अमेरिकी रास्ट्रपतिको लागि मतदान शुरु: हिलारीले जित्ने पूर्वानुमान
नोभेम्बर ८, मंगलबार। अमेरिकी रास्ट्रपतिको चुनावको मतदान शुरु भएको छ। न्यु ह्याम्शायर राज्य बाट शुरु भएको मतदान बिस्तारै पश्चिम क्षेत्रमा सर्नेछ भने बेलुकी ७ बजे पुर्बिय समय देखि मतगणनाको नतिजा आउने क्रम शुरु हुनेछ।
यतिबेलाको चुनावले अमेरिकी इतिहासमा धेरै तरिकाले नयाँ रेकर्ड बनाएको छ। पहिलो महिला रास्ट्रपतिको उम्मेदवार बनेकी छिन भने बिना राजनीतिक धरातल डोनाल्ड ट्रंप रास्ट्रपतिको उम्मेदवार छन्। निर्बाचित भएको अबस्थामा पनि दुबैले अमेरिकी राजनीतिमा नयाँ रेकर्ड राख्नेछन। अर्को तिर दुवै उम्मेदवार इतिहासकै अलोकप्रिय हुन्। पछिल्ला सर्बेक्षणहरु अनुसार दुबैलाई मन नपराउनेहरुको संख्या आधा भन्दा बढी छ जसमा डोनाल्ड ट्रंप हिलारी भन्दा ८ अंकले अघि छन् अर्थात् ६०% अमेरिकी डोनाल्ड ट्रंपलाइ मन पराउँदैनन् भने ५२ प्रतिशतले हिलारी मन पराउन्नन।
यो चुनावको अर्को पक्ष के हो भने दुवै एकदम बिबादित उम्मेदवार हुन्। हिलारी विदेश मन्त्रि हुँदा अनाधिकृत रुपमा प्राइभेट सर्भर चलाएर रास्ट्रिय सुरक्षामा लापरबाही गरेको आरोप लागेको छ। सोहि कारण एफबीआइको अनुसन्धानमा लामो समय हिलारी परेकी थिइन। उक्त सर्भर प्रयोग गरेर प्रेषित इमेलहरु गोप्य र संबेदनशील थिएनन भनेर एफबीआइले स्पस्टिकरण दिए पनि अधिकांश मानिसहरु त्यसलाई सजिलै बिर्सन तयार छैनन्। त्यसमाथि हिलारीलाई अबिस्वस्नीय, ढंटुआ र देशमाथि धोखाघडी गरेको आरोप लगाउँछन् उनका विरोधीहरु।
अर्को तिर डोनाल्ड ट्रंप नैतिक रुपमा अयोग्य मानिन्छन। उनले सामान्य कुरामा पनि अत्यन्त छिटो प्रतिक्रिया दिन्छन। फलस्वरूप आणबिक हतियारले सम्पन्न देशमा यस्तो आचरण भएको व्यक्ति ती हतियारको प्रयोग गर्ने निर्णय गर्ने ठाउँमा हुनु उचित हुँदैन भन्ने धेरैको धारणा पाइन्छ। त्यसमाथि उनलाई आप्रबशि प्रतिको दृस्टीकोण, महिला माथिको उनको व्यवहार, काला जाति माथिको व्यवहारका कारण अयोग्य ठान्नेहरुको संख्या उल्लेख्य छ।
जे होस् आजको यो निर्बाचन ऐतिहासिक छ। अहिले सम्मको परिस्थिति हेर्दा हिलारीले जित्ने सम्भावना बढी छ तर उनले ठुलो अन्तरले जित्ने परिस्थिति भने छैन। आशा गरौँ जसले जिते पनि अमेरिकाको भबिस्य अहिले भन्दा उज्ज्वल हुनेछ।