ओली र वाम गठबन्धन प्रति नेपाली जनताको आशा र आशंकाहरु

नेपालमा नयाँ सरकार बन्दै छ। उखान टुक्का भन्न माहिर ओली बाजे प्रधानमन्त्री बनिसके। रास्ट्रपति बिद्या भण्डारीले हतार हतार उनलाई प्रधानमन्त्री बनाइन। देउबाले कुर्ची नछोडदै पुरानो कागजमा मितिसिती केहि नहेरी केपीलाइ उनले नियुक्त गरिन। आखिर प्रधानमन्त्री बन्ने उनी नै हो। प्रक्रियामा खिसिट्युरी गरे पनि परिणाममा कसैको दुइमत थिएन।उखान टुक्का भनेर मान्छे हँसाउन प्रख्यात ओली अब नेपालका प्रधानमन्त्री बने। केहि दिन लम्ब्याउन सफल भए पनि देउबा संधै त्यहाँ टिक्न सक्ने कुरै थिएन । उनी बालुवाटारबाट अन्तत सडकमा पुगे।
भर्खरै माओबादी र एमाले मिलेर नयाँ पार्टी बन्ने सहमति पनि भएको छ । यो कुरामा हामी खुसि हुनु पर्छ कि छिन्न भिन्न भएर अल्मलिएका बाम पार्टीहरु एकत्रित भएर एउटा बलियो बाम पार्टी बनाउने प्रयास गर्दैछन। झिना मसिना पार्टीहरु र तिनीहरुको मुसा प्रवृतिबाट आजित हामी यसलाई एउटा खुसीको रुपमा हेर्छौं। कमसेकम स्थायी सरकार त बन्ला, नेपालीहरुको अहिलेको चाहना त्यहि छ। त्यहि नेपालीहरुको भावना अहिलेको निर्बाचनमा प्रतिबिम्बित भयो र बाम गठबन्धनले करिब दुइ तिहाइ सिट जित्न सफल भयो।
भन्नेले ओलीको बारेमा धेरै भनेका थिए। भारतीय खुफिया एजेन्सी “रअ” को एजेन्ट भनेको पनि सुनेको हो । देउबासंग मिलेर महाकाली सन्धि संसदबाट पास गराएको जिम्मा ओलीलाइ नै जान्छ। माओबादी जनयुद्ध ताका माओबादीका कटु आलोचक र कतिपय बार्ता भाँडिनुमा उनकै देन भएको पनि मान्छे भन्ने गर्छन। छुचो बोली र प्रत्यक्ष रुपमा व्यक्तिगत रुपमा तल्लो स्तरको गालि गर्ने नेता पनि ओली नै मानिन्छन। तै पनि भारतले नाकाबन्दी गर्दा केहि नगरी चुप लागेर बसेर भारतलाई गलाउन सफल भएकोमा नेपाली जनताको नजरमा उनी रास्ट्रबादी नेतामा गनिए।
मान्छेले भन्छन, देश बनाउन भिजन चाहिन्छ । तर भन्न लजाउन पर्दैन, ओलीको भिजन हामीले देखेका छैनौं। उनका सपनाहरु चुटकिलाहरुमा व्यक्त भए पनि त्यहाँ पुग्ने मार्गको खाका अहिले सम्म प्रस्तुत गरिएको छैन । आशा गरौँ त्यो योजना उनले छिट्टै जनता सामु ल्याउने छन्।

हामी नेपालीहरुको खप्पर सपार्ने जिम्मा अब ओलीकै हातमा छ। उनको सफलता नै हाम्रो सफलता हो। उनी सफल बने देश बन्छ, असफल बने देश बर्बाद। उनले लिने हरेक राम्रा कदमहरुमा हामीले होस्टेमा हैंसे गर्नैपर्छ। हाम्रो अर्को कुनै बिकल्प छैन। पटक पटकको कांग्रेसी विफलताले दिएको यो अबसर बाम गठबन्धन र ओलीले कसरी सदुपयोग गर्लान, प्रश्न गम्भीर छ। नेपाली जनताले ओलीमाथि ठुलो आशाको नजरले हेरेका छन् ।
आशा गर्नु नराम्रो होइन । २००७ साल देखि नै नेपाली जनता आशा मै त बाँचेका छन्। कहिले कसको त कहिले कसको आशा। तर अहिले सम्म कसैले त्यो आशा पुरा नगरेको मात्र होइन, धोका नै दिएका छन्। अहिले नेपाली जनताको आशा बाम गठबन्धनमा रहनुमा लामो समय देखिको नेपाली समाजको कम्युनिस्ट प्रेम नै प्रमुख कारण हो। रास्ट्रियतामा बढी सजग नेपाली जनता कम्युनिस्टहरुका रास्ट्रबादि नाराले आकर्षित छन्। तर के यिनीहरुले देश बनाउलन ? शंका गर्ने धेरै आधारहरु छन्।
भन्नेले नकारात्मक बनेको आरोप पनि लगाउलान तर बिगत करिब ३० बर्षे राजनीति हेर्ने हो भने यिनीहरुले देश बनाउनेमा आशा गर्न सक्ने कुनै ठाउँ छैन। २०४६ सालको आन्दोलनको सफलता पछि सरकारमा नभए पनि सत्तामा एमाले पार्टी संधै छ। राजनीतिलाई सेवाको लागि होइन, दुहुनो गाइ बनाएर अहिलेको अबस्थामा पुर्याउनमा कांग्रेसको जति हात एमाले र माओबादीहरुको पनि छ। कांग्रेसका भन्दा धेरै एमालेका कार्यकर्ता ठेक्का पट्टा र एनजीओ आइएनजीओको खेतीमा लागेका छन्। राजनीतिलाई यति धेरै विकृत र भ्रस्ट बनाउन कांग्रेस भन्दा कम योगदान एमालेको छैन।

लेखनाथ गौतम

एमालेको सिद्धान्त हेर्ने हो भने स्वास्थ्य सेवा निशुल्क हुनुपर्छ भन्ने छ। तर स्वास्थ्य क्षेत्रलाइ व्यापारीकरण गरेर जनतालाई स्वास्थ्य उपचारको पहुँचबाट टाढा पुर्याउने काममा पनि एमाले त्यतिकै जिम्मेवार छ। गोविन्द केसीको स्वास्थ्य माफिया बिरोधी आन्दोलनमा एमालेको द्वैध चरित्र र मौनता कसै सामु छिपेको छैन। उपचारको लागि विदेश धाउनेहरुमा एमालेका नेताहरु पनि पर्छन। भन्ने हो भने एमाले पनि कांग्रेस जस्तै भ्रस्टाचार, मनपरीबाट ग्रस्त छ। त्यहाँ आदर्श कत्ति पनि बाँकी छैन।
नेपाली जनता चाहन्छन, यिनीहरु सुध्रुन। राम्रो विकल्पको अभावमा नेपाली जनताले एमाले वा बाम गठबन्धन रोजेका हुन्। यिनीहरुको काम गर्ने शैली परिबर्तन भएको नेपाली जनता हेर्न चाहन्छन। तर भागबन्डाको राजनीति फेरी शुरु गरेर नेपाली जनताको आशामा तुषारापात गर्ने काम यिनीहरुले शुरु गरिसकेका छन्। पार्टी एकता देखि सबै कुरामा योग्यता र क्षमता भन्दा गुटको आधारमा जिम्मेवारी दिने पुरानो तरिका अहिले पनि लागु गरिंदै छ। हेरौं गधालाई धोएर गाइ बनाउने नेपाली जनताको चाहना कत्तिको पुरा हुन्छ ? लेखनाथ गौतम

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907