बिस्वकप २०१८ रसियामा जारी छ। संसारभरबाट छानिएर आएका ३२ देशका खेलाडीहरु यो महासंग्राममा भिडन्त गर्दैछन। खेलाडीहरु त खेलेर भिड्ने नै भए, उनीहरुका फ्यानहरु सामाजिक संजालमा तर्क, बितर्क, कुतर्क, झटारो, दुखेसो गर्दै फुटबल प्रति बिस्वभारिका मानिसहरुमा रहेको प्रेम झल्काईरहेका छन्। पक्कै पनि आफुले समर्थन गरेको टीम हार्दा दुखी हुने र जित्दा सुखी हुनु सामान्य कुरा नै […]
अघिल्लो चोटी सरकारमा हुँदा लालबाबु पण्डितको थेगो थियो, नेपालमा जागिर खाँदा खाँदै विदेशको बसोबासको स्थायी प्रमाणपत्र लिनेहरुको जागिर खाइ दिन्छु। धेरैलाई ठिकै पनि लग्यो, नेपालको जागिर खाँदै पद ओगट्दै बिदेशमा बस्न हुन्न। आफु काम गर्न सकिन्न भने पद ओगट्न हुन्न भन्ने कुरा ठिकै पनि थियो। धेरैले उनको प्रशंशा गरे। सोहि कामको कारण अहिले उनले मन्त्री […]
यतिबेला डालस टेक्सासको नेपाली समाज तरंगित बनेको छ। कारण हो रोजगारदाताद्वारा कामदारमाथिको यौन हिंसा। नेपाली समाजको घेराबाट उम्केर कानुनको ढोकामा पुगेको यो मुद्धाले धेरैलाई केहि सोंच्न बाध्य बनाएको छ। केहि दिनदेखि सामाजिक संजालमा र नेपाली अनलाइन पत्रिकाहरुमा समेत यो बिषय चर्चाको बिषय बनेको छ। यस्तो पनि हुन्छ र भन्ने देखि पीडकलाई हदै सम्मको कानुनी कारबाही […]
म बाग्लुंग जिल्ला गल्कोटको बासिन्दा जुन ठाउँ राजनीतिक रुपमा बढी सक्रिय र जागरुक मानिन्छ । बिशेष गरी नेपाल कम्युनिस्ट पार्टी मसालका नेता चित्रबहादुर केसीले आफ्नै बाउले बनाएका तमसुक च्यातेर राजनीतिमा लागे पछि गल्कोट झन् राष्ट्रिय राजनीतिको समेत वरिपरि घुमिरह्यो । एकीकरण अघि गल्कोट एघार गाबिस मिलेर बनेको एक राज्य थियो । धेरै पहिलेको कुरा नगर्दा […]
विक्रम सम्बत २०७४ सालले बिदा लिंदैछ । २०७५ सालको आगमन संगै नयाँ बर्षलाई स्वागत गर्न हामीहरु सबै उत्साहित छौं । घर, गाउँ, सहरदेखि सामाजिक संजालहरुमा शुभकामना दिने क्रम तिब्र बनेको छ । फेसबुक, ट्विटर देखि व्यक्तिगत रुपमा पनि शुभकामनाको आदान प्रदान घनिभूत रुपमा जारी छ । हेर्दा लाग्छ, २०७५ साँच्चिकै केहि नयाँ बोकेर आउंदै छ […]
अमेरिकाको रास्ट्रपतिमा डोनाल्ड ट्रंपको नियुक्ति पछि बिस्व जगत अब के होला भन्ने दुबिधा र अन्योलमा थिए । करिव ३०० बर्ष लगाएर बनाएको गौरवपूर्ण इतिहास र आर्थिक उन्नतिको जगमा उभिएर र त्यसैको अधिकतम प्रयोग गरेर बिलिनियर बनेका ट्रंप रास्ट्रपतिको उम्मेदवारको रुपमा फरक रुपमा प्रस्तुत भएका थिए । उनले अमेरिकाले गरेका सम्पूर्ण व्यापार सन्धि र सम्झौताहरु खारेज […]
संयुक्त राज्य अमेरिकामा सम्पन्न २०१६ को नोभेम्बरमा सम्पन्न निर्बाचनमा अनपेक्षित नतिजा आए पछि अमेरिकामा ध्रुविकरण चुलिंदै गएको छ । रास्ट्रपतिमा निर्बाचित डोनाल्ड ट्रंपका अभिव्यक्ति, आचरण र कतिपय नीतिहरुले धेरैलाई चिन्तित बनाएको छ । निर्बाचनमा रसियाले खेलेको हस्तक्षेपकारी भूमिका स्पस्ट भए पछि तत्कालिन एफबिआइ प्रमुख जेम्स कोमीले त्यसबारेमा अनुसन्धान शुरु गरेपछि शुरु भएको रास्ट्रपति र एफफिआइ […]
हिजो अर्थात् मार्च १३ मा सम्पन्न पेन्सिल्भानियाको १८औं जिल्लाको प्रतिनिधिसभाको निर्बाचन सम्पन्न भएको छ र झिनो मतले डेमोक्र्याट उम्मेदवार कनर ल्याम्ब निर्बाचित हुने स्थिति देखिएको छ । २०१६ मा रास्ट्रपतिय निर्बाचनमा डोनाल्ड ट्रंपले यो क्षेत्रमा करिव २० प्रतिशतको अन्तरले हिलारी क्लिन्टनलाइ पराजित गरेका थिए । त्यस अघिका निर्बाचनहरुमा पनि रिपब्लिकन पार्टीका उम्मेदवारहरुले यो क्षेत्र सजिलै […]
नेपालमा नयाँ सरकार बन्दै छ। उखान टुक्का भन्न माहिर ओली बाजे प्रधानमन्त्री बनिसके। रास्ट्रपति बिद्या भण्डारीले हतार हतार उनलाई प्रधानमन्त्री बनाइन। देउबाले कुर्ची नछोडदै पुरानो कागजमा मितिसिती केहि नहेरी केपीलाइ उनले नियुक्त गरिन। आखिर प्रधानमन्त्री बन्ने उनी नै हो। प्रक्रियामा खिसिट्युरी गरे पनि परिणाममा कसैको दुइमत थिएन।उखान टुक्का भनेर मान्छे हँसाउन प्रख्यात ओली अब नेपालका […]
फेब्रुअरी १४, २०१८ फ्लोरिडाको स्थानीय समय अनुसार करिब साढे दुइ बजे दिउसो पार्कल्याण्ड सिटीस्थित स्टोनम्यान डग्लस हाइ स्कूलमा गोली चलन शुरु गर्यो। आगलागीको संकेत गर्ने अलार्म बजे पछि बिद्यार्थी र शिक्षकहरु बाहिर निस्किन खोजे। १९ बर्षीय सोहि स्कूलमा पढ्ने तर समस्याको कारक बनेपछि स्कुलबाट निष्काशन गरिएको निकोलस क्रुजले एआर-१५ नामक अत्यन्त शक्तिशाली हतियारबाट गोलीको वर्षा […]