ब्रेट क्याभनाको पृष्ठभूमि फेरी जाँचिने: नियुक्ति माथिको भोटिंग एक हप्ता सर्यो

हामी भन्छौं, नेपालको राजनीति विभाजित छ । चुनावका कुरा गर्दा होस् वा बिकासका कुरा गर्दा वा राजनीतिका कुरा गर्दा होस् हामी अमेरिकालाई उदाहरण दिने गर्छौं । तर बास्तवमा हेर्दा अमेरिकाको राजनीति त्यति सफा छैन । हामी नेपालका नेताहरुलाई जनताको इच्छा बिपरित मनपरी गरेको आरोप लगाउने गर्छौं । नेता भनेको त अमेरिकाका जस्तो हुनुपर्छ भन्छौं । तर अमेरिकाका अधिकांश राजनीतिज्ञहरु जनताको इच्छा अनुसार होइन, चन्दादाताहरुको इच्छा अनुसार नीति नियम बनाउछन । यहाँका दुइ राजनीतिक दलहरु बीच गहिरो खाडल छ । संसदमा ठुलो महत्वका प्रस्तावहरु जानै सक्दैनन् । गए भने पनि पास हुन सक्दैनन् ।


उदाहरणको लागि यतिबेला सर्बोच्च अदालतका न्यायाधिश नियुक्तिको लागि सिनेटमा छलफल चलेको छ । त्यसभित्रको राजनीति हेर्ने हो भने आस्चर्यलाग्दो छ । प्रस्तावित गरिएका व्यक्ति ब्रेट क्याभनाको नियुक्ति सिनेटले पास गर्नै लाग्दा उनी माथि यौन हिंसा गरेको आरोप लाग्यो । करिव ३६ बर्ष अघि भएको भनिएको उक्त घटनामा क्याभनाले आफु संलग्न नभएको भन्दै स्पस्ट शब्दमा अस्विकार गरे । आरोपित र आरोपी बीच करिव १० घण्टा सिनेटरहरुले प्रश्न गरे । तर दुवै जनाले आफ्नो तर्क पेश गरे । सिनेटरहरु निर्णयमा पुग्न सकेनन । पार्टी लाइनमा स्पस्ट विभाजित सिनेटरहरु आफ्नो भोट परिबर्तन गर्ने अबस्थामा पुगेनन् ।
कुनै पनि कानुनी प्रस्ताव सिनेटको पूर्ण मिटिंगमा भोटिंगमा लैजान सिनेटरहरुको कानुनी समितिमा पास हुनु पर्छ । उक्त समितिमा ११ जना रिपब्लिकन र १० जना डेमोक्र्याट छन् । पूर्ण मिटिंगमा लैजान कमसेकम ११ जनाले स्वीकृति दिनु पर्छ । सिनेटको कानुनी समितिको २८ सेप्टेम्बरमा बसेको बैठकमा भोट गरेर पूर्ण बैठकमा लैजाने प्रस्ताव समितिका प्रमुख चक ग्रास्लीले प्रस्तुत गरे । ३ जना महिलाहरुले क्याभनामाथि गम्भीर आरोप लगाउँदा पनि प्रक्रिया रोकेर अनुसन्धान गर्नु पर्ने डेमोक्र्याटहरुको माग रिपब्लिकनहरुले पुरा गरेनन । मध्यमार्गी मानिएका एरिजोनाका सिनेटर जेफ फ्लेकले समेत स्वीकृति दिने आसय व्यक्त गरे ।


जब फ्लेक मतदान गर्न हलतर्फ जाँदै थिए, उनलाई दुइजना महिलाहरुले रोके जो यौन हिंसाका शिकार थिए । उनीहरुले जेफ फ्लेकलाइ तीन तीन जनाले यस्तो आरोप लगाउँदा पनि क्याभनाको समर्थनमा भोट हाल्न जान लागेको भन्दै आक्रोश पोखे । जेफ फ्लेक रास्ट्रपति ट्रंपका कतिपय नैतिक आचरणको कटु आलोचक हुन् । सर्बोच अदालतको न्यायाधिश जस्तो जिन्दगीभरको लागि नियुक्ति हुने पदमा यति धेरै व्यक्तिहरु द्वारा आरोपित व्यक्तिको गहिराइमा पुगेर अनुसन्धान नगरी मतदानमा जानु हुन्न भन्दै एफबीआइको अनुसन्धानको लागि माग गरे । एफबीआइको अनुसन्धान नभएको अबस्थामा आफुले हुन्छ भन्ने पक्षमा भोट हाल्न नसक्ने जनाउ दिए पछि रिपब्लिकनहरु एफबीआइलाइ अनुसन्धानको लागि रास्ट्रपतिलाइ अनुरोध गर्न बाध्य भए । अन्तत: प्रक्रिया एक हप्ता रोकेर अनुसन्धान गर्ने कुरा भयो ।

विश्लेषण: लेखनाथ गौतम

रमाइलो कुरा के छ भने क्याभनालाइ नियुक्त गर्न दक्षिणपन्थीहरुले करोडौं डलर खर्च गरेका छन् । उनलाई सर्बोच्च अदालतको न्यायाधिश बनाउने उनीहरुको दशकौं देखिको अभियान हो । त्यसैको लागि उनीहरुले आन्तरिक तयारी गरेका थिए । अर्को तर्फ उनको नियुक्ति बदर गर्न उदारवादीहरुले पनि करोडौं खर्च गरे । उनका साना साना कुराहरु बाहिर ल्याइए । उनले लेखेका लेखहरु, उनले गरेका निर्णयहरु र उनले बिभिन्न अबसरमा बोलेका कुराहरु प्रसारण गरिए । महिला अधिकारबादीहरुले उनी महिलाको प्रजनन अधिकारको सम्मान नगर्ने भनेर आलोचना गरे । यसले उनको नियुक्ति प्रक्रियालाई झनै गाह्रो बनायो ।


त्यसो त क्याभनालाइ नियुक्त गर्न रिपब्लिकनहरुले पनि हतारो गरेकै हुन् । यतिबेला सर्बोच्च अदालतमा ४ जना उदार र ४ जना परम्पराबादी न्यायाधिशहरु छन् । जुलाईमा अबकास लिएका एन्थोनी केनेडी स्वतन्त्र थिए । उनले कहिले दक्षिणपन्थीहरुको पक्षमा त कहिले उदारबादीहरुको पक्षमा फैसला गरेका थिए । तर क्याभना नियुक्त भए पछि ५ जना परम्पराबादी र ४ जना उदारवादी हुने भएकोले ठुला मुद्धाहरुमा परम्पराबादी निर्णय हुनसक्ने भयले उदारवादीहरुले उनलाई रोक्न साम, दाम, दण्ड, भेद प्रयोग गरे । गोप्य राख्न आग्रह गरिएको डाक्टर फोर्डको यौन हिंसा सम्बन्धि चिट्ठी मिडिया सामु चुहाइयो । फलस्वरूप संसार सामु डाक्टर फोर्ड र ब्रेट क्याभनाले सफाई दिनु पर्यो ।
अब क्याभनाको नियुक्ति एक हप्ताको लागि सरेको छ । यस बिचमा अन्य अभियोगहरु समेत आउने सम्भावना छ । तर एफबीआइले पनि एक हप्तामै राम्रोसंग यी कुराहरुको अनुसन्धान सक्छ भन्ने कुनै ग्यारेन्टी छैन । तर पनि यौन हिंसाको आरोप लागेको एक व्यक्ति सर्बोच्च अदालतको आजीवन न्यायाधिश हुने अवस्था एक हप्ता पर सरेको छ । संगसंगै डाक्टर फोर्डको आरोप सहि देखियो भने ब्रेट क्याभनाको सर्बोच्च अदालतको न्यायाधिश हुने सपना तुषारापात हुने आंकलन गर्न सकिन्छ ।

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907