क्यालेन्डरमा मात्र होइन व्यवहारमा हुनुपर्छ नयाँ बर्ष

विक्रम सम्बत २०७४ सालले बिदा लिंदैछ । २०७५ सालको आगमन संगै नयाँ बर्षलाई स्वागत गर्न हामीहरु सबै उत्साहित छौं । घर, गाउँ, सहरदेखि सामाजिक संजालहरुमा शुभकामना दिने क्रम तिब्र बनेको छ । फेसबुक, ट्विटर देखि व्यक्तिगत रुपमा पनि शुभकामनाको आदान प्रदान घनिभूत रुपमा जारी छ । हेर्दा लाग्छ, २०७५ साँच्चिकै केहि नयाँ बोकेर आउंदै छ । २०७५ ले हामीहरुको लागि केहि नयाँ कुराहरु लिएर आएको छ । २०७४ जस्तै गरी नयाँ साल बित्दैन भन्ने भाव सबैमा देखिन्छ ।
मलाई सम्झना छ, हरेक नयाँ बर्षहरुमा शुभकामनाका शब्दहरु यसै गरी व्यक्त गरिन्छ । पोहोर साल पनि यस्तै भएको थियो । प्रगति, उन्नति, खुसियाली र उमंगको कामना गरिएका धेरै वाक्यांशहरु यत्रतत्र सर्बत्र फैलिएका थिए । सबैले प्रगति होस् भने पनि प्रगतिको लागि आबस्यक शुत्र भने कसैले कसैलाई भनेका थिएनन । २०७४ उही अन्य बर्षहरु जस्तै आयो, गयो । कतिको लागि यो बरदान भएर आयो भने कसैको लागि अभिषाप ।


सालको परिबर्तन क्यालेन्डरको परिबर्तन मात्र हो । हरेक दिन सुर्योदय हुनु र अस्ताउनु प्रकृतिको नियम हो । यो अविच्छिन्न रुपमा चलेकै छ । मानिसले समाजमा बस्न थाले पछि निर्माण गरिएको यो क्यालेन्डरमा मात्र नयाँ बर्ष आउने गर्छ । समय आफ्नै तरिकाले चल्छ, क्यालेन्डरसंग यसको कुनै साइनो छैन । तर मान्छेले त्यहि क्यालेन्डरलाइ आधार मानेर नयाँ बर्ष भन्ने गर्छन ।
नयाँ बर्ष सबैको फरक हुन्छ । अस्ति भर्खर मात्र चिनियाहरूले नयाँ बर्ष मनाए । त्यो भन्दा अघि इस्वी सम्बतको नयाँ बर्ष संसारभर मनाइयो । तोप पड्काइयो, पटाका पड्काइयो, आतिसबाजी गरियो । कहिले कसको त कहिले कसको गरी नयाँ बर्ष एक बर्षको बिचमा दर्जनौं पटक मनाइन्छ । त्यसैले यो क्यालेन्डरको खेल हो ।
नयाँ हुन सोंच नयाँ हुनुपर्छ । विचार नयाँ हुनुपर्छ । आफ्ना कमजोरी सच्च्याएर आफुलाई असल बनाउदै नयाँ बन्नु पर्छ । नयाँ बर्ष हुनको लागि अघिल्लो सालमा गरेका गल्तिहरु दोहोरिनु हुँदैन । अघिल्लो सालमा गरेका राम्रा कामहरुलाई अझै नयाँ ठाउँहरुमा फैलाउनु पर्छ । आफ्नो लागि मात्र होइन अरुको लागि पनि सोंच्ने बानी शुरु गरौँ । राम्रो कामको कदर र खराब कामको खुलेर बिरोध गर्नु पर्छ । आफ्नो धर्म, संस्कृतिको रक्षा मात्र होइन अरुको धर्म र संस्कृतिको पनि सम्मान गर्नु पर्छ ।

त्यसैले मेरो बिचारमा नयाँ बर्ष हामीले केहि नयाँ गरेर मनाउनु पर्छ । हाम्रा कमजोरी सुधार गर्ने र असल मार्गतिर अग्रसर हुने अबसर नयाँ बर्ष हुनुपर्छ । नयाँ बर्ष रचनात्मक हुनुपर्छ र सकारात्मक हुनुपर्छ। हाम्रो सोंच फराकिलो हुनुपर्छ। हाम्रो अस्तित्व र पहिचान प्रति नयाँ तरिकाले सजग हुनुपर्छ। उहि पारा, उहि ढर्रा र उहि संकीर्ण सोंचको भारी बोकेर नयाँ बर्षको यात्रा तय गर्न सकिन्न। त्यो त फगत क्यालेण्डरको नयाँ बर्ष हो। साँच्चैको नयाँ बर्ष मनाउने वा फगत क्यालेन्डरको नयाँ बर्ष मनाउने सम्पूर्ण जिम्मा तपाइँ पाठकहरुलाई नै सुम्पिदै तपाइँहरुको नयाँ बर्ष साँच्चिकै नयाँ बर्ष बनोस, मेरो यही शुभकामना। ( लेखनाथ गौतम)

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907