भक्तपुर, १ मङ्सिर । स्थानीय निकायको पुनःसंरचना गर्दा नागरिकको सुझाव नलिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । नगरपालिका समायोजन गरी भक्तपुरका छ नगरपालिका घटाएर चार बनाउने प्रस्ताव जिल्लाको स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले आयोगमा पठाएकामा विरोध गरिएको हो । चाँगुनारायण नगरपालिकाको आयोजना तथा सूचना अधिकार समाज भक्तपुरको सहजीकरणमा आज भएको सार्वजनिक सुनुवाइमा चाँगुनारायण नगरपालिकाका […]
काठमाडौँ, १ मङ्सिर । राष्ट्रिय जनमुक्ति पार्टीले सरकारले प्रतिबद्धताअनुसार काम नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ । यहाँ आज पत्रकार सम्मेलन गर्दै पार्टीका अध्यक्ष खड्गप्रसाद पालुङ्गाले वर्तमान सरकारले पनि विगतका सरकारले झँै कुनै काम नगरेको भन्दै दिएको समर्थन फिर्ता लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानमा आउनुपर्ने विषय आएनन् अधिकांश जनताले यो […]
नोभेम्बर १५। मलेसियामा आज भएको एएफसी सोलिड्यारिटि कपमा नेपालले मकाउलाइ जिरोका बिरुद्ध एक गोलले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको छ। आज भएको ९० मिनटको खेलमा नेपालले मकाउमाथि राम्रो नियन्त्रण कायम गरेको थियो। तर पानी पानी भएको मैदान भएकोले धेरै गोल गर्ने अवसर भए पनि जम्मा एक गोल मात्र गर्न सफल भएको थियो। खेलको २९ […]
नोभेम्बर १३, आइतबार, दलस, टेक्सास । नेपाली समाज टेक्सासले पार्कर काउन्टी अस्पतालको सहयोगमा आज निशुल्क फ्लु सुइ सेवा सम्पन्न गर्यो । उक्त अबसरमा ७५ जना भन्दा बढी व्यक्तिहरुले सेवा लिनुभएको कुरा नेपाली समाज टेक्सासका कार्यकारिणी सदस्य प्रेम पाठकले जानकारी गराउनु भएको छ । उक्त सेवामा पार्कर काउन्टी अस्पताले मिशेललाइ आफ्नो तर्फबाट स्वास्थ्य सेविकाको रुपमा पठाएको […]
यदि ट्रंपले महिला माथि बोलेका शब्द एक हप्ता नहुँदै भुले जस्तै उनले निर्बाचन अभियानको क्रममा बोलेका कुरा भुलेका छैनौ भने चुनाबको बेला जे भनेर हुन्छ जित्ने खेल नै चुनाव हो भनेर बुझ्नु पर्ने भएको छ । रास्ट्रपतिमा भर्खर निर्बाचित डोनाल्ड ट्रंपले सबै गैर कानुनी आप्रबाशीलाइ देश निकाला नगर्ने बताएका छन्। निर्बाचन अभियानको क्रममा उनले सबैलाई […]
रास्ट्रपतिको चुनाव सकिएर सत्ता हस्तान्तरणको प्रक्रिया व्हाइट हाउसमा शुरु नहुँदै अमेरिकामा नव निर्बाचित रास्ट्रपति बिरुद्ध प्रदर्शन देशव्यापी बनेको छ। अमेरिकाका प्रमुख शहरहरुमा “तिमि मेरो रास्ट्रपति होइनौ” भन्ने नारा सहित नबनिर्बाचित रास्ट्रपति डोनाल्ड ट्रंपका पुत्ला जलाइएको छ। त्यहि क्रममा ओरेगनको पोर्टल्याण्डमा तोडफोड समेत भएको छ। दर्जनौं गाडी, पसल र निजि सम्पतिमा क्षति पुगेको छ भने प्रहरीले […]
नोभेम्बर १०, अमेरिका। भर्खर अमेरिकाको ४५ औं रास्ट्रपतिमा निर्बाचित डोनाल्ड ट्रंप बिरुद्ध प्रदर्शन शुरु भएको छ। अमेरिकाका मुख्य शहरहरु न्यु योर्क, न्यु इंगलैंड, क्यान्सास, फ़िलाडेल्फ़िया, क्यालिफोर्निया, शिकागो र सियाटल जस्ता प्रमुख शहरहरुमा हज्जारौंको संख्यामा प्रदर्शनकारी सहभागी भएका छन्। उनीहरुले “तिमि हाम्रो रास्ट्रपति होइनौ” भन्ने प्लेकार्ड बोकेर नारा लगाएका छन्। उनीहरुले ट्रंपलाइ देशनिकाला गर्नु पर्ने माग […]
राजनीतिक गर्मीले न्यानो अनुभव भए पनि मौसम भने चिसो शुरु भएको छ । नोभेम्बरको मध्यतिर लाग्दै गर्दा चिसो शुरु हुनु अस्वाभाविक पनि होइन । चिसोमा धेरै खालका शारीरिक समस्याहरु पर्छन । ठिटाठिटी बाघलाई बुढाबुढी माघलाई भन्ने उखान नै छ हाम्रो । अर्थात् बाघले भर्खरका ठिटाठिटिलाइ सजिलै खान सक्छ भने माघको जाडोले बुढाबुढीलाइ सजिलै लैजान सक्छ […]
हरेक ४/४ बर्षमा हुने अमेरिकी राष्ट्रपतिको चुनाव हिजो सकियो। चुनाव सकिए पनि यसले छोडेको प्रभाव भने अरु धेरै दशक रहिरहने छ। करिव १८ महिना अघि डोनाल्ड ट्रंप रिपब्लिकन पार्टीको आन्तरिक प्रस्तिस्पर्धामा उत्रिंदा अधिकांश नागरिक, मेडिया र बुद्धिजिवीहरु उनीप्रति खासै गम्भीर बनेनन्। एउटा धनि मान्छे, पैसा छ, यसले रहर गर्यो भन्ने हिसाबले सबैले लिए। त्यहि पैसाको […]
नोभेम्बर ८, मंगलबार। अमेरिकी रास्ट्रपतिको चुनावको मतदान शुरु भएको छ। न्यु ह्याम्शायर राज्य बाट शुरु भएको मतदान बिस्तारै पश्चिम क्षेत्रमा सर्नेछ भने बेलुकी ७ बजे पुर्बिय समय देखि मतगणनाको नतिजा आउने क्रम शुरु हुनेछ। यतिबेलाको चुनावले अमेरिकी इतिहासमा धेरै तरिकाले नयाँ रेकर्ड बनाएको छ। पहिलो महिला रास्ट्रपतिको उम्मेदवार बनेकी छिन भने बिना राजनीतिक धरातल डोनाल्ड […]