पेन्सिल्भानिया बिशेष निर्बाचन परिणाम र त्यसको दिशाबोध

हिजो अर्थात् मार्च १३ मा  सम्पन्न पेन्सिल्भानियाको १८औं जिल्लाको प्रतिनिधिसभाको निर्बाचन सम्पन्न भएको छ र झिनो मतले डेमोक्र्याट उम्मेदवार कनर ल्याम्ब निर्बाचित हुने स्थिति देखिएको छ । २०१६ मा रास्ट्रपतिय निर्बाचनमा डोनाल्ड ट्रंपले यो क्षेत्रमा करिव २० प्रतिशतको अन्तरले हिलारी क्लिन्टनलाइ पराजित गरेका थिए । त्यस अघिका निर्बाचनहरुमा पनि रिपब्लिकन पार्टीका उम्मेदवारहरुले यो क्षेत्र सजिलै जित्ने गरेका थिए । २००३ देखि लगातार बिजयी टिम मर्फी आफ्नो केटी साथीलाई गर्भपतनको लागि उक्साएको आरोप लागेर राजिनामा दिन बाध्य भए पछि यो क्षेत्र खालि भएको थियो ।
पेंसिल्भानियालाई स्विंग स्टेट अर्थात् जुनसुकै पार्टीले पनि जित्न सक्ने स्टेटको रुपमा लिने गरिन्छ । हुन त पेन्सिल्भानियामा डेमोक्र्याट पार्टीको संगठित सदस्य संख्या रिपब्लिकन पार्टीको भन्दा बढी छ तर पनि बढी परम्पराबादीहरुको बसोबास रहेकोले रिपब्लिकन पार्टी उनीहरुको रोजाइ हुने गर्छ । कोइला खानी र उर्जा सम्बन्धि उद्ध्योगहरु यो क्षेत्रमा धेरै छन् । वाताबरणिय प्रदुषण निम्त्याउने कोइलाको प्रयोग कम गर्ने ओबामा प्रशाशनको नीति भए पछि कोइलाखानीका मजदुरहरु बेरोजगार भएका थिए र त्यसैलाई नारा बनाएर ट्रंपले यो राज्यमा जित हाँसिल गरेका थिए ।
तर हिजो भएको निर्बाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार रिक् साकोन ३३ बर्षीय कनर ल्याम्ब संग झिनो मतले पराजित भए पछि रिपब्लिकन पार्टीमा चिन्ता शुरु भएको छ । उम्मेदवार शशक्त नभएको, रिपब्लिकनहरुले गरेका उपलब्धिहरुको प्रचार गर्न नसकेको, डेमोक्र्याट उम्मेदवार भएर पनि कनर ल्याम्बले रिप्बलिकन पार्टीका एजेन्डाहरु अनुसरण गरेको जस्ता कारण देखाएर पराजयको पिडामा मल्हम लगाउन खोजे पनि यसले रिपब्लिकन पार्टीलाइ आफ्ना नीतिहरुमा पुनर्विचार गर्न बाध्य पार्ने देखिन्छ ।
प्रतिनिधि सभाका सभामुख पल रायनले यो निर्बाचन परिणामलाइ ट्रंपको लागि जनमत संग्रह नभएको बताएका छन् । ल्याम्ब ५/६ पोइन्टले अगाडी देखिएको अबस्थामा रास्ट्रपतिको अघिल्लो हप्ताको निर्बाचन अभियानको क्रममा गरेको भ्रमणले अन्तर घटाउन मद्दत गरेको भनेर ट्रंपको बचाउ गरेका छन् । तर्क वा कुतर्कद्वारा आफ्नो कमजोरी र गल्ति ढाकछोप गर्ने राजनीतिज्ञहरुको बानी भए पनि स्वतन्त्र विश्लेषकहरु भने यो निर्बाचन रिपब्लिकनहरुको लागि खतराको घन्टी भएको बताउछन।

रिपब्लिकनहरुले आफ्नो बचाउको लागि जुनसुकै तर्क गरे पनि तथ्यांकको यथार्थ भने भिन्न देखिन्छ । २०१७ को शुरुमा ट्रंपले पदभार ग्रहण गरे देखि भएका चुनावहरुमा डेमोक्र्याटहरुले ३८ स्थानमा विजय हाँसिल गरेका छन् । झिनो मतले जितेका ठाउँहरुमा यता उता हुने अवस्था सामान्य भए पनि २०/३० प्रतिशतको फरकले जितेका ठाउँहरुमा हार्नु ट्रंपका हाँस्यास्पद र लज्जास्पद क्रियाकलापहरुको कारण हो भन्नेहरुको संख्या ठुलो छ । अलाबामामा जेफ सेसन्स महान्याधिबक्तामा नियुक्त भए पछि खालि सिनेटको पदमा रिप्बलिकनहरुको पराजय अस्वाभाविक छ । करिब ३०% को अन्तरले ट्रंपले हिलारीलाइ जितेको स्थानमा हार्नुलाई उम्मेदवार रोय मुरको यौनकाण्डहरुको कारण देखाएको रिपब्लिकन पार्टीलाइ पेन्सिल्भानियाको निर्बाचनले सोंच्न बाध्य बनाएको छ ।
यो निर्बाचनको परिणाम संगै झिनो अन्तरले रिपब्लिकन पार्टीले जितेका धेरै ठाउँहरुका प्रतिनिधिहरु त्रसित बनेका छन् । रिपब्लिकन पार्टी भित्र बढ्दो ट्रम्पिज्म र त्यसलाई टक्कर दिएर पार्टीको साख जोगाउन सक्ने नेता अहिले रिपब्लिकन पार्टी भित्र देखिएको छैन । रिपब्लिकन पार्टी अहिले गोरा बुढाबुढीहरुको पार्टीमा खुम्चिने अबस्थामा पुगेको छ। अरु धर्म, जात र आप्रबाशी एबम महिलाहरु माथी ट्रंपको लगातारको आक्रमणले उनको समयमा भएका आर्थिक उपलब्धिहरु समेत छायाँमा परेका छन् । जातिय, धार्मिक र सामाजिक रुपमा धेरै सम्प्रदाय मिलेर बनेको अमेरिकी समाजमा ट्रंपकै कारण अल्पसंख्यकहरु, हिस्प्यानिकहरु, मुसलमानहरु, महिलाहरु र सम्पूर्ण आप्रबशिहरु रिप्बलिकन पार्टीबाट टाढा हुँदैछन् ।
जे होस् पेन्सिल्भानियाको यो बिशेष निर्बाचन रिपब्लिकन पार्टीको लागि खतराको घन्टी बनेर आएकोमा कुनै शंका छैन । तर यसलाई बहाना बनाएर उम्किने तिर रिपब्लिकन पार्टी र यसको नेतृत्व लाग्यो भने आगामी नोभेम्बरमा हुने मध्यावधि निर्बाचन उक्त पार्टीको लागि अभिशाप साबित हुनेछ भने डेमोक्र्याटिक पार्टीले प्रतिनिधिसभामा बहुमत ल्याएर ट्रंपका कतिपय मनपरीहरुलाई रोक्न सक्ने अबस्थामा पुने देखिन्छ ।

 

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907