नेपाली समाज टेक्सासले सित्तैमा फ्लु सुइ लाइदिने

fullsizerender9

Picture From Google

राजनीतिक गर्मीले न्यानो अनुभव भए पनि मौसम भने चिसो शुरु भएको छ । नोभेम्बरको मध्यतिर लाग्दै गर्दा चिसो शुरु हुनु अस्वाभाविक पनि होइन । चिसोमा धेरै खालका शारीरिक समस्याहरु पर्छन । ठिटाठिटी बाघलाई बुढाबुढी माघलाई भन्ने उखान नै छ हाम्रो । अर्थात् बाघले भर्खरका ठिटाठिटिलाइ सजिलै खान सक्छ भने माघको जाडोले बुढाबुढीलाइ सजिलै लैजान सक्छ । त्यो मात्र होइन यो बेलामा रुघाखोकी र अन्य फोक्सो सम्बन्धि संक्रमणको समेत जोखिम हुने गर्छ ।

जोखिम भए संगै समाधानका उपायहरु पनि छन् । तातो कुरा खाने, प्रशस्त झोल कुरा खाने र न्यानो कपडाहरु लगाएर सामान्य रुघाखोकीबाट बच्न सकिन्छ । त्यस्तै अन्य संक्रमणबाट पनि बच्न सघाउ पुग्दछ । चिसोको संक्रमण अर्थात् फ्लु लाग्न सक्ने सम्भावना पनि यो बेलामा निकै हुन्छ । बजार जाँदा होस् वा काममा जाँदा होस् फ्लु संक्रमित व्यक्तिको सम्पर्कले स्वस्थ व्यक्ति पनि संक्रमति हुन सक्छ । त्यसको लागि फ्लु बिरुद्धको सुइ लागाउनु पर्छ । त्यो सुइ समयमा लगाएको अबस्थामा फ्लुको संक्रमणबाट बच्न सकिन्छ । फ्लुबाट हुने दुख र हैरानी बाट जोगिन सकिन्छ ।

flu-vaccine

Picture from Google

नेपाली समुदायका व्यक्तिहरुको यहि समस्यालाई मध्यनजर गरेर नेपाली समाज टेक्सासले यहि नोभेम्बर १३ तारिक आइतबार निशुल्क फ्लु सुइ लगाउने व्यवस्था गरेको छ । पार्कर काउन्टी मेडिकल सोसाइटी र नेपाली समाज टेक्सासको संयुक्त आयोजनामा हुने उक्त निशुल्क फ्लु सुइ स्वास्थ्य शिबिर दिउसो १२ बजेदेखि शुरु हुने कुरा नेपाली समाज टेक्सासले जनाएको छ । उक्त निशुल्क फ्लु सुइ लगाउने कार्यक्रम नेपालीहरुको एक मात्र आस्थाको धरोहर नेपाली मन्दिर अर्भिंगमा हुने समेत जानकारी गराएइको छ ।

कतिपय व्यक्तिहरुको बिमा स्वास्थ्य हुन सक्छ । अनि कतिपय व्यक्तिहरुको स्वास्थ्य बिमा नहुन सक्छ । यो कार्यक्रममा ६ बर्ष नाघेका जम्मा १०० जनाको लागि मात्र पुग्ने सुइको ब्यबस्था छ । त्यसैले सकेसम्म स्वास्थ्य बिमा नहुनेहरु, बृद्धबृद्धाहरुलाई सुइ अभाव नहुने अवस्था सिर्जना गर्नको लागि स्वास्थ्य बिमा हुनेहरुलाई सकेसम्म आफ्नै स्वास्थ्य बिमा प्रदायक संस्थाबाट यो सेवा लिन नेपाली समाज टेक्सासका अध्यक्ष श्री कृष्ण लामिछानेले सबै संग बिनम्र अनुरोध गर्नु भएको छ । तर स्वास्थ्य बिमा भएको व्यक्तिलाई पनि सुइ लगाउन अस्विकार भने गरिने छैन ।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907