहिरियर हेर्दा निकै भाबुक हुन परेको छ । म आफु […]


अन्तिम अमेरिकी रास्ट्रपतिय बहस: ट्रंपको लागि प्रलयकारी साबित

हिजो अक्टोबर १९ बुधबार फक्स न्युज रास्ट्रपतिय बहस लस भेगसमा सम्पन्न भयो। डेमोक्रेटिक पार्टीको तर्फबाट हिलारी क्लिन्टन र रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रंपले भाग लिए। दुवै पक्षले आफ्ना एजेन्डाहरु प्रस्तुत गर्दै बिपक्षिका एजेन्डाले कसरि मुलुक बर्बाद हुन्छ भनेर तर्क राखे। शुरुमा दुवै जना शान्त देखिए पनि बिस्तारै माहोल तातिन थाल्यो। डोनाल्ड ट्रंपले हिलारीलाइ फोहोरी आइमाई भनेर […]


कांग्रेस नेतृत्वको मौनता: जनसम्पर्क समितिहरुमा भाँडभैलो

योगेन्द्र गौतम —नेपाली कांग्रेसको भातृसंगठन नेपाली जन सम्पर्क समिति को स्थापना सन १९७६ जुन १३ को दिन भारत को मुम्बईमा जन नायक बि पी कोइरालाबाट गरिएको हो । संस्थापक अध्यक्ष अछाम जिल्लाका के एस रावल नेतृत्वमा गठन भएको नेपाली जनसम्पर्क समिति भारत बिस्तारै मुम्बई देखी भारत का हरेक राज्यहरुमा पनि बिस्तार हुँदैगयो । चन्दिगढ ,दिल्ली , […]


सडक दुर्घटना नियमित घटना जस्तै

सडक यातायात नेपालीलाई विकल्पहिन विकल्प हो । जलमार्गको सम्भावना नभएको, रेल मार्गको विस्तार भै नसकेको र हवाई मार्ग अधिकांश नेपालीको पहुंच बाहिर रहेकाले सडक यातायात एक मात्र भरपर्दो यात्राको माध्यम हो । सडक यातायात असुरक्षित बन्दै गईरहेको छ, सडक दुर्घटना र दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या ह्वात्तै बढेको छ । यात्रुहरु अपांङ्ग भएर बांच्न बाध्य छन, धनको […]


हामी सक्छौं, हामी गर्छौं विकास भनेको जनताको स्वाभिमान र जागरणको जगमा मात्र सम्भव छ ।

– लीलामणि पौड्याल / वाग्मती सफाइ महाअभियान एउटा समृद्ध नेपाल नेपालीले बनाउने परिकल्पनाको जगमा सुरु भएको हो, ०६९ मंसिरमा । सरकारले नयाँ नेपालको निर्माण अभियानका रूपमा १० लाख स्वयंसेवक परिचालन गर्ने एउटा कार्यविधि सार्वजनिक गर्‍यो । नयाँ नेपाल निर्माण कोषमा मन्त्रिपरिषद्का सदस्य र सचिवहरूले ३ देखि १५ दिनसम्मको तलब जम्मा गरे । १० लाख स्वयंसेवक […]


दिल्लीधामका तीर्थयात्री

 – लेखनाथ पौड्याल / प्रधानमन्त्री दाहालले मुलुकको सम्प्रभुता, आन्तरिक र अन्तर्राष्ट्रिय मामिलामा आत्मनिर्णयको अधिकारसँगै अन्तर्राष्ट्रिय जगतमा हाम्रो हैसियतलाई कुण्ठित गर्ने प्रसाद चढाए, दिल्लीधाममा। प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारोहण गरेको एक महीनामा गरेको भारत भ्रमणलाई दिल्लीले ‘राजकीय भ्रमण’ को दर्जा दियो। ‘भारतीय विस्तारवाद’ विरुद्धको ‘सुरुङ्ग–युद्ध’ को नेतृत्व गरेका र विदेश भ्रमणमा दक्षिण जाने परम्परा तोडेका ‘क्रान्तिकारी प्रचण्ड’ […]


डलरको अभर पर्यटक आगमनमा कमी र अवैध कारोबारका कारण अमेरिकी डलर अभाव- सुरेशराज न्यौपाने

  पुल्चोकस्थित नेपाल इन्भेस्टमेन्ट बैंकको शाखाका कर्मचारीलाई ‘अमेरिकी डलर पाइन्छ ?’ भनी प्रश्न गर्दा हात जोड्दै जवाफ दिए, “अरू जेसुकै कुरा भन्नूस्, डलर नमाग्नुस् । यही कारणले आफन्तहरूसँग बोलचाल नै बन्द हुन थालिसक्यो ।” तीन महिनायता नेपालको वित्तीय क्षेत्रमा विद्यमान डलर संकट जान्न माथिको जवाफ नै पर्याप्त छ । विदेश जानेहरू डलर संकट बेहोर्न बाध्य […]


बलुचिस्तानका बाछिटा– अरुण सुवेदी

मोदीले बलुचिस्तान मुद्दा अगाडि ल्याएका छन् । यो यस्तो मुद्दा हो, जसप्रति ‘एसर्टिभ’ हुनु ने पाललाई खुत्रुक्कै पार्नुबराबर हुनेछ । यो धान्नै नसक्ने धरापमा नेपाल पर्ने सम्भावना टड्कारो छ । मित्रराष्ट्र भारतको यसपटकको स्वतन्त्रता दिवस अर्थात् १५ अगस्त दक्षिण एसियाली राजनीतिमा मात्र नभएर विश्व राजनीतिमा समेत सघन तरंग पैदा गर्ने किसिमले आयो । दिल्लीमा लालकिलाको प्राचीरबाट […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907