काठमाडौँ, १८ मङ्सिर । विगत २१ दिनदेखि अनशनरत डा गोविन्द केसीको अनशन तोडाउने सरकारी प्रयास शनिबार पनि सफल हुन सकेन । शिक्षामन्त्री धनीराम पौडेल र स्वास्थ्यमन्त्री गगन थापाको उपस्थितिमा दिनभर भएको वार्तामा पनि निष्कर्ष निस्किएन । चिकित्साशास्त्र अध्ययन संस्थानको डीनमा डा जेपी अग्रवालको नियुक्ति भइसक्दा पनि डा केसीले त्रिविका उपकुलपति प्रा डा तीर्थ खनियाँको राजीनामामा […]
काठमाडौँ, १७ मङ्सिर । डा गोविन्द केसीले उठाएका मागलाई सम्बोधन गर्न आज राति अबेरसम्म भएको वार्ता निष्कर्षविहीन भएको छ । राति अबेरसम्म शिक्षा मन्त्रालयमा भएको त्रिपक्षीय वार्ताबाट निष्कर्ष ननिस्किएपछि शनिबार बिहान ९ बजे पुनःवार्ता हुने गरी आजको वार्ता स्थगित भएको हो । वार्ताबारे जानकारी दिँदै शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले डा केसीले उठाएका वरिष्ठताका आधारमा […]
अर्जुन मैनाली, न्युयोर्क एक्वाडोर । विश्वका करिब ४० देशका बिरामीहरूले उपचार गर्न आवश्यक रगत सजिलै पाउँदैनन् । त्यसमध्ये दक्षिण अमेरिकाको एक्वाडोर पनि एउटा देश हो । त्यहा करिब ४० प्रतिशत बिरामीहरूले रगत पाउँदा रहेनछन । मैले तीन महिनाअघि अफ्रिकाको मलावीमा अगष्ट २०, २०१६ मा रक्तदान गरेको थिएँ । औलो प्रभावित देश गएकाले अमेरिकामा एक वर्षसम्म […]
बुटवल, १७ मङ्सिर । सरकारले ५ नं प्रदेश विभाजन गरी संविधान संशोधन प्रस्ताव दर्ता गरेको विरुद्धमा आज बुटवलमा विशाल जनप्रदर्शन गरिएको छ । पाँच नम्बर प्रदेशका विभिन्न जिल्लाका नेता कार्यकर्ताको सहभागिता रहेको विरोध प्रदर्शनमा हजारौँले सहभागिता जनाएका थिए । नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्रसहित अन्य दलका नेता कार्यकर्तादेखि आम जनसमुदायको विरोध प्रदर्शनमा सहभागिता रहेको […]
काठमाडौँ, १६ मङ्सिर । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रका बेथितिविरुद्ध १९ दिनदेखि आमरण अनशनरत त्रिवि शिक्षण अस्पतालका प्रा डा गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दै गएको छ । यस पटक त्रिविका उपकुलपति डा तीर्थ खनियाँ र चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा केपी सिंहको राजीनामाबारे सरकारसँग कुरा नमिलेपछि अनशन लम्बिँदा उहाँको स्वास्थ्य गम्भीर बन्दै गएको हो । […]
बुटवल, १६ मङ्सिर । सरकारले ५ नं प्रदेश टुक्र्याउने लगायत विषयमा ल्याएको संविधान संशोधन प्रस्तावविरुद्ध प्रदर्शनमा उत्रेका युवा र प्रहरीबीच आज दिनभर ढुङ्गा हानाहान भएको छ । राष्ट्रिय झन्डासहित स्वतःस्फुर्त रुपमा उत्रिएका केही युवाले दिउँसो अस्पताल लाइनमा रहेको माओवादी केन्द्रले बनाएको सहिद स्मारक तोडफोड गर्न खोजेपछि स्थिति तनावपूर्ण बनेको हो । प्रहरीले सुरक्षा दिए पनि […]
अग्नि चौलागाईं अमेरिका, लस एन्जलस २६ नोभेम्बर । अमेरिकाको लस एन्जलसमा निर्माणाधीन पशुपतिनाथ तथा बुद्ध मन्दिरको कार्य सम्पन्न गर्नको लागि सबैसँग आफू सक्दो सहयोग गरिदिन अनुरोध गरिएको छ । “मैले दान नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? यहाँ नगरे कहाँ गर्ने ? सक्नेले धेरै दान गरौँ । नसक्नेले आँफु सक्दो गरौँ । […]
पोखरा, १५ मङ्सिर । मणिपाल मेडिकल कजेलका विद्यार्थीले कलेजका ‘फ्याकल्टी टिचर’ र प्रशासनको द्वन्द्वका कारण आफूहरूको पठनपाठन अवरुद्ध भएको भन्दै आज कलेजको मुख्य प्रवेशद्वारमा तालाबन्दी गरेका छन् । तलब वृद्धि, अस्थायी शिक्षकलाई स्थायी गर्ने, सट्टा बिदाको व्यवस्था जस्ता माग राख्दै गरिएको फ्याकल्टी टिचरको आन्दोलनका कारण तीन महिनादेखि आफूहरूको पढाइ हुन नसकेको भन्दै तत्काल पठनपाठनको व्यवस्था […]
अर्घाखाँची, १५ मङ्सिर । सरकारले सीमाङ्कन हेरफेरसहित संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको बिरोधमा अनिश्चितकालीन अर्घाखाँची बन्दको आह्वान गरिएको छ । पाँच नम्बर प्रदेशअन्तर्गतको पहाडी जिल्ला अर्घाखाँची टुक्र्याएर ४ नम्बर प्रदेशमा गाभेकोे भन्दै उद्योग वाणिज्य सङ्घको नेतृत्वमा आज जिल्लामा रहेका विभिन्न क्रियाशील सङ्घसंस्थाको आयोजनामा अर्घाखाँची बन्द गरिएकोे उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो […]
फेरी एनआरएनको चुनाव हुने दिन नजिकियो। त्यहि ६ महिना जति होला। दुइ बर्ष अघि पनि यसरि नै चुनाव आएको थियो। धेरैले धेरै भाषण गरेका थिए। यसो गर्छु, त्यसो गर्छु भनेर सामाजिक संजाल र फोन लाइनहरु ट्राफिक जाम हुनेगरी भरिएका थिए। म पनि सानोतिनो मान्छे होइन। अध्यक्ष पद पड्काउने हैसियत नभएको होइन तर थुप्रै कारणले म […]