बेरोजगारीले विदेश धकेलिंदै युबाहरु
नेपाल बेरोजगारिको चक्रमा फसेको लामो समय भैसकेको छ । नेपाल गहिरो संकटको भुमरीमा फसिसकेको भान हुँदैछ। राज्यको रोजगारी श्रीजना गर्नुपर्ने जिम्मेबारी हो। देश निर्माणमा लगाउनुपर्ने युवालाई राज्यबाटनै विदेश पलायन हुन बाध्य पारिदैछ। कुनै रहर र लहड नभै आफ्नो र परिवारको पेट पाल्न लाखौं युवा विदेसिनेक्रमलाई गहिरियर हेर्दा निकै भाबुक हुन परेको छ । म आफु पनि बिदेशमै छु भलै रोजगरिको लागि बिदेसियको नभयपनी । मजस्ता बिस्वबिध्यालको उच्च सैक्षिक योग्यता भयका लाखौँ युबाहरु अमेरिका, युरोप, अस्ट्रेलिय लगायतका देशमा छरियका छन ।
अर्कातिर नेपालमा रहेका युबहरुलाई सामाजिक सञ्जालमा देखिने सफा र सुन्दर ठाँउ, लोभलाग्दा पहिरन, अग्लाअग्ला महल र चिल्ला सडकमा खिचिएका तस्बिर, अनि आर्कषक कमाइको कुराले बिदेशी मोहले लोभ्याउँछ। मेरो बुझाईमा आप्रबासिका लागि जुनसुकै बिदेसी मुलुक जती लोभ लाग्दो छ भोगाइ र व्यवहारमा त्यति शहज छैन । नेपाल जस्ता बिकासोन्मुख मुलुकका युवाका लागि रोजगारीको उत्कृष्ट गन्तव्य बनेका कोरिय, दुबै, कटार, मलेसिय, जापान, युरोप अमेरिकामा भोगाइ फरक छ ।
नेपालको अस्थिर राजनीतिबाट निरास भइ आफ्नो र परिवारको भविश्यप्रति चिन्तीत नेपाली युवा जमातहरु बिदेशी भूमीमा एक लक्ष्यहिन दिशामा आफ्नो यौवन लुटाउँदै छन। देशका लागि केही गरौं भन्ने भावना बोक्ने अगुवा युवासमेत विवदेश पलायनको क्रम सुरु भएको छ। विद्यार्थी, पत्रकार्, शिक्षक वा ईमान्दार प्रशासक बर्तमान नेपालको अस्तिरताबाट वाक्क र दिक्क भएका छन्। बिदेशिने शाहज बाटो कुरेरर बसेका छन ।
कतिपय मानिसहरु सदा अमेरिकाको रमझाम नाचिरहनछन तर बिबिध कारणले अमेरिका छिर्न सकेका छैन, त्यस्तै राजनीतिको स्वाद चाख्न पल्केकाहरूको समूहले खिसी गर्दै भन्छ- हेर त फलानो अमेरिका, युरोप पलायन भयो! फलानो त्यो इज्जत फ्याली खाडीमा किन गएको होला? तर कहिलै हामीले देश बनाउनु पर्छ, रोजगारिको बातावरण बनाउनु पर्छ भनेका छैनन, त्यता तिर लागेका छैन्न । अबसर आय बिदेसिने पूर्ण तयारीका साथबसेका छन ।
नेपालमा राजनीति धेरै भयो । जनतालाई प्रत्यक्ष सेवा दिनुपर्ने निजामती क्षेत्र, बिस्व बिदद्यालय, क्यमपस स्कुल, जतातै राजनीति थोपर्ने यो मुलुकका राजनीतिक नेताहरु जनताहरू प्रति अलिकती पनि उत्तरदायी र जिम्मेवार भएको महसुस कहिले पनि नेपाली जनताले गर्न सकेका छैन। राजनीतिक दल र यसका नेताहरुको कृयाकलापलाई हेर्दा लाग्छ यस देशका जनता रैती र नेताहरु मुखिया सरह भएका छन् । जनता र नेता बिचको यो दुरीले जनवादको खिल्ली उढाएको भान ।
लाखौँ नेपाली युवा कि त खाडी मुलुकमा आफ्नो रगत र पसिना कौडीको मोलमा बेचिरहेका छन् कि त अमेरिका, क्यानाडा, अस्ट्रेलियाजस्ता मुलुकको लागि डिभी र पीआरको सपना बुन्दै त्यसको लागि फारम भर्न व्यस्त छन् । देश विकासको मेरुदण्डको रूपमा रहेका युवाशक्तिलाई नेपालमा सही रूपमा परिचालन गर्न सकिएको छैन । देशमा व्याप्त महँगी, भ्रष्टाचार, बेरोजगारी, राजनीतिक अस्थिरता, द्वन्द्व, लागानीमैत्री वातावारणको अभावजस्ता कारणले दैनिक १२ सय देखि १५ सय युवा बिदेसिने गरेको तथ्यांकले देखाउँछ । यसको अलावा बेरोजगारीकै कारणले लागूपदार्थ दुव्र्यसनी तथा विभिन्न आपराधिक गतिविधिमा युवा संलग्न हुने गरेको पाइएको छ ।
नेपालमा बर्सेनि पाँच लाख पचास हजार युवा श्रम बजारमा थपिन्छन् र तीमध्ये चार लाख पचास हजार युवा रोजगारीका लागि बिदेसिन्छन् । हाल ५० लाखभन्दा बढी नेपाली युवा रोजगारीका लागि बिदेसिएको अनुमान छ । यो तथ्यान्क भारत र अन्यमुलुकमा गैरकानुनी तवरले बिदेसिएका युबा बाहेकको हो । देशमा रहेका अधिकांश युबा अदक्ष वा अर्धदक्ष छन् । विभिन्न शिक्षण संस्थामा अध्ययन गरिरहेका अधिकांश युबा उच्च शिक्षा हाँसिल गरेर बिदेसिन लालायित देखिन्छन् । उनीहरू विदेश जानकै लागि पढेको जस्तो देखिन्छ ।
यकहजार पदको एउटा प्राबी शिक्षेकको विज्ञापनमा देशभरबाट एक लाख २५ हजार भन्दा बढी एस् ल सि, चालिस जना प्रमाणपत्र देखि स्नातकोत्तर तह उत्तीर्ण शिक्षित युवाले आवेदन फारम भर्छन । इपीएस प्रणालीअन्तर्गत करिब छ हजार कोटाको कोरियन भाषा परीक्षामा ६० हजारको हाराहारीमा आवेदन पर्ने गर्छ । राहदानी लिनेको भीड देख्दा देशमा ठूलै गृहयुद्ध चलिरेको छ र नेपाली जनता छिटोभन्दा छिटो देश छाड्न चाहन्छन् भन्ने आभास प्रतीत हुन्छ । यस्ले आम मानिसलाई अतेन्त पिडा हुन्छ तर नेता र नेत्रित्व बर्गले आँखामा पट्टीबाँधेर बसेको छ ।
बढ्दो राजनीतिक अस्थिरता, असहिष्णु राजनीतिक संस्कार, राजनीतिमा युवा पुस्ताको न्यून सहभागिता, न्यून रोजगारीका अवसर, भ्रष्टाचार, कानुनको सर्वोच्चताको अभाव, सुशासनको अभाव, प्रक्रियामुखी प्रशासन, व्यावहारिक तथा व्यवासायिक शिक्षाको अभाव, राज्यले सामाजिक सुरक्षाको प्रत्याभूति दिन नसक्नु, लगानीमैत्री वातावारणको अभाव, श्रमको सम्मानको अभावजस्ता कारणले गर्दा युवा देश छाड्न बाध्य छन् । पढे लेखेका, सरकारी जागिर खाएका तथा दक्ष जनशक्तिले समेत स्वदेशमा भविष्य देख्न नसक्दा प्रतिभा पलायनको समस्या बढ्दो छ । देशमा हत्या हिंसा, लुटपाट, अपहरण, आपराधिक तथा आतंककारी गतिविधि बढ्दा राज्य नै असफल हुने सम्भावनालाई पनि नकार्न सकिँदैन । बढ्दो बेरोजगारी समस्यालाई समयमै सम्बोधन गर्न युवा लक्षित ठोस योजना ल्याउनुपर्छ ।
नेत्रित्व बर्गका बेतिथिबीच देश भित्र केही गरौं भन्ने युवाहरु निरन्तर लागिपरेका छन । तर सरकार, नेताका यस्ता गैर जिम्मेबार कारणका अगाडि उनिहरु निरिह समान भएका छन्। सबै थकित र भविस्यप्रती चिन्तित देखिन्छन्। युवा शक्ति भनेको देश निर्माणको मेरुदन्ड हुन्छन्। यिनीहरुनै भोलिको देशका नेता सासक प्रसाशक हुन । जबसम्म युवाहरुको चेतनाको विकासमा लगानी गरिदैन तबसम्म वर्तमान परम्परावादी सोच, विचार र राजनीतिलाई परिवर्तन गरी देश विकास गर्न सम्भब देखिदैन। अब गहिरिय सोच्नुज पर्ने भको छ सरकार नेत्रित्व सबैले उत्तर खोज्नु पर्ने भयको छ; कहिलेसम्म विदेशमा श्रम गरेर यी युवा पुस्ताले आफ्नो जवानी लुटाउने? वर्तमान अवस्थाको बिकराल्ताबाट जनताले कहिले उन्मुक्ती पाउने? नेपाली युबाहरुले कहिले आफनो जन्मभुमी प्रती गर्ब गर्ने अबस्थाको श्रीजना गर्ने ?
सुरेन्द्र रेग्मी
टेक्सास अमेरिका