ट्रंप र मुलर आमने सामने: अमेरिकी राजनीति झडपको बाटोमा

संयुक्त राज्य अमेरिकामा सम्पन्न २०१६ को नोभेम्बरमा सम्पन्न निर्बाचनमा अनपेक्षित नतिजा आए पछि अमेरिकामा ध्रुविकरण चुलिंदै गएको छ । रास्ट्रपतिमा निर्बाचित डोनाल्ड ट्रंपका अभिव्यक्ति, आचरण र कतिपय नीतिहरुले धेरैलाई चिन्तित बनाएको छ । निर्बाचनमा रसियाले खेलेको हस्तक्षेपकारी भूमिका स्पस्ट भए पछि तत्कालिन एफबिआइ प्रमुख जेम्स कोमीले त्यसबारेमा अनुसन्धान शुरु गरेपछि शुरु भएको रास्ट्रपति र एफफिआइ बिचको मनमुटाव अहिले पनि जारी छ ।
अमेरिकामा लामो समय देखि न्याय मन्त्रालय र कानुन पालना गराउने संस्थाहरु स्वतन्त्र रहन प्रयास गर्दै आएका छन् । राजनीतिक नेतृत्वले बेलाबखत आफ्नो पक्ष वा बिपक्षमा यी निकायहरुलाई प्रयोग वा दुरुपयोग गर्न प्रयास गरे पनि मुलभूत रुपमा यी संस्थाहरुले स्वतन्त्र रुपमा काम गर्दै आएका थिए । कानुन भन्दा माथि कोहि छैन भन्ने सिद्धान्तद्वारा कार्यपालिका र यसको प्रमुखको रुपमा रास्ट्रपतिले न्याय क्षेत्रलाइ हस्तक्षेप गर्न चाहँदैनथे । सन् १९७३ मा रास्ट्रपति रिचार्ड निक्सनले वाशिंगटन डिसी स्थित वाटरगेट होटेलमा रहेको डेमोक्र्याटिक पार्टीको कार्यालय भएको चोरीको बारेमा छानबिन गर्न गठित बिशेष काउन्सिलका प्रमुख अर्किबाल्ड कक्सलाइ बर्खास्त गरेका थिए । फलस्वरूप उनी माथि महाअभियोग लगाइयो । त्यस पछि सकेसम्म रास्ट्रपतिहरु न्याय क्षेत्रमा हस्तक्षेप गर्न डराउने गर्थे ।

स्पेसल काउन्सिल रोबर्ट मुलर

तर अहिले परिस्थिति वाटरगेट काण्ड भन्दा संगिन रुपमा अघि बढेको छ । वर्तमान रास्ट्रपति अमेरिकी प्रजातन्त्रका खम्बाको रुपमा चिनिने यी संस्थाहरु बिरुद्ध जेहाद नै छेडेका छन् । २०१६ को रास्ट्रपतिको निर्बाचनमा रसियाद्वारा ट्रंपलाइ बिजयी बनाउने योजना अनुसार सामाजिक संजालको व्यापक दुरुपयोग गरेको घटना र त्यसमा अमेरिकीहरुको संलग्नताको बारेमा एफबिआइद्वारा अनुसन्धान चल्दै गर्दा एफबिआइ प्रमुख जेम्स कोमीलाइ डोनाल्ड ट्रंपले बर्खास्त गरेका थिए । त्यस घटना पछि सहायक महान्यायाधिबक्ता रड रजिन्स्टाइनले बिशेष काउन्सिलको रुपमा पूर्व एफबिआइ प्रमुख रोबर्ट मुलरलाइ नियुक्त गरेका थिए ।

मुलरको नियुक्तिलाइ ट्रंपले शुरु देखिनै नकारात्मक टिप्पणी गर्दै आएका थिए । २०१७ को जुलाई मा नै रोबर्ट मुलरलाइ बर्खास्त गर्ने तयारी गरेका ट्रंपले आफ्नै सहयोगीले राजिनामा दिने धम्कि दिए पछि पछाडी हटेका थिए । तर आफु र आफ्ना सहयोगी मार्फत रोबर्ट मुलर र उनको अनुसन्धानलाई “बोक्सीको खोजी” को पगरी गुथाउँदै आफुले रसियाको कुनै सहयोग नलिएको र सम्पूर्ण अनुसन्धान नै डेमोक्र्याटिक पार्टीको पराजयको लागि बहाना बनाउने माध्यम मात्र भएको बताउंदै आएका थिए । तर पनि मुलरले आफ्नो गतिबिधि जारी राखे । ट्रंपका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनले एफबिआइलाइ ढाँटेको स्वीकार गर्दै मुलरलाइ सघाउन तयार भए । त्यस्तै जर्ज पापाडापलस, रिक् गेट्सले गल्ति स्वीकार गरिसकेका छन् । ट्रंपका चुनाबी अभियानका पूर्व प्रमुख पल म्यानाफ़र्ट विभिन्न घटनामा दोषी पाइएका छन् । त्यस्तै १३ जना रसियन नागरिकलाई पनि अमेरिकाको चुनावी अभियानमा हमला गरेको अभियोगमा दोषी ठहर्याइएको छ ।

रास्ट्रपति डोनाल्ड ट्रम्प

यसरी एक एक गरी आफ्ना सहयोगीहरु मुलरको निशाना बने पछि ट्रंप आफु पनि फस्न सक्ने अनुभव गरेको प्रतित हुँदैछ । उनले “मरता क्या नै करता” को अबस्थामा पुगे झैं देखिएका छन् । उनका अभिव्यक्तिहरु स्पेसल काउन्सिललाइ बर्खास्त गर्न सक्ने खालका देखिन थालेका छन् । मुलरको टीममा रहेका १३ जना सहयोगीहरुलाइ “डेमोक्र्याट पार्टीका कार्यकर्ता” भएको आरोप लगाउंदै समग्र अनुसन्धान प्रक्रियाको धज्जी उडाएका छन् । उनकै चाहना र दबावमा अवकाश पाउन २६ घण्टा बाँकी रहंदा एफबिआइका सहायक प्रमुख एण्ड्रिउ मकेबलाइ बर्खास्त गरिएको छ । हिलारी क्लिन्टनको इमेल काण्डमा रिपोर्टरलाइ सूचना चुहाएको आरोप लगाएर हतारमा निस्कासन गरिए पनि कुरोको चुरो भने रसियाद्वारा चुनावमा गरेको हस्तक्षेपबारे अनुसन्धान गर्न गठित समितिको काम प्रति प्रश्न चिन्ह लगाउनु नै रहेको जानकारहरु बताउँछन् ।
कानुन पालन गराउने निकाय माथिको यो हस्तक्षेप जारी रहंदा रिपब्लिकन पार्टीको अग्नि परिक्षा शुरु भएको छ । कानुन र कानुन पालन गराउने निकायमाथि संधै सम्मान र सहयोग गर्दै आएको रिपब्लिकन पार्टी ट्रंपको हस्तक्षेपलाइ कसरी लिन्छ त्यसमा नै स्पेसल काउन्सिलको भबिस्य निर्भर रहने देखिन्छ । लामो समय देखि रास्ट्रपतिको कटु आलोचक रहंदा आएका एरिजोनाका सिनेटर जेफ फ्लेकले मुलरलाइ काम गर्न दिनु पर्ने र मुलरलाइ निष्कासन गरिएमा रास्ट्रपति बिरुद्ध रिपब्लिकन पार्टी कै सदस्यहरुले सहन नगर्ने चेतावनी पनि दिएका छन् । त्यस्तै नर्थ क्यारोलिनाका सिनेटर लिन्ड्से ग्राहमले पनि यदि मुलरलाइ निष्कासन गरियो भने त्यो कदम अहिलेको रास्ट्रपतिको कार्यकाल समाप्तिको शुरुवात हुने चेतावनी दिएका छन् । तर सिनेटमा रिपब्लिकन पार्टीका प्रमुख अर्थात् सिनेट प्रमुख मिच् मेक्नल र प्रतिनिधिसभाका प्रमुख पल रायन यस बिषयमा मौन देखिन्छन ।

लेखक: लेखनाथ गौतम

१९७३ मा रिचार्ड निक्सनले स्पेसन काउन्सिललाइ निष्कासन गर्दा रिपब्लिकन पार्टी नै अग्रपंक्तिमा रहेर रास्ट्रपतिको बिरुद्धमा अघि बढेको थियो ।तर अहिले अवस्था त्यस्तो भने छैन । अबकास लिने घोषणा गरेका बाहेक अन्य सिनेटर र कांग्रेसका सदस्यहरु ट्रंपको कुनै पनि कर्तुतको बिरोधमा नबोल्ने मात्र होइन त्यसको प्रतिरक्षा गरिरहेको अहिलेको अबस्थामा रास्ट्रपतिले कथं त्यस्तो कदम चाले भने के होला भन्न सक्ने अवस्था भने छैन । हल्ला, भद्रगोल र तहसनहस अवस्था सिर्जना गरेर त्यसैमा रमाउने प्रवृतिका ट्रंपले यस्तो कदम नचाल्लान भन्न सकिन्न । एकातिर ठुलो जनमत ट्रंपको बहिर्गमनको ब्यग्र प्रतिक्षा गरेको छ भने अर्को तिर करिब ३०% अमेरिकीहरु अमेरिका बचाउने एकमात्र व्यक्ति ट्रंप भएको गहिरो बिस्वास राख्ने भएकोले अमेरिकी समाज र राजनीति आगामी दिनमा जता गए पनि थप ध्रुविकरण तिर धकेलिने निश्चित देखिन्छ ।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907