जेरुसेलम (इजरायल), १२ पुस । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा गत शुक्रबार विवादास्पद पूर्वी जेरुसेलम र वेस्ट ल्यान्डमा इजरायलले बस्ती विस्तारमा रोक लगाउने प्रस्तावमा मतदान गर्ने सदस्य राष्ट्रसँगको इजरायली सम्बन्धलाई अस्थायी रुपमा कम गर्ने इजरायली विदेश मन्त्रालयले मङ्गलबार जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता इमानुयल नाहसोनले इजरायललाई असर पुग्ने गरी राष्ट्रसङ्घमा भएको उक्त निर्णयपछि मतदान गर्ने […]
दीपक घिमिरे, लुम्बिनी, १२ पुस । विश्व शान्तिको केन्द्र लुम्बिनी अहिले अस्तव्यस्त छ । लुम्बिनी विकास कोषमा कार्यरत कर्मचारीको आन्दोलन र कोष पदाधिकारीको गैर जिम्मेवारपनका कारण लुम्बिनी अस्तव्यस्त बन्न पुगेको हो । लुम्बिनीलाई पवित्र र शान्ति क्षेत्रको रुपमा परिभाषित गर्ने गरिए पनि कोषमा कार्यरत पदाधिकारी र कर्मचारीको मनपरीतन्त्रका कारण समय समयमा लुम्बिनीमा अशान्ति मच्चिने गरेको […]
झापा, ११ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज सम्पन्न महिलातर्फको पाँचवटै प्रतिस्पर्धामा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेका छन् । सेनाका लागि स्पाइरिङअन्तर्गत ४६ किलोदेखि ५० किलो तौलमा रुविना खड्का, ५१ किलोदेखि ५५ किलो तौलमा रिता धिमाल, ५६ किलोदेखि ६० किलो तौलमा तुलसा राजथला, ६१ किलोदेखि ६५ किलो तौलमा सिर्जना राई तथा ६५ किलो […]
संयुक्त राष्ट्रसङ्घ, ११ पुस । संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले राष्ट्रसङ्घ सुरक्षा परिषद्ले इजरायल र प्यालेस्टिनीबीचको विवादास्पद भूमि वेस्ट ल्यान्ड र पूर्वी जुरुसेलममा इजरायलद्वारा बस्ती विस्तार नगर्ने विषयमा दिएको निर्णयलाई ‘एउटा महत्वपूर्ण कदम’ भएको बताउनुभएको छ । महासचिव बानले शुक्रबार सुरक्षा परिषद्बाट १४ मतका विरुद्ध शून्य मत अन्तरले गरिएको निर्णय विश्व समुदायबाट भएको संयुक्त […]
मस्को (रसिया), १० पुस । रसियाली सेनाको आइतबार दिउँसो दुर्घटनाग्रस्त विमानमा यात्रारत सम्पूर्ण यात्रु जीवित पाउने आशा लगभग अन्त्य भएको छ । रसियाली रक्षा मन्त्रालयले सेनाको तु–१५४ विमानको टुक्राहरु रसियाली सहर सोँचीदेखि करिब डेढ किलोमिटर टाढा ब्ल्याक सीको सामुद्रिक तटमा ५० देखि ७० मिटरको गहिराईमा भेटिएको बताएको छ । घटनास्थलबाट चार मृत शरीरको पनि उद्धार […]
भक्तपुर, १० पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशको सार्वभौमिकता र अखण्डतालाई जोगाउन नेपाली जनता सचेत हुनुपर्ने बताउनुभएको छ । नेपाल क्रान्तिकारी किसान सङ्घको छैटौँ भक्तपुर जिल्ला सम्मेलनको आज दत्तात्रयमा उद्घाटन गर्दै उहाँले भन्नुभयो – “विदेशी हस्तक्षेप र चलखेलको प्रतिरोध गर्न नेपाली जनता सचेत हुनुपर्दछ ।” अध्यक्ष बिजुक्छेले किसानले राम्ररी खेती गर्न […]
धनकुटा, १० पुस । साहित्यकार डाक्टर झमककुमारी घिमिरेको प्रकाशित १३औँ साहित्य कृति कविता सङ्ग्रह प्रेमिल आकास गृह जिल्लामा सार्वजनिक गरिएको छ । शनिबार धनकुटा सदरमुकाममा झमक घिमिरे साहित्य कला प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रेमिल आकासमा समेटिएका ४९ वटा कविताको २४ जना स्रष्टाले विभिन्न आयामबारे परिचर्चासमेत गरेका छन् । कविता सङ्ग्रह परिचर्चा सँगै यसै वर्ष मध्यपश्चिमाञ्चल […]
अम्मान (जोर्डन), ९ पुस । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्द्वारा पूर्वी जेरुसेलमसहित प्यालेस्टिनी भूमिमा इजरायलले गर्न लागेको बस्ती विस्तारलाई रोक्न भनी दिएको निर्णय स्वागतयोग्य भएको शनिबार जोर्डनले बताएको छ । पन्ध्र सदस्यीय सुरक्षा परिषद्को शुक्रबार भएको बैठकले प्रस्तावलाई पास गरेको थियो । प्रस्तावमाथि भएको मतदानमा अमेरिका अनुपस्थित रह्यो । इजरायलले प्रस्तावको विपक्षमा मतदान गर्नुपर्ने अडान राख्दै […]
चितवन, ९ पुस । सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले संसद् चल्न नपाउँदा स्थानीय निकायको चुनाव गर्ने सरकारको योजनामा बाधा पुगेको बताउनुभएको छ । जमुनापुर हेल्थ सोसाइटी रत्ननगर चितवनले निर्माण गर्न लागेको सामुदायिक भवन शिलान्यास तथा सम्मान कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले संविधान कार्यान्वयनका लागि निर्वाचन गर्नुपर्ने हँुदा संसद् रोकेर बाधा नपु¥याउन प्रतिपक्षलाई आग्रह गर्नुभयो । […]
डालस, अमेरिका । प्रबाशी नेपालीहरुको संसारका ७३ देशमा फैलिएको एकमात्र संगठन एनआरएन हो । यसका हरेक देशमा राष्ट्रीय संयोजन परिषदहरु छन । यसको अमेरिकामा पनि राष्ट्रीय परिषद छ जुन २००७ मा स्थापना भएको हो । पछिल्लो पटक यसको निर्बाचन २०१५ को समरमा भएको थियो । दुइ दुइ बर्षे कार्यकाल रहने उक्त राष्ट्रीय परिषदको बार्षिक रुपमा […]