के छ न्यु योर्क टाइम्समा प्रकाशित ट्रंप प्रशासनका माथिल्लो कर्मचारीको लेखमा
बब उडवार्डको पुस्तक “फियर, इनसाइड द व्हाइट हाउस” ले हलचल मच्चाएको २४ घण्टा नबित्दै ट्रंपको प्रशासनमा काम गर्ने उपल्लो तहका कर्मचारीको लेख न्यु योर्क टाइम्समा छापिए पछि वासिंगटन डिसीमा फेरी अर्को भुइचालो आएको छ । व्यक्तिको नाम गोप्य राखेर प्रकाशित उक्त लेखका अनुसार ट्रंप प्रशासन भित्रै ट्रंपलाइ साइजमा ल्याउन काम भैरहेको खुलासा गरिएको छ । ट्रंप रास्ट्रपति भए पछि अधिकारबादीहरु र डेमोक्र्याटहरुले प्रयोग गर्दै आएको शब्द “रेजिस्टेन्स” अर्थात् “अस्विकार गर्नु” को प्रयोग गर्दै लेखिएको उक्त लेखलाई ट्रंपले ट्विट गर्दै “राष्ट्रद्रोह” को संज्ञा दिएका छन् । के छ त उक्त लेखमा ? उक्त लेखमा आधारित रहेर अनुवादित लेख:
अरु आधुनिक रास्ट्रपतिहरुले कहिल्यै भोग्नु नपरेको पदिय परिक्षा रास्ट्रपति ट्रंपले सामना गरिरहेका छन् ।
यो सामना रोबर्ट मुलरको अनुसन्धानले होइन न त यो ट्रंपले विभाजित गर्दै गरेको उनको नेतृत्वले हो । यो आउँदो चुनावमा रिपब्लिकन पार्टीले हारेर आउने परिणामले पनि होइन ।
यस्तो दुबिधा उनकै प्रशासनका धेरै उच्च पदस्थ कर्मचारीहरुले उनका एजेन्डा र उनको सोंचको बिरुद्ध गरिरहेको गतिविधिहरुका कारणले हो, जुन उनले बुझ्न सक्दैनन् । यो मलाई थाहा छ किनभने म ती मध्ये एक हुँ ।
स्पस्ट रुपमा भन्दा हाम्रो अभियान “बामपन्थी” (लेफ्ट) को जस्तो लोकप्रिय रेजिस्टेन्स होइन । हामी यो प्रशासन सफल भएको हेर्न चाहन्छौं र हामीलाई लाग्छ यो प्रशासनले गरेका धेरै कामहरुले अमेरिका पहिले भन्दा बढी सुरक्षित र सम्बृद्ध भएको छ ।
तर हामी विश्वास गर्छौं कि हाम्रो दायित्व हाम्रो देश प्रति छ र रास्ट्रपति यस्ता कामहरु जारी राख्दैछन जसले हाम्रो देशलाई हानी गर्छन ।
त्यसैले ट्रंपले नियुक्त गरेका हामी धेरैले उनका खतरनाक कर्तुतहरुबाट देशलाई उनी रास्ट्रपतिबाट बाहिर नहुन्जेलसम्म बचाउन कसम खाएका छौं ।
यो समस्याको जड भनेको रास्ट्रपतिको सत्य, तथ्य, नैतिकता अनैतिकता, सहि वा गलत भन्ने चेतना नहुनु हो ।
उनीसंग काम गर्ने सबैलाई थाहा छ उनको निर्णय गर्ने क्षमतामा कुनै सैद्धान्तिक आधार छैन । उनी एक रिपब्लिकन पार्टीको टिकटबाट निर्बाचित भए पनि कन्जरभेटिभहरुका स्वतन्त्र समाज, स्वतन्त्र मगज, स्वतन्त्र व्यापार जस्ता कुनै कुरामा उनको विश्वास छैन । यसको बारेमा उनले अत्यन्त राम्रो गर्ने भनेको यी कुराहरुलाई भित्तामा सजाउनु हो भने नराम्रो भनेको सार्बजनिक रुपमा यी कुराहरु माथि आक्रमण गर्नु हो ।
प्रेसलाइ अमेरिकी जनताको शत्रु भन्ने उनको आम-व्यापारिक शैली त हो नै यसका साथ साथै उनी प्रजातन्त्र र खुल्ला बजारका बिरोधि हुन ।
मेरो कुरा नराम्रो मात्र छ यहाँ भन्ने होइन । उचित ठाउँ नपाएका राम्रो कामहरु पनि यहाँ भएका छन् जस्तै साना कानुनी झन्झट हटाउने प्रभावसाली कदम, ऐतिहासिक कर कटौती र बलियो सेना । तर यी सबै रास्ट्रपतिको नेतृत्वले गरेको होइन, उनको निस्प्रभावी नेतृत्वका बाबजुद भएको हो ।
व्हाइट हाउस देखि कार्यकारी शाखा, एजेन्सीहरु, मन्त्रालयहरु जताततैका माथिल्लो तहका कर्मचारीहरु रास्ट्रपतिका कुराहरुबाट दिक्क भएको व्यक्त गर्छन र उनका हावादारी गफ आफ्नो काममा असर नगरुन भनेर सतर्क छन् ।
उनीसंगका मिटिंगहरु बिषयमा कहिल्यै अडिन्नन । एउटा कुरामा छलफल गर्न लाग्यो, त्यसमा टिकेर उनी कहिल्यै कुरा गर्न सक्दैनन् । उनीमा सम्बन्धित बिषयको पटक्कै ज्ञान छैन । जसका कारण निर्णयहरु अपुरा हुन्छन जुन पछि फिर्ता गर्नु पर्ने हुन्छ ।
“उनी निर्णयमा एक मिनट पनि टिक्न सक्दैनन्” ओभल अफिसमा गरिएको ठुलो राजनीतिक निर्णय उल्टाएको उदाहरण दिंदै एक उच्च कर्मचारीले मलाई हालसालै भने ।
तर यदि व्हाइट हाउस भित्र “नायक” हरु हुँदैनथे भने स्थिति अरु धेरै चिन्ताजनक हुन्थ्यो । जहिले पनि मिडियाले उनीहरुलाई खलनायकको रुपमा चित्रित गरेको हुन्छ तर भित्र उनीहरु नराम्रा निर्णय हुन नदिन निकै प्रयास गर्छन यद्यपि संधै उनीहरु सफल हुँदैनन् ।
यस्तो भद्रगोल अबस्थामा ठिकै छ भन्दा मुते न्यानोको अनुभूति मात्र होला तर अमेरिकी जनताले थाहा पाउनु पर्छ कि त्यहाँ पाका मान्छेहरु पनि छन् । हामीलाई राम्रोसंग थाहा छ कि के भैराखेको छ । र हामी त्यहि गर्दै छौं जुन सहि कुरा हो यद्यपि डोनाल्ड ट्रंप त्यसो गर्दैनन् ।
यसको परिणाम दुइ धारको रास्ट्रपति शासन चल्दैछ ।
उदाहरणको रुपमा विदेश नीति लिनुस । सार्बजनिक रुपमा ट्रंपले तानासाहहरुको तारिफ गर्छन जस्तै भ्लादिमिर पुटिन र किम जोङ्ग उन । तर उनले हाम्रा सहयोगी देशहरुको कहिल्यै राम्रो कुरा गर्दैनन् ।
तर काम भने अर्कै हुन्छ । हामीले रसियालाई चुनौती दिएका छौं भने सहयोगी राष्ट्रहरुलाई हामी तपाईंहरुसंगै छौं भनेर आस्वस्त पारेका छौं ।
उदाहरणको लागि रसियालाइ कारबाही गर्न ट्रंप उदासिन थिए । उनी हप्तौं सम्म गुनासो गर्दै थिए कि रसियामाथि किन नाकाबन्दी लगाइयो भनेर । तर हामीले रसियालाई जिम्मेवार बनाउन कारबाही गर्यौं जुन ट्रंप चाहदैनथे ।
यो कुनै “भित्री राज्य” को कुरा होइन यो सिधा राज्यको कुरा हो ।
यस्ता थुप्रै अस्थिरता भोगेका मानिसहरुले केहि मान्छेहरुले संविधानको पच्चीसौं संसोधनको कुरा अगाडी ल्याएका थिए जसले रास्ट्रपतिलाइ पदबाट हटाउने झन्झटिलो प्रक्रिया शुरु हुन्थ्यो । तर कोहि पनि यस्तो प्रक्रियामा सहभागी हुन चाहदैनथ्यो जसले संबैधानिक संकट निम्त्याउथ्यो । बरु हामी यो प्रशासनलाई सहि दिशामा डोर्याउन भरपुर प्रयास गर्छौं जसरी पनि । तर यो प्रयास समाप्त भयो ।
ठुलो कुरा यो होइन कि ट्रंपले रास्ट्रपतिको पदिय मर्यादा राखेनन्, कुरा यो हो कि हामीले यो सबै हामी माथि गर्न ट्रंपलाइ दियौं । हामी उनीसंगै तल रसातलमा पुगेका छौं नैतिक रुपमा ।
सिनेटर मेकेनले आफ्नो अन्तिम पत्रमा धेरै राम्रो तरिकाले भनेका छन् । हामी एउटा समुहको सानो घेरामा फस्नु हुन्न, हामी माया र सद्भावबाट एकताबद्ध हुनुपर्छ ।
हामीसंग मेकेन यतिबेला हुनुहुन्न तर उहाँको जीवन उदाहरणको रुपमा हामीसामु छ । यस्ता मानिसबाट ट्रंप डराउछन् तर हामी उनको भावनाको सम्मान गर्नुपर्छ ।
ट्रंप प्रशासन भित्र एउटा “शान्त अस्विकार” आन्दोलन जारी छ जसले देशलाई पहिलो नम्बरमा राख्छ । तर बास्तविक फरक त्यति बेला पर्छ जतिबेला सबै नागरिकहरुले पार्टीगत दयारा भन्दा बाहिर “हामी सबै अमेरिकी” हौँ भन्ने सोंचेर काम गर्न थाल्छ ।
न्यु योर्क टाइम्समा प्रकाशित यो लेखका लेखकको परिचय टाइम्ससंग रहेको र उनको जागिर जोखिममा भएकोले नाम गोप्य राखिएको छ । तर पनि व्हाइट हाउसमा यो लेख लेख्नेको खोजी तिब्र गरिएको छ ।