चीनले पनि अमेरिकी सामानमा कर लगाउने: व्यापार युद्धको त्रास

अमेरिकाको रास्ट्रपतिमा डोनाल्ड ट्रंपको नियुक्ति पछि बिस्व जगत अब के होला भन्ने दुबिधा र अन्योलमा थिए । करिव ३०० बर्ष लगाएर बनाएको गौरवपूर्ण इतिहास र आर्थिक उन्नतिको जगमा उभिएर र त्यसैको अधिकतम प्रयोग गरेर बिलिनियर बनेका ट्रंप रास्ट्रपतिको उम्मेदवारको रुपमा फरक रुपमा प्रस्तुत भएका थिए । उनले अमेरिकाले गरेका सम्पूर्ण व्यापार सन्धि र सम्झौताहरु खारेज गर्ने, मेक्सिकोको सीमामा पर्खाल लगाउने, मुसलमानहरुको प्रबेशमा कडाइ गर्ने जस्ता अहिले सम्म अमेरिकाले अंगाल्दै आएका नीतिहरुमा परिबर्तनको घोषणा गरे । त्यसैको फलस्वरूप वाशिंटन डिसी संग रुस्ट अमेरिकी जनतालाइ ट्रंपको नाराले आकर्षित गर्यो ।
लामो समय देखि अमेरिकामा मुसलमान फोबिया हावी हुँदै गएको थियो । २००३ मा न्यु योर्कमा भएको आत्मघाती हमला पछि अमेरिकामा मुसलमान बिरोधि जनमत बढ्दै गएको थियो । त्यहि जगमा ट्रंप अमेरिकी रास्ट्रपति बने ।
बितेको एक बर्ष अमेरिकी समाजमा तिब्र रुपमा धुर्बिकरण भयो । थुप्रै सामाजिक मुद्धाहरुमा ट्रंपको कथित अनुदारबादी नीति लागु गरिए । अन्तररास्ट्रिय क्षेत्रमा समेत ट्रंपले हमला शुरु गरे । मुसलमान बाहुल्य देशहरुबाट मानिस आउन प्रतिबन्ध लगाउने, इरानसंगको सम्झौता खारेज गर्ने, नाफ़्टा खारेज गर्ने जस्ता काम उनले ठुलो बिरोधका बाबजुद गरे । अमेरिकाको ठुलो आर्थिक प्रभावको कारण कतिपय देशहरुले त्यसलाई प्रतिकार गर्न सकेनन । ट्रंप झन् अनुदार बन्दै गए ।


ट्रंपले रसिया बाहेक सबैलाई आक्रमणको निशाना बनाए । चीन, जापान मात्र होइन आफ्नै छिमेकी देश मेक्सिको र क्यानडा देखि अमेरिकाले लडेका हरेक जसो युद्धहरुमा साझेदार बन्दै आएका बेलायत र अस्ट्रेलिया लाइ पनि गाली गरे ।
खुल्ला बजार र ब्यापारबाट अकुत सम्पति आर्जन गरेका ट्रंप सोहि व्यबस्थाको बिरुद्धमा अहिले अभियान शुरु गरेका छन् । गत हप्ता उनले विदेशबाट आउने स्टील र आल्मुनियममा कर लगाउने निर्णय गरे । त्यसपछि चीनबाट आउने १३०० वटा सामानहरुमा कर लगाउने घोषणा गरे । अप्रिल ४ बुधबार मात्र चीनले त्यसको जवाफमा अमेरिकाबाट चीनमा निर्यात हुने समानहरुमा $५० बिलियन अतिरिक्त कर लगाउने योजना अघि सारेको छ । यो घोषणा संगै अमेरिकाको शेयर बजारमा भारी गिरावट आएको छ । यो चिनिया कदम संगै बिस्वमा ब्यापार युद्धको आशंका बढेको छ ।

दुवै देशले बिदेशी सामानहरुमा कर बढाउने घोषणा गरे पनि त्यो कार्यान्वयनमा आउन भने करिव दुइ महिना लाग्नेछ । त्यो बिचमा सम्पर्क र सम्झौताहरु मार्फत समस्या समाधान गर्न सकिनेमा चिनिया अधिकारीहरु बिस्वस्त छन् । अमेरिकी समान बिरुद्धको कर ब्यापार युद्धको शुरुवात गर्नु भएको नभई हामी कमजोर छैनौं भन्ने संदेश दिन गरिएको एक चिनिया अर्थशास्त्रीले भनेका छन् । यो दुइ महिनामा कुनै निष्कर्षमा पुग्न सकिएन भने व्यापार युद्धको शुरुवात हुन सक्छ ।

सन् १९३० मा सिनेटर स्मूथ र प्रतिनिधि हउलीले प्रायोजन गरेको २० हजार बिदेशी समानहरुमाथि कर लगाउने प्रस्ताव गरेपछि व्यापार युद्धको शुरुवात भएको थियो । अमेरिकी उद्योग र सामानहरुको संरक्षण गर्न ल्याइएको उक्त कानुनले अरु राष्ट्रहरुलाई पनि आफ्ना उद्योगहरुको संरक्षण गर्न दवाव पर्यो । फलस्वरुप अमेरिका ग्रेट डिप्रेसनमा फस्न पुग्यो । त्यो असर अमेरिकालाई अर्को ८० बर्षसम्म व्यहोर्नु पर्यो । अहिले अमेरिकाले शुरु गरेको बिदेशी सामानहरुमा कर लगाउने निर्णयले अरु देशले पनि त्यसमा प्रतिक्रिया जनाउने र बिस्व अर्थतन्त्रमा नराम्रो असर पर्ने र त्यसको मार अमेरिकालाई बढी पर्ने अर्थशास्त्रीहरु बताऊँछन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907