काठमाडौँ, २३ मङ्सिर । स्थानीय तह पुनःसंरचना आयोगले यही मङ्सिर मसान्तसम्म आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने भएको छ । प्रदेश नं २ का चार जिल्लाका सांसदसँग गाउँपालिका एवम् नगरपालिकाको पुनःसंरचनाका विषयमा छलफल गरेपछि आयोगले आज सो जानकारी दिएको हो । बारा, रौतहट, महोत्तरी र सप्तरीका सांसदसँग आज आयोग कार्यालयमा छलफल गरिएको प्रवक्ता डा हरि पौडेलले जानकारी […]
अहिले धेरै नेपालीहरु बिदेशमा बस्छन् । कोही अबसरको खोजिमा त कोही बाध्यताले बिदेशिएका हुन् । रहरले कोही पनि आफ्नो जन्मथलो छोडेर जांदैन। बाध्यताले कोहि अरबका खाडीमा आफ्नो पसिना बगाउंदै छन् भने कोही अमेरिका युरोपमा सस्तोमा आफ्नो श्रम बेच्दैछन्। त्यहि शिलशिलामा कोही आफ्नो पहिचान, भाषा, धर्म, संस्कार भुलेर उतै रमाएका छन् भने कोही आफ्नो अस्तित्व कायम गर्न केही […]
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोध गर्दै आज पनि संसद् बैठक अवरुद्ध गरेको छ । आज दिउँसो १ बजेका लागि बोलाइको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल एमालेलगायत विपक्षी दलका सांसदले आ–आफ्नो स्थानबाट उठेर संशोधन प्रस्तावप्रति विरोध जनाउनुभएको थियो । संविधान संशोधन प्रस्ताव फिर्ता हुनुपर्ने माग राख्दै […]
भूकम्पबाट क्षतिग्रस्त संरचना पुनः निर्माणका लागि अर्थ मन्त्रालयले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई रु ३३ अर्ब निकासा दिएको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले पुनःनिर्माण कोषको रकम परिचालन गर्ने गरी निजी आवास अनुदान वितरण गर्न थप रु २८ अर्ब र विद्यालय भवन पुनःनिर्माणका लागि रु चार अर्ब निकासा दिएको हो । त्यस्तै भूकम्प प्रभावित जिल्लाका सरकारी […]
काठमाडौँ, २० मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधान संशोधन विधेयकका केही दफा राष्ट्रिय हितअनुकूल नरहेकाले त्यसलाई स्थगित गर्न माग गरेको छ । धुम्रबाराहीस्थित कार्यालयमा आज सम्पन्न भएको उक्त बैठकले सरकारले दर्ता गराएको विधेयकप्रति मधेस केन्द्रित दल असन्तुष्ट रहेको, प्रदेश नं ५ का जनता आन्दोलनमा उत्रेको, केही राजनीतिक दलले संसद् अवरुद्ध गरिरहेकाले […]
सान्टियागो डे क्युबा (क्युबा), १९ मङ्सिर । आधा सताब्दीसम्म क्युबाको सत्ताको बागडोर सम्हालेका साम्राज्यवादविरोधी कम्युनिस्ट नेता फिडेल क्यास्ट्रोको निधन भएको नौ दिनपछि आइतबार उहाँको अवशेषलाई समाधिस्थलमा लगेर अन्तिम संस्कार गरिएको छ । अन्तिम संस्कार सामान्य तरिकाले गरिएको उक्त अन्त्येष्टी समारोहमा सहभागी हुन विभिन्न देशबाट क्युवा पुगेका पाहुनाहरुले बताएका छन् । क्युबाको स्वास्थ्य र शिक्षा जगत्मा […]
दिसेम्बेर ४ शनिबार, डालस, टेक्सास। नेपाली समाज टेक्सासको आयोजनामा आज यहाँ स्वास्थ्य शिबिर सम्पन्न भयो। बिगत लामो समय देखि डाक्टर संजीव श्रेष्ठको सक्रियता र दिनेस शर्माको संयोजकत्वमा यस्तो खाले शिबिर संचालन हुँदै आएको छ। बिभिन्न कारणले डाक्टरको पहुँच नपुगेका नेपाली नागरिकलाई प्रदान गरिने यो सेवा नेपाली समाज टेक्सासको सबभन्दा लोकप्रिय र प्रभावकारी कार्यक्रम हो। यसले […]
अग्नि चौलागाईं अमेरिका, लस एन्जल्स ४ डिसेम्बर l अमेरिकाको क्यालिफोर्निया राज्य स्थित लसएन्जल्समा सन् २००९ मा स्थापित भै सामाजिक सेवामा समर्पित हुँदै आएको नेपाल अमेरिका एकता समाजको वार्षिक साधारण सभा आज डिसेम्बर ४ तारिख आइतबार आर्टेसिया सहरमा हुने भएको छ l साधारण सभा साँझ सात बजे देखी तारा हिमालयन कुजिन आर्टेशियामा हुने तय भएको जानकारी […]
डिसेम्बर ३, डालस, टेक्सास। गत बर्ष नेपालमा विनाशकारी भुकम्प गयो। हजारौंको ज्यान गयो, लाखौँ घाइते भए, लाखौँ घरबार बिहिन बने। बैशाख १२ २०७२ मा गएको उक्त विनाशकारी भुकम्प पछि संसार रोयो। सहायताको ओइरो लाग्यो। अमेरिकाले सोहि कारण सो समयमा अमेरिकामा रहेका नेपालीहरुको लागि एक बिशेष कार्यक्रमको घोषणा पनि गर्यो। घर फर्किन समस्या हुने वा घरमा […]
काठमाडौँ, १८ मङ्सिर । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले संविधान संशोधन प्रस्ताव विरुद्धको आन्दोलनमा आफ्नो पार्टीले विजय प्राप्त गर्ने बताउनुभएको छ । सुखानी सहिद स्मृति प्रतिष्ठान नेपालको १२ औं साधारणसभाको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेनिकट युवा संघ र अनेरास्ववियुले देशव्यापी थालेको आन्दोलनमा अन्य जनसंगठनको पनि ऐक्यवद्धता सुरु भएको र बुटवललगायतका स्थानमा आन्दोलनको […]