हाम्रो संस्कार झुकेर नमस्कार गर्ने हो, अंकमाल किन ?

हरेक समाजमा भेट हुँदा फरक फरक तरिकाले स्वागत गरिन्छ । फरक शब्दको प्रयोग मात्र होइन शारीरिक हाउभाउ र गतिबिधि पनि फरक हुन्छन । आफ्नो अगाडीको व्यक्ति को छ भन्ने कुराले पनि स्वागत गर्ने तरिका फरक हुन्छ, हुनसक्छ । नेपाली समाज र संस्कारमा नमस्ते, नमस्कार गरेर, हात मिलाएर र खुट्टामा ढोगेर समेत स्वागत गरिन्छ । जसरी हामी व्यक्ति अनुसार सम्बोधन गर्छौं, त्यसै गरी उनीहरुको आगमनमा वा उनीहरुसंग भेट हुँदा भिन्न तरिकाले प्रस्तुत हुन्छौं । यी सबैको अन्तर्य बुझ्न नेपाली समाजमा हुर्केर बढेको हुनुपर्छ ।


अन्य संस्कारको कुरा गर्ने हो भने खुट्टामा ढोग गर्ने चलन पाइन्न । नमस्ते भने थाइल्याण्ड, जापान र कोरिया जस्ता देशहरुमा समेत प्रचलित छ । दुइवटा हात जोडेर शिर अलिक झुकाएर आगन्तुकलाई स्वागत गर्ने यो चलन जापानमा सबभन्दा लोकप्रिय छ । कतिपय देशहरुमा अंकमाल गर्ने चलन छ ।
क्यानाडा, फ्रान्स र ल्याटिन अमेरिकी देशहरुमा पुरुष पुरुष बिचमा पनि भेटघाट वा बिदाइको बेलामा अंकमाल गर्ने चलन छ । अझै कतिपय संस्कारमा अंकमाल पछि हल्का गाला जोडेर हावामा चुम्बन गरिन्छ । यहि कुरा अन्य संस्कारमा अमान्य हुनसक्छ । अंकमाल गरेकै भरमा स्कुलबाट निकालिएका, जागिरबाट निकालिएका उदाहरण पनि प्रसस्तै पाइन्छ । तर “नपाउनेले केरा पायो बोक्रै सित खायो” भने जस्तै अंकमाल गर्ने प्रचलन आजकल नेपाली युवायुबतीहरुमा समेत व्यापक रुपमा बढिरहेको पाइन्छ ।


कसै संग भेट हुँदा गरिने बिस्वब्यापी स्वीकार गरिएको चलन भने हात मिलाउनु हो । तर यो पनि बिपरित लिंगीसंग हात मिलाउन कतिपय संस्कारमा असजिलो मानिन्छ । नेपालमा बिपरित लिंगीहरूसंग हात मिलाउने काम कमै गरिन्छ । बिपरित लिंगीसंग अंकमाल गर्ने चलन नेपाली संस्कार भित्र पर्दैन ।
नेपाल मात्र होइन भारत र एसियाका धेरै देशहरुमा अंकमाललाई आफ्नो शरीर माथिको अतिक्रमणको रुपमा लिने गरिन्छ । आफ्नो पबित्र शरीरलाई कतिपय अबस्थामा चिन्दै नचिनेको मान्छेसंग जोडेर किन असुद्ध बनाउने भन्ने उनीहरुको धारणा पाइन्छ । आफ्नै परिवार वा अत्यन्त घनिष्ट सम्बन्ध भएका व्यक्तिहरुसंगको अबस्थामा बाहेक अन्य व्यक्तिहरुसंग गरिने अंकमाल नेपाली संस्कृतिको बिरुद्ध मानिन्छ ।


संसारमा भेट हुँदा देखाइने प्रतिक्रिया फरक फरक छन् । ती प्रतिक्रियाहरु समाज वा व्यक्तिको स्वभावमा पनि भर पर्दछ । संसार साँघुरो भए संगै धेरै कुराहरु अन्तररास्ट्रीयकरण भएका छन् जसमा अंकमाल पनि पर्छ । यस्ता कुराहरुमा नेपाली समाज आबस्यकता भन्दा बढी उदार देखिन्छ । अझ युवा युवतीहरुमा यसको आकर्षण बढेको पाइन्छ ।
राम्रा कुराहरुको पक्कै अनुसरण गर्नु पर्छ तर त्यसका फाइदा बेफाइदा नहेरी जथाभावी अर्काको संस्कार अपनाउनु कदाचित उपयुक्त होइन । झुकेर नमस्ते गर्ने हाम्रो संस्कार अंकमाल गर्ने भन्दा बढी बैज्ञानिक र स्वास्थ्यको दृस्टीकोणले पनि राम्रो देखिन्छ । यसमा युवा पुस्ताले ध्यान दिन जरुरी छ ।

विचार: लेखनाथ गौतम

 

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907