ताजा अपडेट

अमेरिकाद्वारा ६६ नेपाली वस्तुलाई भन्सार छुट

काठमाडौँ, ३ पुस । अमेरिकी राष्ट्रपति बाराक ओबामाले ‘ट्रेड फेसिलिटेसन एन्ड ट्रेड प्रिफरेन्स एक्ट–२०१५’ लाई कार्यान्वयन गर्न बिहीबार नेपालका लागि व्यापार ग्राह्यता दिनेसम्बन्धी ऐनको घोषणा गर्नुभएको छ । उक्त ऐन लागू भएपछि नेपालले गलैँचा, सल, कम्बल, लगेज तथा झोलालगायतका ६६ नेपाली वस्तुले अमेरिकी बजारमा पहुँचका लागि भन्सार छुट पाउनेभएको परराष्ट्र मन्त्रालयले आज जनाएको छ । […]


दश वर्षपछि युवा विदेशीन पर्दैन: मन्त्री जोशी

लमजुङ (बेँसीसहर), ३ पुस । उद्योगमन्त्री नवीन्द्रराज जोशीले दश वर्षपछि युवा मजदुरीको निम्ती विदेश जान नपर्ने बताउनुभएको छ । पाँचाँै लमजुङ महोत्सवको आज समापन कार्यक्रममा मन्त्री जोशीले मुलुकमा बन्द अवस्थामा रहेका उद्योग सञ्चालनमा ल्याउने तयारी गरेको बताउनुभयो । आगामी १० वर्षमा विदेशिएका युवालाई स्वदेशमै रोजगारीको अवस्था सृजना गर्ने उहाँको भनाइ थियो । “सरकारी मात्र होइन, […]


अब हुने बैठकमा संशोधन प्रस्ताव अघि बढाइने

काठमाडौँ, २ पुस । व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावको प्रक्रिया अघि बढाइने भएको छ । उक्त प्रस्तावबारे सत्तारुढ दल र मधेसी मोर्चाबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकपछि संशोधन प्रक्रिया अघि बढाउने निर्णय भएको हो । पुस ४ गतेसम्म सहमतिका लागि सक्दो पहल गर्ने र सहमति नभएको खण्डमा सोही दिन व्यवस्थापिका–संसद्मा संशोधन प्रस्तावको प्रक्रिया […]


विद्युत्भार कटौतीको अन्त्य गर्न ¥याली

काठमाडौँ, २ पुस । ‘भ्रष्टाचारको जालो तोड्दै विद्युत्भार कटौतीको अन्त्य गरौँ, कमिसनखोरको पञ्जाबाट प्राधिकरण मुक्त गरौँ’ भन्ने नारासहित आज राजधानीमा ¥याली निकालिएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा उज्यालो नेपालको आयोजना र विवेकशील नेपालीको व्यवस्थापनमा ब्यानरसहितको ¥याली निकालिएको हो । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपबाट सुरु भएको ¥याली खुल्लामञ्चमा पुगेर सांस्कृतिक कार्यक्रममा परिणत भएको […]


अन्तराष्ट्रिय कलाकार मञ्च युरोप महाशाखाद्वारा शाखामा देखिएको बिबाद बारे अध्यक्ष दयाराम पौड्यालद्वारा जारी प्रेस बिज्ञप्ती

प्रेस बिज्ञप्ती आफु मात्र कलाकार र अरु सबैलाई मानब तस्कर हुन् भन्दै दुई बर्ष महा सचिब र पछिल्लो चार बर्ष अध्यक्ष भएर केही काम गर्न नसकेका, पछिल्लो पटक उनकै अध्यक्षतामा भएको भेला बाट हटाइएका अन्तराष्ट्रिय कलाकार मञ्च युरोप महाशाखाका भूतपुर्ब अध्यक्ष उज्ज्वल केसीको उक्साहट र सँलग्नतामा युरोप महाशाखाले केही दिन अघि नियम बिपरित काम गरेकाले […]


दिपक कंडेल र प्रेम सापकोटाको नयाँ गीत सार्बजनिक (भिडियो सहित)

सुभाष कंडेल, यूएसएन्ड नेपाल, काठमाण्डौ। नेपाली गीत संगीतलाई अझ उत्कृष्ट स्थानमा राख्नको लागि बाग्लुङका प्रेम सापकोटा (सोनु)र दिपक कँडेल नया गित बजारमा यति  सार्वजनिक गरेका छन । नेपाली संगीतआकाशमा उडान भर्दै युवा सर्जक तथा गायक प्रेम सापकोटा (सोनु) र दिपक कँडेलले नयाँ कोशेली बजारमा आएको छ। बागलुङ जिल्ला विहुँमा जन्मीया र कामको शिलशीलामा जापान रहेका […]


एएनए ले रिक्त पद पूर्ति गर्यो

अमेरिका, डिसेम्बर १५। अमेरिकामा नेपालीहरुको सबभन्दा पुरानो संस्था ए एन ए ले आफ्नो कार्यसमितिलाइ पूर्णता दिएको छ। रिक्त रहेको बोर्ड अफ डिरेक्टर पदमा टेक्सास निबासी समाजसेवी तथा ब्यबसायी यमुना भट्टराईलाइ नियुक्त गरेको छ। त्यस्तै रिक्त दुइ वटा सल्लाहकार पदमा टोरंटो क्यानाडाका तुलसी धरेल र एटलान्टाबाट सीके पराजुली नियुक्त भएका छन। लामो समय नेपाली समुदायको सेवामा […]


चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न आह्वान

काठमाडाँै, ३० मङ्सिर । चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले नेपालमा प्रकृतिका अनुपम विशेषता भएको उल्लेख गर्दै चिनियाँलाई नेपाल भ्रमण गर्न आग्रह गर्नुभएको छ । नेपाली दूतावासले आज चीनमा आयोजना गरेको पर्यटन व्यावसायीसँगको अन्तक्र्रिया कार्यक्रममा उहाँले शाक्यमुनि बुद्धको जन्मस्थल र विश्वका सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटरभन्दा सातवटा अग्ला र १४ वटा संसारकै उच्च हिमाल […]


सभामुख घर्ती स्वदेश फिर्ता

काठमाडौँ, २९ मङ्सिर । सभामुख ओनसरी घर्तीमगर संयुक्त अरब इमिरेट्सको भ्रमण पुरा गरी आज स्वदेश फर्कनुभएको छ । अन्तरव्यवस्थापिका सङ्घ(आइपियु) र अरब इमिरेट्सको संसद्को संयुक्त आयोजनामा सम्पन्न विश्वभरका महिला सभामुखको सम्मेलन अबुधावी घोषणापत्र जारी गर्दै सम्पन्न भएको सभामुख घर्तीले जानकारी दिनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग साँझ कुराकानी गर्दै उहाँले ८० देशका प्रतिनिधि र ३६ […]


मङ्गल ग्रहमा अनौठो बनावट देखियोः प्राकृतिक संरचना कि उच्च वौद्धिक प्राणीको अस्तित्व ?

वासिङ्गटन, २९ मङ्गसिर । पृथ्वीको सबभन्दा निकट रहेको र “रक्त ग्रह (रेड प्लानेट)” को नामबाट पनि परिचित मङ्गल ग्रहमा एक बिशाल र अनौठो बनावट देखिएको छ । इन्टरनेट सञ्जालको “मुन्डो डेस्कोनोसिडो” नाम शीर्षकको यु ट्युब प्रसारणमा हालै मात्र पोस्ट गरिएको मङ्गल ग्रहको पछिल्लो तस्बीरमा तीन वटा निकै अग्ला धरहरा (टावर) देखिएका छन् । झट्ट हेर्दा […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907